2013/04/28

चियापसल र अस्पतालमा समेत यौन धन्दा

१५ वैशाख, काठमाण्डौं । ढल्कु ओरालोमा पर्ने हरियो गेट भन्ने ठाउँमा एउटा चियापसल छ । बाहिरबाट हेर्दा
राजधानीका अन्य चियापसलजस्तै यो सामान्य देखिन्छ । तर, वास्तविकता फरक छ । चियापसलको आवरणमा त्यहाँ यौनधन्दा चल्ने गरेको खुलेको छ ।
प्रहरीले सोही चियापसलमा छापा हानी सञ्चालक राजु थापासहित चार युवतीलाई पक्राउ गरेको छ । गोप्य सूचनाको आधारमा महानगरीय प्रहरी प्रभाग सोह्रखुट्टेले दुईसाताअघि छापा हानी गोप्य यौनधन्दाको पर्दाफास गरेको हो ।

‘ग्राहक बाहिर चिया खाएर लाइनमा बस्दा रहेछन्,’ सोह्रखुट्टे प्रभाग प्रमुख इन्स्पेक्टर कवित कटवालले भने, ‘प्रहरीले सुइको नपाओस भनेर यसरी चियापसलको आवरणमा अवैध धन्दा हुने गरेको खुलेको नयाँ पत्रिकामा खबर छ ।

अस्पतालमा पनि यौन धन्दा
चियापसलमा मात्र नभई अस्पतालमा समेत यौनधन्दा हुने गरेको प्रहरीको भनाई छ । ठमेलको ज्याठास्थित एक चिनियाँ अस्पतालबाट केही समयअघि यौनधन्दामा संलग्नलाई प्रहरीले पक्राउ गरेको थियो । सो अस्पताल अहिले पनि प्रहरीको निगरानीमा रहेको इन्स्पेक्टर कटवालले बताए ।

बाहिर ताल्चा लगाएर धन्दा
ठमेलको नर्सिङकोच भित्र रहेको झझल्को रेस्टुरेन्टमा शुक्रबार बेलुका प्रहरी पुग्दा रेस्टुरेन्टको कोठामा बाहिरबाट ताला लगाइएको थियो । तर, कोठाभित्र बत्ती बलिरहेकेा थियो । सोह्रखुट्टे प्रहरी प्रभागबाट खटिएको टोली रेस्टुरेन्टमा पुग्दा कोठाहरु बन्द रहेको भन्दै रेस्टुरेन्ट कर्मचारीले प्रहरीलाई फर्काउन खोजेको थिए । तर, शंका लागि ढोका खोल्न लगाउँदा युवायुवती रंगेहात पक्राउ परेको प्रहरीले जनाएको छ । प्रहरीले रेस्टुरेन्टका सञ्चालक प्रमोद श्रेष्ठसहित ६ युवती र एक युवकलाई पक्राउ गरेको थियो । ग्राहक भनेर पुगेका युवा प्रहरीलाई धकेल्दै बाहिर निस्किएका थिए ।

बोका चोरबाट नब्बे हजार क्षतिपूर्ति असुल

कञ्चनपुर, वैशाख १४ - कञ्चनपुर र डडेल्धुराको सीमा क्षेत्र पातलमा बस्दै आएका एक व्यक्तिले बोका चोर्ने व्यक्तिबाट ९० हजार क्षतिपूर्ति असुल गरेका छन् ।

पातलका नकुल घिमिरेले बाख्रा प्रजननका लागि भारतको हल्दानीबाट ३० हजारभन्दा बढी मूल्य तिरेर दुई वर्षअघि खरिद गरेर ल्याएको जमुनापारि जातको बोका चोरी गर्ने कृष्णपुर–२ पहरियाका अर्जुन भाटबाट उक्त रकम आज असुल गरेका हुन् ।

बाख्रासँगै चराउनका लागि लगिएको ८० किलोभन्दा बढी तौलको बोका गत चैत १२ गते गैरीपातल भन्ने स्थानबाट चोरी भएको थियो । भाटले चोरी गरेको बोकालाई आफना ससुरालीमा लगेर राखेको अवस्थामा घिमिरेले फेला पारेका थिए ।

बोका फेला परेपछि घिमिरेले चोरी गर्ने भाटमाथि कारबाही र बोका खोज्न लागेको पैसा असुलीका लागि इलाका प्रहरी कार्यालय झलारीमा निवेदन दिएका थिए ।

चोरी गर्ने कार्यमा संलग्न भाटलाई इलाका प्रहरी कार्यालय झलारीले पक्राउ गरेपछि इप्रकामै चोरी गर्ने र पीडितपक्षबीचको सहमतिमा बोका खोज्न लागेको पैसास्वरूप क्षतिपूर्ति रकम उपलब्ध गराउने सहमतिपछि पैसा उपलब्ध गराइएको प्रहरीनायब निरीक्षक राजेन्द्र नाथले बताउनुभयो । बोका भने चोरी गर्ने व्यक्तिलाई नै दिइएको छ ।

ब्लड क्यान्सरको उपचार गराईरहेका खरालको उपचारका लागी सहयोग जारी

सँगिता कुवँर, गुल्मी बैशाख १४ -
व्लड क्यान्सरले थलिएर उपचार गराईरहेका गुल्मी अर्लाङकोट गाविस वार्ड नम्बर ६ दानसिहं निबासी लालमणी खरालका छोरा नितेश खरालको उपचारका लागी आर्थिक सहयोग सकंलन भईरहेको छ । बिगत २७ महिना देखि ब्लड क्यान्सरले थलिएर उपचार गराईरहेका उनको उपचार खर्च जुटाउन गठन भएको नितेश खराल बचाउ अभियान समितिले अहिले देश बिदेशबाट सहयोग सकंलन गरिरहेको छ । सोही क्रममा हरी नारायण सापकोटा, झविन्द्र खरेल र गोविन्द पाण्डेको अगुवाईमा अमेरीका निबासी गुल्मीलेहरुको संस्था गुल्मी विश्व समाज नेपाल तथा अन्य प्रवासीहरुको सहयोगमा २ लाख ५ हजार चन्दा सकंलन गरि परिवारलाई प्रदान अर्लाङकोट हाम्रा संवाददाता बुद्धिमणी खरेलले जानकारी दिनुभयो । उपचार खर्च ठुलो भएको र परिवारको आर्थिक अवस्था कमजोर रहेकोले नितेशको उपचारको लागी चारैतर्फबाट सहयोग रकम सकंलन भईरहेको छ । सहयोग सकंलनमा सञ्चार माध्यमको क्षेत्रबाट सामुदायिक रेडियो स्काई लगाएतका अन्य संचार माध्यमले प्रचार प्रसार गरी सहयोग पु¥याएको भन्दै परिवारले धन्यवाद ज्ञापन गरेको जनाएको छ । नितेशको काठमाण्डौको कान्तिबाल अस्पतालमा उपचार भईरहेको छ ।

माटोको ढिस्कोमा परी बाजुरामा दुई बालिकाको मृत्यु

गंगा राज पण्डित, बाजुरा बैशाख १४ -
माटोको ढिस्कोले पुरीएर जयवागेश्वरीमा आज विहान दुई बालिकाको मृत्यु भएको छ । मुत्यु हुनेमा जयवागेश्वरी गाविस–१ पीपल गाँउकी चन्द्र बुढाकी ११ वर्षिया छोरी शुक बुढा र मन्देवी धामीकी ८ वर्षिया छोरी प्रमिला धामी रहेकी छन् । घर पोत्नका लागि माटो लिन गएका बेला माटोको डिस्कोले पुरीएर बालिकाको मृत्यु भएको स्थानीय भरत कुंवरले खबर दिनु भएको छ । शनिवारको दिन भएकाले दुबै बालिका गाँउ नजिकै घर पोत्नका लागि माटो लिन गएकी थिइन् । मृतक बालिका गाँउमै रहेको कुर्पेकोट निमाविमा शुक बुढा कक्षा ५ र प्रमिला धामी कक्षा ३ मा अध्ययनरत थिईन । बालिकाको मृत्यु पछि गाँउ नै शोकाकुल भएको छ । दुई तिन दिन देखिको अविरल पानीले जमिन गल्कीएकाले एक्कासी माटो खन्ने क्रममा माथि बाट डिस्को खेसेर मृत्यु भएको बताइएको छ ।

दादागिरि तथा गुण्डागर्दी गरेर खाने दिन सकिए : गृहमन्त्री

१० बैशाख, काठमाडौं । गृहमन्त्री माधवप्रसाद घिमिरेले पर्यटन क्षेत्रमा अवरोध सिर्जना गरी दादागिरि देखाउनेहरुलाई तह लगाउने बताउनुभएको छ । गन्तव्य नेपाल र साइडवाकर्सद्धारा शनिबार राजधानीमा आयोजित ‘बन्दमुक्त पर्यटन, हामी सबैको एउटै संकल्प’ विषायक अन्र्तक्रिया कार्यक्रममा बोल्दै उहाँले दादागिरि र गुण्डागर्दी गरेर खानेहरुका दिन गएको ठोकुवा गर्नुभयो ।

‘मुलुकै अर्थतन्त्रका लागि बन्द हड्तालजस्ता गतिविधिहरु मूख्य समस्याका रुपमा रहँदै आएको छ’ परराष्ट्र मन्त्रीसमेत रहनुभएका घिमिरेले भन्नुभयो- ‘बर्तमान सरकार बन्द, हड्ताल, गुण्डागर्दीजस्ता गतिविधिहरु रोकेर मुलुकमा शान्ति ल्याउन प्रतिबद्ध छ ।’

कार्यक्रम आयोजकले पर्यटन क्षेत्रमा बन्द हड्ताल जस्ता गतिविधिहरु नगर्ने शंकल्प प्रस्ताव पेश गरिएको थियो । संकल्प प्रस्तावमा सरकारसहित पर्यटन क्षेत्रमा कार्यरत सबै संघ-संस्थाहरुले ऐक्यवद्धता जनाएका छन् । ‘शंकल्प प्रस्तावमा सरकारले ऐक्यवद्धता जनाउँछ’ घिमिरले भन्नुभयो- ‘शंकल्प प्रस्तावमा ऐक्यवद्धता जनाएरमात्र हुँदैन्, सबै व्यवसायी तथा संघ-संस्थाले पूर्ण रुपमा पालना गर्नुस ।’

सेवा गुणस्तरीय बनाउनुहोस
अन्य देशहरुको तुलनामा नेपालको पर्यटन क्षेत्र सुरक्षित रहेको बताउँदै मन्त्री घिमिरेले गुणस्तरीय सेवा प्रदान गर्न व्यवसयीहरुलाई आग्रह गर्नुभयो । पर्यटन क्षेत्रमा देखिएका नीतिगत समस्याहरु समधान गरेर सहज व्यवस्था गर्न सरकार प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । सिन्डिकेटले पनि पर्यटन व्यवसायलाई मार पारिरहेको उहाँको भनाई थियो । नेपालको टुरिजम प्याकेज अन्य देशको तुलनामा भन्दा महंगो भएको भन्दै उहाँले शुलभ प्याकेज बनाउने व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।

पर्यटन तथा नागरिक उड्यायन मन्त्रालयका सचिव सुशिल घिमिरेले व्यवसायीहरुको बीचमा बन्द हड्ताल नगर्ने विषयमा मत-ऐक्यता नदेखिएको भन्दै गुनासो गर्नुभयो । उहाँले ३०/४० वर्ष पुरानो ऐन संसोधन गर्ने जानकारी दिँदै अन्य हिमालहरु पनि पर्यटन विकासका लागि खोल्दै जाने प्रतिवद्धता जनाउनुभयो । अहिले नेपालका सबै हिमालहरु आरोहणका लागि खुल्ला गरिएको छैन् ।

पर्यटनलाई राजनीतिमूक्त बनाऔं
नेपाल पर्यटन बोर्डका निमिक्त कार्यकारी प्रमुख शुवास निरौलाले पर्यटन क्षेत्रलाई बन्दमूक्त भन्दा पनि राजनीतिमूक्त गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

कार्यक्रममा पर्यटन क्षेत्रको विकासमा सहयोग गर्दै आएका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमका संचालन प्रकाश खालिङले गर्नुभएको थियो ।

2013/04/27

नयाँ वर्षको अपेक्षा

वसन्तले पालुवा हाल्दैछ, नयाँ वर्षको उमङ्ग बढ्दो छ। भोलि न्यू इयर इभ, नयाँ वर्ष २०७० लाई भव्य रूपमा स्वागत गर्ने अन्तिम दिन्। नयाँ वर्षलाई स्वागत गर्ने सबैका आ-आफ्नै योजना छन्। साँझ सहर झिलिमिली हुनेछन्, गाउँघरमा भर्खरै पालुवा लागेको वृक्षहरू बेतोडले हल्लिनेछन्। प्राकृतिक रूपमै उनीहरूले पनि नयाँ वर्षलाई आत्मसात् गर्नेछन्। मध्यरातको १२ बजेपछि २०७० औपचारिक रूपमै प्रवेश गर्नेछ। समय चलायमान छ, अरू सबै कुरा रोकिए पनि ऊ गतिशील छ, त्यसकारण ६० को दशकलाई बाईबाई गर्दै अब ७० को दशक सुरु हुनेछ। विक्रम संवत् २०६९ अनेकौं असफलताका बाबजुद पनि नेपाली जनतालाई भविष्यका लागि केही आशा जगाएर यसै साता बिदा हुँदैछ। केही सोचिएका र केही नसोचिएका घटनाका कारण नेपाली इतिहासको यो कालखण्डले नेपाल र नेपाली समाजलाई सुदूर भविष्यसम्म प्रभावित गरिरहनेछ। वर्ष प्रारम्भ हुँदा नेपाली जनताबाट जे-जस्ता अपेक्षाहरू गरिएका थिए ती अपेक्षाहरू अहिले पनि जस्ताको तस्तै रहेकाले पनि यो वर्षले नेपाली समाजलाई मेलमिलाप र एकताबद्ध हुनुको विकल्प छैन भन्ने सन्देश दिइरहनेछ। लगभग पूरा वर्ष बजेटविहिन अवस्थामा रहेर वर्षको अन्तमा आएको वाषिर्क बजेटले पनि वर्ष २०७० मा संविधानसभाको निर्वाचन हुने र त्यसले निर्धारित समयमै आफ्नो लक्ष्य प्राप्त गर्ने कुरामा नेपाली जनताको भरोसा बढ्दै गएको छ। यस्तो भरोसाका माझ हामीले २०६९ साललाई बिदा गर्न पाउनु सुखद् नै मान्नुपर्छ। वर्ष २०६९ मा नेपालको आर्थिक, सामाजिक, राजनैतिकका साथै अन्य क्षेत्रमा देखा परेका सुधारका संकेतहरू, गल्ती-कमजोरीहरू, नेपाली जनताको मुलुकप्रतिको प्रतिबद्धता एवं समर्पणका कारण सम्भव भएका केही घटनाको सांगो-पांगो विवरण साप्ताहिकका भित्री पृष्ठहरूमा संक्षिप्त रूपमा समेटिएका छन्।
ekantipur

एप्पलका ह्याकर गुगलमा जागिरे बन्दै

सफ्टवेयरको दुनियाका कट्टर प्रतिद्धन्दी एप्पल र गुगलबीचको आपसी प्रतिस्पर्धामा अर्को अध्याय थपिएको छ । एप्पलको आइफोन र आइप्याडको अपरेटिङ सिस्टम आइओएस ह्याक गर्नका लागि निकै चर्चित
सफ्टवेयर ‘जेलब्रेक’ निर्माण गरेर आइफोन ह्याक गर्ने ह्याकर निकोलस एलिग्राले गुगलमा छिर्ने भएका छन् । उनी प्रशिक्षार्थीको रुपमा गुगल कम्पनीमा प्रवेश गर्ने भएका हुन् ।

जेलब्रेक एउटा यस्तो सफ्टवेयर हो जसका माध्यमबाट आइफोन र आइप्याडका प्रयोगकर्ताहरुले आइओएस डिभाइसमा अर्को एप्लिकेसन पनि इन्स्टल गर्न सक्छन् ।

यस्तो चर्चित सफ्टवेयर बनाउने निकोलसले आफ्नो टि्वटर अकाउण्ट मार्फत आफु गुगलमा प्रशिक्षार्थीको रुपमा छिर्न थालेको खुलास गरेका हुन् । आफुले आउँदा केही हप्तामा गुगलमा इन्टर्नशीप गर्न लागेको उनको भनाइ छ ।

तर आफुले एन्ड्रोइड सफ्टवेयरका लागि भने काम नगर्ने उनले बताएका छन् । स्मरण रहोस् निकोलसलाई एप्पलले सन् २०११ मा प्रशिक्षार्थीको रुपमा कम्पनीमा भित्राएको थियो । त्यसको एकवर्ष पछि एप्पलले निकोलसको करार अवधि बढाउने सोँच बनाएको थियो ।

तर निकोलसले एप्पलप्रति नै घात गर्दै आइफोन ह्याक गर्ने सफ्टवेयर बनाएपछि एप्पलले उनको करार अवधि टुंग्याएको थियो । हेरौँ यी ह्याकरले गुगलमा पनि केही बदमासी पो गर्ने हुन् की । आइओएस ह्याक गर्ने निकोलसलाई गुगलले भित्राउन लागेको खबरप्रति एप्पलले कस्तो प्रतिक्रिया दिने हो त्यो पनि हेर्न बाँकी छ ।

म भर्खर १६-१७ कि छु :दीपाश्री निरौला

हाँस्यकलाकार दीपाश्री निरौला शुक्रबारदेखि नयाँ घरमा सरेकी छिन् । ‘अहिलेसम्म भाडामा बस्दै आएको थिएँ, अब भने आफैंले घर बनाएर नयाँ घरमा बस्न थालेको हुँ’ निरौलाले भनिन् । कलाकारिता मार्फत
कमाएको एक करोड १० लाख रुपैंयामा नयाँ घर बनाएको उनले जानकारी दिइन् । बैशाखको बेला नयाँ घर त भयो, घरजम चाहिँ कहिले त भन्ने हाम्रो प्रश्नमा दीपाश्रीले हाँस्दै भनिन्-’त्यो दिन पनि छिटै आउँछ ।’नयाँ घरमा बुबा र बहिनीहरु सहित बस्ने उनको भनाई छ । ‘बिराटनगरबाट बुबा आउँदै हुनुहुन्छ, बहिनीहरु यहीँ छन्, सबैजना यही घरमा बस्छौं’ उनले भनिन् । नयाँ घरमा बुबा र बहिनी राखेपछि घरजम भएपछि चाहिँ के गर्ने नि ? जवाफमा उनले भनिन्-’घरजम भएपछि त नयाँ घरबाट जम्प भएर उसकै घरमा जानु पर्यो नि ।’ त्यो उ चाहिँ को होला त ? ‘त्यो त भन्न मिल्दैन’ दीपाश्रीले भनिन् ।
दीपाश्रीले आफ्नो घरजम गर्ने उमेर अझै बाँकी रहेको पनि बताइन् । आफू भर्खर ‘स्वीट सिक्सिटन’ को उमेरमा रहेको उनले ठट्टा गरिन् । ‘म सुतेको उमेर हिसाब गर्दिन क्या, सुतेको कटाउँदा त त्यही १६/१७ त भएँ होला नि’ उनले हाँस्दै भनिन् ।

यौनको पहिलो अनुभव कहिल्यै बिर्सिइन्न

काठमाडौ, वैशाख १४ - राम्रो वा नराम्रो जेसुकै होस्, तर कुनै पनि व्यक्तिले पहिलोपटक यौनको जस्तो
अनुभव गर्छन्, यसले उनीहरूको भविष्यको यौनजीवनमा पनि प्रभाव पार्न सक्छ । यो अध्ययन 'जर्नल अफ सेक्स एन्ड मेरिटियल थेरापी' मा प्रकाशित भएको हो ।

अध्ययनकर्ताहरूका अनुसार, स्त्रीत्व गुमाउनुलाई धेरैजसो मानव विकासको एउटा सशक्त खुड्किलो ठानिन्छ । अध्ययनमा यसको प्रभाव भावनात्मक र शारीरिक विकासमा समेत देख्न खोजियो । पहिलोपटक सन्तुष्टि, भावनात्मक खुसी र आनन्द पाउनुले भविष्यमा हुने यौन प्रक्रियालाई सकारात्मक रूपले प्रभावित पार्ने गर्छ । अध्ययनअनुसार पहिलो यौन अनुभवमा साथीबाट माया र सन्तुष्टि पाउनु भविष्यमा हुने यौनजीवनमा धेरै भावनात्मक सन्तुष्टि पाउनुसँग सम्बद्घ छ । अध्ययनमा ३ सय ३१ युवायुवती संलग्न थिए । सहभागीहरूले आफ्नो पहिलो यौन अनुभव अध्ययनकर्ताहरूसँग साझा गरेका थिए ।

अध्ययन अन्तर्गत, जसले पहिलोपटकको यौन अनुभवमा भावनात्मक र शारीरिक रूपले सन्तुष्टि पाएको बताए, उनीहरूको पछिल्लो यौनजीवनसमेत राम्रो थियो । पहिलोपटकको यौनसम्पर्कमा उच्चस्तरको चिन्ता र नकारात्मक अनुभव बटुलेका युवायुवतीको पछिल्लो यौनजीवनमा उच्च सन्तुष्टि र पूर्णताको अभाव देखिएको थियो ।

२५ करोड पाउने लोभमा आफ्नै हात काटे दुई युवाले

१४ बैशाख, एजेन्सी । स्पेनका दुई युवाले इन्सुरेन्स वापतको करिब २५ करोड बराबरको रकम पाउने लोभमा आफ्नै हात काटेका छन् ।
नाम नखुलाइएका ती युवाले इन्सुरेन्सको २५ करोड पाउनकै लागी आफ्नो हात जानाजान काटेको थाहा पाएपछी इन्सुरेन्स कम्पनीले समेत इन्सुरेन्सको रकम दिन अस्विकार गरेपछी ती युवा रणभुल्लमा परेका छन् । रकम पाउनकै लागी हात नै काटेका ती युवाले हात गुमेको अवस्थामा रकम समेत नआउने भएपछी 'घरको न घाटको' हुने भएका हुन् ।

एक युवाले आफ्नो हात काठ काट्ने मेसिनले काटेर कार दुर्घटना परी उक्त हात गुमेको बताउँदै विभिन्न ११ वटा इन्सुरेन्स कम्पनीमार्फत २५ करोड बराबरको रकम दावी गर्दै पुगेका थिए । तर, उनको हातबारे जाँच गर्दा उनको हात कार दुर्घटनामा परी गुमेको नभइ आफैले काटेको प्रमाण भेटिएपछी इन्सुरेन्स कम्पनीहरूले रकमको दावीलाई पुरा गर्न नसक्ने बताएका छन् । जाँचमा ती युवाले आफनो हात काठ काट्ने मेसिनले काटेको प्रष्ट भएको बताइएको छ । कार दुर्घटनामा परेर हात काटिँदा मेसिनले काटेको जस्तो गरी सफासँग हात नकाटिने जाँचकर्ताले जनाएका छन् ।

यस्तै, अर्का युवाले पनि यस्तै नाटक गर्दै रकम हात पार्ने दाऊ गरेका थिए । उनले भने इलेक्ट्रिक मेसिनले दुर्घटना भई आफ्नो हात काटेको बताएका थिए । तर उनको हात पनि आफैले काटेको भेटिएपछी इन्सुरेन्स कम्पनीले रकम दिन अस्विकार गरेका छन् ।
२५ करोडको लोभमा गरिएको यस्तो बहुलठ्ठीपूर्ण कार्यले आफैलाई दु:ख त भयो भयो न घरको न घाटको समेत बनाउन पुग्यो । न त पैसा न हात भएपछी अब काम गरेर खाने बाटो समेत गुमेको छ ।

'जसले बलात्कार गर्‍यो उसैसँग घरकाले बिहा गरिदिए' उसैबाट ज्यानको खतरा भयो !

कल्पना घिमिरे, काठमाडौ, वैशाख १४ - उनलाई अहिले सबभन्दा बढी चिन्ता छ आफ्नै सुरक्षाको । बाआमा,पति, आफन्त र विराटनगरको सिंगो बस्ती माझ केको खतरा भयो यी २३ वर्षे युवतीलाई ? प्रश्न स्वभाविक रुपले उठ्न सक्छ । 'मलाई मेरै पतिले मार्छु भनिरहेका छन्' केही समय अघि प्रहरीमा दिएको उनको जाहेरीले भन्छ, 'जसले बलात्कार गर्‍यो उसैसँग घरकाले बिहा गरिदिए ।'

बिहा पछि ती युवतीको दुर्दिन झनै थपिएको छ । पति भनाउँदो जतिखेर पनि ज्यान लिने धम्की दिन्छ, हातपात र गाली गलौज त भइ नै रहन्छ । देख्दा अत्यन्तै सुन्दर र पढाइमा संधै पहिलो स्थान हाँसिल गर्ने यी युवतीको भोगाइ कहाली लाग्दो छ । लाउलाउ र खाउखाउको उमेरमा चरम यातना भोगिरहेकी युवतीको कथा उनकै शब्दमाः

बिराटनगरमा टंकीसिनुबारीस्थित पुष्पलाल चोकमा बस्ने किशोर भट्टराइले मलाई कक्षा नौ मा पढा भेटेको थियो । मलाई मन पराएर त्यसैबेलादेखि निरन्तर मेरो पिछ्छा गर्न थाल्यो । उसको खराब आचरण र व्यवहार देखेर म संधै ऊबाट टाढा रहने प्रयास गर्थे । उसले त्यतिबेला देखि नै म माथि हिंसा गर्न सुरु गर्‍यो । स्कुलमा साथीहरुसंग बोल्न नदिने, कुनै केटासाथीसित बोल्यो कि नानाथरी बात लगाएर गाली गलौज गर्ने गथ्र्यो । डर र त्रास बीच मेरो पढाइ चलिरहेको थियो । कक्षाको प्रथम बिद्यार्थी भएकाले म पढाइप्रति पनि उत्तिकै चाख दिन्थे । यसै क्रममा कक्षा ११ मा पढा एक दिन मेरो केटी साथीको घरमा अध्ययन गर्न जाने क्रममा सबै साथीहरुको अगाडि अनाहकमा थप्पड हानी मेरो बेइज्जत गर्‍यो । त्यसपछि निरन्तर शारीरिक र मानसिक दबाब दिन थाल्यो ।

उच्च माध्यमिक तहको अध्ययनकै क्रममा मेरो बैबाहिक सम्बन्ध राम्रो परिवारको र शिक्षित केटासंग हुन लागेको थाहा पाएर किशोरले मसंग शारीरिक सम्पर्क भइसकेको भन्दै अनर्गल झुटो प्रचार गर्दै भाँजो हाली मेरो विवाह हुन दिएन । उसले मलाई विवाह गर्ने प्रस्ताब राख्दै आएको थियो । खराब बानीब्यहोराका कारण उसंगको विवाह मैले सोचेको पनि थिइन ।

मानसिक तनाबमा मेरा दिनहरु बितिरहेका थिए । म राम्रो र शिक्षित परिवारको छोरी भएकीले बाबा मम्मीको मन दुख्ला भनेर परिवारमा कसैलाई यस्तो समस्याबारे सुनाएको थिइन । यसै शिलशिलामा उच्च माध्यमिक तहको अध्ययन पुरा गरी क्याम्पस तहको अध्ययनका लागि ०६५ सालमा पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस पोखरा गए । त्यसबेला पनि किशोरले अनावश्यक फोन गरिरहने, फोन नउठाउँदा निरन्तर घण्टी बजिरहने र तनाब भइरहने, फोन उठाँउदा पनि अत्यन्तै रुखो र अश्लिल शब्दहरुले गाली गरी दुःख दिइरहन्थ्यो ।

यसैक्रममा अध्ययनका क्रममा भएको छुट्टमिा ०६७ माघ २ गते म मेरो आफन्तकोमा काठमाडौं आएको थिएँ । त्यसबेला किशोरको दाजु पवनले किशोरले मलाई अन्तिम पटक भेट्ने इच्छा गरेकाले एक पटक भेट्न आग्रह गरे । मैले दर्जनौ पटक नभेट्ने र मेरो उसंग कुनै सम्बन्ध नभएको भन्दै इन्कार गरें । तर पवनले पारिवारिक सम्बन्ध र चीनजानको नाताले ज्यादै भेट्न जिद्धि गरे ।

त्यसपछि दाजु पवनसहित पशुपतिनाथमा १ घण्टाको लागि भेट्ने सल्लाह भयो । पशुपतिनाथमा सबैजनासंग भेट भयो । भेटघाटका क्रममा किशोरले एक्लै केही बेर भेट््ने इच्छा गरेको छ भन्दै दाजु पवनले किशोर र मलाई एकैछिन चावाहिलको एउटा खाजा घरमा छोडिदियो । त्यसैबेला खाजामा नसालु पदार्थ राखेर खुवाएछ । त्यसपछि मैले केही थाहा पाइन । म ब्युँझदा बसपार्कको एउटा होटलमा थिए । उसले बोहोस अवस्थामै होटलमा लगेर मलाई बलात्कार गरि अश्लिल भिडियो बनाएछ । म व्युँझिएपछि अतालिए रोए, कराएँ तर उसले उक्त अश्लिल भिडियो देखाउँदै पुन पटक/ पटक बलात्कार गर्‍यो । अब म उसकी श्रीमती भइसकेकी र विवाह नगरेमा भिडियो सार्वजनिक गरि बेइजत गर्ने र उक्त अश्लिल भिडियो फेसबुकमा राखिदिने भन्दै मलाई मानसिक यातना दियो । उसको यस्तो हर्कतबाट उम्केर म पोखरास्थित होस्टलमा पुगें । मैले आफुलाई पुरै बिक्षिप्त महसुस मात्र गरिन, आत्महत्या गर्ने बिचार आउन थाल्यो । मानसिक रुपमै म बिचलित थिएँ । पढाइ तर्फ कुनै ध्यान गएन । सबै परिक्षामा पहिलो हुने विद्यार्थी अन्तत यस पटकको परिक्षामा दई वटा विषयमा फेल भएँ ।

मेरो पढाइ अचानक गुमेको, निरन्तरको तनाबको कारण आनीबानीमा आएको परिवर्तन देखेर साथीहरुले मेरो विषयमा चासो राख्न थाले । मैले मेरा साथीहरुलाई सबै सुनाए । उनीहरुले तत्काल प्रहरीमा जाहेरी दरखास्त दिन कानुनी कारवाही गर्न सल्लाह दिए । साथीको सल्लाह अनुसार पीडकलाई कारवाही गर्ने शिलशिलामा म बिराटनगरस्थि घर गए ।

मेरो दाजु, दिदी र भिनाजुलाई सबै भनें । तर, सामाजिक बेइज्जती हुने भन्दै किशोरका परिवारसंग सम्पर्क गरी दुबै परिवारको व्यापक दबाबमा ०६८ जेठमा साँझ आठ बजे निर्णय गरी नौ बजे मेरो विवाह गरि पठाइदिए ।

मैले मेरो कर्मको फल ठानी हारेको आत्मसम्मान लिइ पुन अध्ययनका लागि पोखरा फर्किए । विवाह भएर पोखरा फर्किएपछि पीडकमा झनै उग्रता देखिन थाल्यो । कसैसंग बोल्न हिड्न समेत नहुने, बुबा, दाजु, शिक्षक भाइ अथवा अध्ययनका सहपाठी सबैलाई बात लगाउन थाल्यो । फोनमा उसले प्रयोग गर्ने अश्लिल शब्दावली म उल्लेख गर्न सक्दिन । यतिमात्र होइन उसकी श्रीमती भएपछि मैले ऊबाट पशुवत करणीको सामना गर्नुपर्‍यो । उसले निरन्तर मेरो र माइती पक्षको परिवार सबैलाई ज्यान मार्ने धम्की दिइरह्यो ।

'अश्लिल गाली गलौज र मानसिक यातना दिन थालेपछि आफु इन्जिनियरिङको विद्यार्थी भएको र थोरै प्राविधिक ज्ञान भएको कारण विभिन्न समयमा उसले दिएको धम्की र प्रयोग गरेको भाषालाई टेप गरी सुरक्षित राखेकी छु,' प्रहरी र अदालतमा दिएको निवेदनमा उल्लेख छ । यतिका तनाव र दबाबका बीचमा पनि मैले आफ्नो अध्ययन सफलताका साथ पुरा गरिरहेकी छु । अनेक संघर्ष झेल्दै भएपनि यसपटकको परिक्षामा कलेज टप गरेको छु । यसबाट म झनै सघर्षशील बन्दै गएकी छु ।

मेरो आफ्नो कुनै गल्ती छैन तर किन यस्तो समस्या झेलिरहेकी छु भन्ने चिन्ताले सताइरहन्छ । पछिल्लो समय मलाई भेट्ने बित्तिकै सिध्याइदिन्छु भन्ने धम्की दिइरहेको छ । आफु खतरामा रहेकोे पाएपछि जिउज्यानको सुरक्षा गरिदिन सरकार र सरोकारवाला निकायसंग गुहार गरेकी हुँ । मलाई उसले जुनसुकै बेला मार्न सक्छ, म बाँच्न चाहान्छु, मलाई बचाउनुहोस् । उसले मलाई सहयोग गर्ने आफन्तलाई समेत गोली हानी हत्या गरिदिने धम्की दिइरहेको छ । मलाई कुनै माना चामल र अंश चाहिदैन सिर्फ मेरो ज्यान सुरक्षित होस म यति चाहान्छु र ऊ बाट छुटिएर स्वतन्त्र जीवन जीउन चाहाना छ ।

उसले भर्खरै मेरो भिनाजु केदार दाहाललाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको छ । मैले भक्तपुर जिल्ला अदालतमा सम्बन्ध बिच्छेदको मुद्धा दर्ता गरेकी छु । हाल आफु असुरक्षित भएपछि रक्षा नेपालको संरक्षणमा रहदै आएकी छु । मेरो अवस्था र घटनाबारे रक्षा नेपालले राष्ट्रिय महिला आयोग, प्रधानमन्त्री कार्यालयको लैङ्गकि हिंसा इकाइ, लगायत सम्बन्धीत निकायमा जानकारी गराइसकेको छ । तर, कहिँ कतैबाट मलाई न्याय दिलाउने र पीडकलाई कारवाही गर्ने प्रयास भएको छैन । महिला आयोगले अदालतमा मुद्धा बिचाराधिन रहेको अवस्थामा आफुले केही गर्न नसक्ने भन्दै जवाफ पठाएको छ । म पीडकलाई हदैसम्मको कारबाही होस भन्ने चाहान्छु । र, म जस्ता युवतीले यस्तो कहालीलाग्दो जीनव भोग्नु नपरोस्......।

2013/04/26

अर्घाखाँचीमा जिल्ला स्तरिय खुल्ला भलिवल प्रतियोगिता सम्पन्न

पशुपती श्रेष्ठ, अर्घाखाँची बैशाख १३ –
अर्घाखाँची जिल्लामा बैशाख ११ गतेबाट संचालित जिल्ला स्तरिय खुल्ला भलिवल प्रतियोगिताको उपाधी अमरावति युवाक्लव ठाडा अमराईले हात पारेको छ सदरमुकाम सन्धिखर्कको टुडिखेल मैदानमा भएको फाईनल खेलमा मिर्मिरे युवा क्लव जलुकेलाई हराउँदै अमरावति युवा क्लव प्रथम भएको हो । खेलमा मिर्मिरे युवा क्लव जलुके द्धितिय र डिभर्ना युवा क्लव तृतिय भएका छन्। जिल्लाका बिभिन्न १५ ओटा समुहको सहभागिता रहेको उक्त प्रतियोगितामा अमरावति युवा क्लव ठाडाका चन्द्र कुंवर सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । विजयी प्रथम द्धितिय र तृतिय स्थान हासिल गर्ने खेलाडी समुहलाई क्रमश २० हजार, १५ हजार र १० हजार रुपैयाको साथमा मेडल र प्रमाणपत्र वितरण गरिएको थियो। कार्यक्रमको समापनमा मन्तव्य राख्दै प्रमुख जिल्ला अधिकारी गोविन्द मणी भुर्तेललले व्यक्तिको चौतर्फी विकासको लागी खेलकुदको विकास आवश्यक पर्ने बताउँदै गाउँ गाउँमा प्रतियोगिता गराएर खेलकुदप्रति जनताको आकर्षण बढाउन सबैले जोड दिनुपर्न्र बताउनु भयो । खेल, खेलकुद विकास समितिका अध्यक्ष हरिप्रसाद भट्टराईको अध्यक्षता र शिव वेल्वासेको संचालनमा सम्पन्न भएको थियो ।

बाबुको बन्चरो प्रहारबाट छोरा मरणासन्न

प्रेम सुनार, गुल्मी बैशाख १३ -
गुल्मी दोहोली गाविसमा बाबुको बन्चरोप्रहारबाट छो रा गम्भिर घाईते भएका छन् । दोहोली गाविस वडा नं.९ कोटकोटेरी तिम्लेखर्क निवासी ४६ वर्षिय बाबु टिका बहादुर क्षेत्रीले आफ्नो २२ वर्षको छोरा गंगा बहादुर क्षत्रीलाई बन्चरो प्रहार गरी घाईते बनाएका हुन् । उनको टाउकोमा गम्भिर चोट लागेको छ । घाईते क्षेत्रीको जिल्ला अस्पत्ताल तम्घासमा उपचार हुन नसकेपछि मिसन अस्पत्ताल पाल्पामा पु¥याईएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । बन्चरो प्रहार गर्ने बाबु टिका बहादुरलाई पाँैदी अमराई प्रहरी चाकी ईश्माले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याउँदै गरेकोले के विबादमा बन्चरो प्र हार गरे भन्ने कुरा खुल्ने प्रहरीले जनाएको छ । जिल्लामा घरेलु हिँसा बढ्दो छ । केहीदिन पहिला गुल्मीकै धुर्कोट रजस्थ ९ मा छोराहरुले बाबुलाई कुटेर मरणासन्न बनाएपछि बुटवलमा उपचार भैरहेको छ ।

कतारमा नेपालीले जिते ८ करोडको चिठ्ठा (भिडियोसहित)

काठमाण्डौ, बैशाख १३ -
कतारको दोहास्थित अन्तराष्ट्रिय बिमानस्थलको ड्युटी फ्रि पसलमा खरिद गरेका नेपाली नागरिक डिल्लीराम पराजुलीले करिव ८ करोड ७० रुपैयाँ बराबरको चिठ्ठा जितेका छन । पराजुलीको १९२२ नम्बरको चिठ्ठाले बिहीवार १० लाख अमेरिकी डलर जितेको हो । लक्की ड्रमार्फत् छानिएको चिठ्ठामा यस प्रकारको रकम जित्ने पहिलो नेपाली भएको कतार ड्युटी फ्रिले जनाएको छ । कतार एयरवेजको प्रमुख कार्यकारी अधिकृत अकबर अल बकरले चिठ्ठाको बिजेता घोषणा गरेका थिए । कतार ड्युटी फि्रले सन् २००६ देखि संचालन गरेको ‘वन मिलियन डलर र्‍याफल’ सुरु गरेको थियो । यस्तो चिठ्ठा जित्ने पराजुली १२ ब्यक्ति हुन् । कतारको ड्युटी फि्रलाई लक्षित गरि सुरु गरिएको यो चिठ्ठा किन्न ९ सय ५० रियाल खर्च गर्नुपर्छ । दोहा बिमानस्थलमा उत्रने, त्यहाँ हुँदै अन्यत्र उड्ने र ट्रान्जिटमा बस्नेले पनि यस्तो चिठ्ठामा सहभागी हुन पाउँछन । एकैपटक ८ करोड ७० लाख रुपैयाँको चिठ्ठा जितेर भाग्य चम्काउने पराजुलीका बारेमा विस्तृत बिबरण भने खुलाइएको छैन । यसअघि यो चिठ्ठा ८ जना भारतीय, दुई जना अमेरिकी र एक फिलिपिनोले हात पारिसकेका छन ।

भिडियो हेर्नुहोस

2013/04/25

नाङ्गी युवती देखेपछि हमालको यौन चर्तिकला (भिडियो)

उमेर ढल्कदै गएपछि नायक राजेश हमालले चलचित्रमा उत्तेजक दृश्य दिन थालेका छन् । कुनै समय नायिकासँग नजिक हुन पनि डराउने हमाल अहिले भने चलचित्रमा खुलेरै यौनका दृश्य दिन थालेका छन् ।साउन ३२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘किन किन’ मा नायक हमाल र नव नायिका अरुणिमा लामा बिचको उत्तेजक दृश्य समावेश छ ।
चलचित्रको प्रोमो अनलाइनखबर मार्फत सार्वजनिक गरिएको छ । प्रोमोमा नायक राजेश हमाललाई २ भिन्न रुपमा देख्न सकिन्छ ।यो चलचित्रमा राज तिमिल्सिना, शशी खड्का, सुभाष थापाको पनि अभिनय छ । उकेश दाहालको निर्देशनमा तयार भएको चलचित्र ‘किन किन’ को प्रोमोले बजारमा राम्रो प्रभाव पार्ने आशा गरिएको छ ।

चलचित्रमा गायक राजेशपायल राई, प्रमोद खरेल, अराज केशव, हिमाल सागरलाई पनि देख्न सकिन्छ ।
नेपाली सिनेमामा पछिल्लो समय चलेको बिषयबस्तु भन्दा केही फरक कथामा तयार भएको ‘किन किन’ले सिने बजार तताउने विश्वास धेरैको छ । उकेशले यसअघि निर्देशन गरेको चलचित्र ‘पलपलमा’ले पनि सर्वाधिक चर्चा पाएको थियो ।
-सहयोगि अनलाइनखबर

नाति बेच्ने हजुरबुवासहित ३ पक्राउ

नयाँदिल्ली , वैशाख १२ - भारतमा एक ४७ वर्षीय हजुरबुबाले अस्पतालको शय्याबाटै नवजात शिशु नातिलाई ४५ हजार भारतीय रुपैयाँमा बेचिदिएको खुलासा भएको छ । स्थानीय एक व्यापारीलाई नाति बेच्ने ती
हजुरबुबालाई प्रहरीले पक्राउ गरिसकेको छ । किनबेचमा संलग्न अरू दुईलाई पनि प्रहरीले नियन्त्रणमा लिइसकेको छ ।

सुत्केरीपछि अस्पतालको शय्यामा रहेकी छोरीको आँखा छलेर उनले नातिलाई बाहिर निकालेका थिए । यसका लागि उनले अस्पतालमा कार्यरत दुई कर्मचारीको सहयोग लिएका थिए । उनीहरूले पैसाको प्रलोभनमा यो काम गरेका थिए । पञ्जाव प्रान्तको लुधियाना निवासी फोरेज खानले श्रीमान्सँग सम्बन्धविच्छेद गरेर बसेकी छोरीले पाएको नातिलाई बेच्न पहिले नै ती व्यापारीबाट बैना रकम लिइसकेको प्रहरीले जनाएको छ ।

लुधियानाका प्रहरी अधिकारी सतिश मल्होत्राले नवजात शिशुको अपहरण र बेचविखनमा संलग्न सबैजनालाई नियन्त्रणमा लिइएको र आवश्यक कानुनी कारबाही अघि बढाइएको जानकारी दिएका छन् । शिशुलाई आमाको जिम्मा लगाइएको छ । उक्त बच्चालाई व्यापारीले राम्रोसँग पालनपोषण गरेकोले स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ ।

यसै महिनाको सुरुमा लुधियानाकै एक स्थानीय अस्पतालमा ती शिशु जन्मिएका हुन् । जन्मिएको केही दिनमै उनलाई बेचिएको हो । उनीहरूलाई भारतको हालको कानुनबमोजिम कम्तीमा पनि सात वर्ष जेल सजाय हुन सक्ने बताइएको छ । भारतमा यस्ता बालबालिका अपहरणका मुद्दा व्यापक मात्रामा बढिरहेको पाइन्छ । एक तथ्यांकअनुसार सन् २०११ मा मात्र भारतमा कम्तीमा पनि ५ हजारलाई बालबालिकाको अपहरण गरी बेच्ने काममा संलग्न रहेको आरोपमा अदालतमा मुद्दा दायर गरिएको थियो । भारतमा यसरी बेचिएका बालबालिकालाई वेश्यावृत्तिमा लगाउने, सडकमा बसेर माग्ने काममा प्रयोग गर्ने तथा सर्कसजस्ता जोखिमपूर्ण काममा लगाउने गरिन्छ ।

पाल्पा दुर्घटनाका मृतकको आज रिडीमा अन्त्यष्टी (फोटो फिचर)

Posted by : गुल्मी टाइम्स on 8:08 PM in गुल्मी समाचार, फोटाहरु, हेडलाइन | 0 प्रतिकृयाहरु
प्रेम सुनार, गुल्मी बैशाख ११-
हिंजो पाल्पामा भएको सवारी दुर्घटनामा मृत्यु भएका क्रिष्ट बैंकका डाईरेक्टर गुल्मी हस्तीचौर ७ निवासी ज्ञानबहादुर जि.सी. ,पुर्व मन्त्री गोकर्ण विष्टकी भाई बुहारी सहित एकै परिवारका चार आफन्तको आज गुल्मीको रिडीमा एकै साथ अन्त्यष्टी गरिएको छ । पुर्व मन्त्री एवं नेकपा एमालेका केन्द्रिय सदस्य गोकर्ण विष्टकी भाई बुहारी तथा प्रेश चौतारीका पुर्व अध्यक्ष गगन विष्टकी धर्म पत्नी लता विष्ट, ज्वाँई ज्ञानबहादुर जिसी, भान्जी उ १० वर्षिय छोरी आश्था जि.सी , हस्तीचौ ७ स्थित जिसीका दाजु रामबहादुर जिसीको अन्त्यष्टी गरिएको हो । अन्त्यष्टी स्थलमा नेकपा एमाले प्रचार विभाग प्रमुख प्रदिपकुमार ज्ञवाली, लुम्विनी अञ्चल ईन्चार्ज छविलाल विश्वकर्मा, अर्का केन्द्रिय सदस्य ठाकुर गैरे लगायतका केन्द्रिय सदस्यहरु, प्रेश चौतारी नेपालका केन्द्रिय अध्यक्ष राजेन्द्र अर्याल, पुर्व महासचिव विष्णु रिजाल, प्रचार विभाग महा सचिव सुर्य थापा लगातका नेताहरु को सहभागिता थियो । मृतकहरुप्रति श्रद्धञ्जली अर्पण गर्दै नेता प्रदिपकुमार ज्ञवालीले पुर्व मन्त्री विष्टको परिवारमा विद्यताले एकै साथ ठुलो बज्रपात गरेको वताए । नियति कति कुरु र र कठोर हुँदो रहेछ जस्ले एउटै परिवारका चार जनालाई एकै साथ छिनेर लग्यो भन्दै ज्ञवालीले गला अवरुद्ध पारेका थिए । ‘आज यति धेरै पाहुनाहरु विष्टका बुवा ,आमाको चौरासी पुजा मान्न जाउँला भनेका थियौ ’उनले भने ‘पुजाको त्यो रौनका आज यस्तो दर्दनाक पिडामा परिणत होला भन्ने कसलाई के थाह ।’ श्रीमति लताको अन्तिम चेहरा नियाल्न पुगेका पत्रकार गगन बेहोस अवस्थामा पुगेका थिए । पुर्व मन्त्री विष्ट, जिसी परिवार सबै भाव विह्ल थिए । आजै विष्टका बाबु आमाको एकै साथ चौरासी पुजा गर्नका लागि त्यो परिवार दो हली स्थित घर आउँदै गर्दा हिजो पाल्पामा दुर्घटनामा परि मृत्यु भएका थिए । यतिबेला विष्टको दोहली र जिसीको घर हस्तीचौर शोक मग्न भएको छ । नेकपा एमाले गुल्मीले अन्त्यष्टी स्थल रिडीमा श्राद्धाञ्जली सभा गरेको थियो । शोक सभामा सबै दलका नेताहरु सहभागि थिए । सभाको प्रचार विभाग गुल्मीका प्रमुख शेषकान्त गौतमले सञ्चालन गरेका थिए ।


हेरौं गुल्मी टाइम्स सहयोगी प्रेम सुनारले खिच्नु भएका भाव विहल आफन्तजन र मृतकहरुका तस्विरहरु







2013/04/24

नोकरसँग ओछ्यानमा देखेपछी बाबुले अरुसिको हत्या गरेको हो :CBI

छिमेकी मुलुक भारतको चर्चित हत्या-कान्ड 'आरुशी-हेमराज' हत्याको अनुसन्धान सकिएको भारतीय
अनुसन्धान संस्था CBI ले जनाएको त्यहांका संचार माध्यमले जनाएका छन । अनुसन्धान लाई अन्तिम रूप दिदै आज CBI ले जनाएको छ कि आरुशी को हत्या उन्कै पिता राजेश तलवार तथा माता नुपुर तलबार माथि सिधा आरोप लागाएको छ । अदलतमा CBI ले आफ्नो अनुसन्धान लो हावाला दिदै भन्यो: आफ्नी छोरीलाई नोकर को साथमा ओच्यानमा देखे पछी होस् समल्हन नसकी तलवार दम्पतिले किशोर छोरी आरुशिको हत्या गरेका हुन ।

अनुसन्धान प्रतिबेदनमा CBI ले भनेको छ 'राजेश तलवार'ले सर्जिकल ब्लेडको प्रयोग गर्दै छोरी शाहीत दुबैको सफाइको साथ गला काटे अनी त्यसपछी बडो सफाइको साथ सबै सबुदहरु मेटाएर अनुसन्धान लाई फितलो बनाये ।

के भएको थियो २००८ मे १६ को त्यो रात :
CBI ले स्पस्ट भनेको छ कि तिनैजना नोकरहरु निर्दोश छन र हत्या तलवार दम्पतिबाटै भएको हो । CBI को अनुसार हत्याको रात १२ बजे डा. राजेश तलवारले छोरी आरुशिको कोठाबाट गुन-गुन आवाज सुने पछी कोठामा जादा छोरीलाई नोकर सँग आपत्तिजनक अवस्थामा भेटे । यो घटनापछी आफ्नो होस् गुमाएका तलवारले छोरीलाई धेरै पटक गल्फ लठ्ठिले कुटे । यसरी कुट्दा-कुट्दै आरुशिको म्रीतु भै सकेको थियो । अनी सँगइ कुटिएका हेमरज भने बेहोश भएका थिए । तेशपछी हेमराजलाई तलवार दम्पतिले छतमा लगेर सर्जिकल ब्लेडले घाटि रेटेर हत्या गरे पछी तल झरेर अरुशिको म्रित सरिरको पनि घाटि रेटे ।

CBI का अनुसार आरुशिकी आमा नुपुरले पनि सबुत मेटाउने काम गरेकी थिइन । उनैले अरुशिको सम्बेदनसिल अङहरुको सफाइ गरिन अनी सफा कपडा लगाइदिइन ।

अनुहार चम्किलो बनाउन यसो गर्नुहोस !

अनुहार चम्किलो तथा सुन्दर बनाउने रहर कसलाई पो हुँदैन र ? तर अनुहारको छाला विभिन्न कारणले गर्दा बिगि्रन्छ र अनुहार धब्बायुक्त, कालो तथा अँध्यारो बन्छ । अनुहारको छाला अँध्यारो तथा कालो बन्नुको एक कारण सरीरबाट निस्कने प्राकृतिक तेल सेबम
रौँको छिद्रमा जम्नु हो ।
यो सेबम पुरानो भएपछि त्यसले छालालाई कालो रुपमा बदल्छ । अनुहारको छालालाई कालो तथा धब्बायुक्त अवस्थाबाट मुक्ति दिन तथा अनुहारलाई चमकदार बनाउने केही घरेलु उपाय छन् ती निम्न छन् 
हप्तामा कम्तिमा एक पटक बाफ लिनुहोस् । बाफ लिनाले रौँ का छिद्र खुल्दछन् । बाफ लिइसकेपछि अनुहारलाई राम्रोसँग नरम कपडाले पुछ्नुहोस् ।अंगुरको गुदी मज्जाले पिँधेर अनुहारमा लेप लगाउनुहोस् र केहीबेर सुक्न दिएर पखाल्नुहोस् ।

कागतीको गेडालाई काटेर त्यसलाई अनुहारमा दल्नुहोस् । त्यसो गर्दा कागतीको रसले अनुहार मज्जाले भिज्न पाउँछ । यसले अनुहारको छालामा हुने विभिन्न खाले इन्फेक्सन रोक्ने मात्र होइन अनुहारको छालालाई चम्किलो र सुन्दर पनि बनाउँछ ।

एक कप जौँ को पिठोमा एक कप दही मिलाएर लेदो बनाउनुहोस् अनि त्यसलाई अनुहारमा लगाएर सुक्न दिनुहोस् । केही बेरपछि मनतातो पानीले पखाल्नुहोस् ।

सधै सुत्नुभन्दा अगाडि दिनभर अनुहारमा लगाएका क्रिम पाउडर लगायतका श्रृंगारका सामाग्री पखाल्नुपर्छ । त्यसो गर्दा रौँ को छिद्र रोकिन पाउँदैन ।सन्तुलित भोजन गर्नुहोस्, बढि चिल्लो, पिरो खाना नखानुहोस् र पर्याप्त निद्रा लिनुहोस् अनि तनावबाट बच्नुहोस् ।

के गर्दै छिन् नन्दिता ?

काठमाडौ, वैशाख ११ - 
नायिका नन्दिता केसी लाई चलचित्रमा नदेखिएको धेरै भयो । 
उनी चलचित्रमा
नदेखिनुलाई दुई प्रकारले टिप्पणी गर्न थालिएको छ । नयाँ चलचित्रबाट प्रस्ताव नआएकाले उनी फुर्सदमा भएको एउटा दाबी छ भने चित्तबुझ्दो चलचित्र नपाएकाले काम नगरेको स्वयं नन्दिताको तर्क छ । राम्रो अभिनय गर्न सक्ने नायिकाका रूपमा स्थापित भैसकेकी नन्दिताले नयाँ चलचित्र नपाउनु आफैंमा आश्चर्यको कुरा हो । चलचित्र नपाएर के भो' त ? नन्दितालाई यो कुराले चिन्तित बनाएको छैन । उनी चलचित्रमा गर्न नपाएको काम म्युजिक भिडियोहरूमा गरिरहेकी छिन् । हालै छायांकन गरिएको प्रदीप निरौला निर्देशित एउटा भिडियोमा त उनी वृद्ध महिलाको भूमिकामा समेत प्रस्तुत भैसकेकी छिन् । यसबीच नन्दिताले एउटा टेलिभिजन कार्यक्रममा समेत 'पार्ट टाइम जब' पाएकी छिन् । भिडियो जक्कीका रूपमा नन्दिता यतिबेला आफ्नै सहकर्मी नायक-नायिकाहरूको कामको मूल्यांकन गरिरहेकी छिन् ।

बङ्लदेशमा भवन भात्किदा कम्तिमा ८० को मृत्‍यु (फोटो सहित)

बङ्लदेशको राजाधानी ढाकाको बाहिरी क्षत्रको एक ८ तले भवन भात्किदा कम्तिमा ८० को मृत्‍यु भएको छ भने ७०० भन्दा बढी घाइते भएका छन । भात्किएको भवन 'राणा प्लाजा' ढाकाको बाहिरी भागमा अवस्थित थियो भने भवन पूर्ण रूपमा ध्वस्त भएको छ ।
अहिले उद्द्वार कार्य जारी रहेको जनाइएको छ भने घाइतेहरुलाई बाहिर निकाल्ने काम जारी रहेको छ । ८ तला अग्लो त्यो भवनमा ३ कपडा इकाइ, एक बैंक को साखा र ३०० भन्दा बढी दुकान रहेको जनाइको छ । स्थानियहरुले जनाए अनुसार यो भवनमा अवस्थित बिभिन्न ठाउमा ६००० जना कामदारले काम गर्थे भने अहिले सम्म ७६ शव बाहिर निकालिएको छ ।

औधोगिक प्रहरीका अनुसार त्यहाँ रहेका कपडा फ्याक्ट्रि हरुको करणले दुर्घतना निम्तिएको हो । उनिहरुका अनुसार भवनमा बनेका प्वाल र चर्केको ठाउ लापरवाही गरी बेवास्ता गर्दा यो ठुलो दुर्घतना भएको हो । घटनाको लगत्तै प्रधानमन्त्रि सेख हसिनाले तुरुन्तै बिशेष टोली खटाइ राहत कार्यमा लाग्न निर्देशान् दिएकी छिन् ।

2013/04/23

चट्याङमा परी खोटाङमा एक बालकको ज्यान गयो, चार घाइते

खोटाङ, वैशाख १०- चट्याङमा परी खोटाङमा एक बालकको ज्यान गएको छ भने चारजना घाइते भएका छन्। सोमबार राति परेको चट्याङले दिप्लुङ-९ का मङ्गलध्वज राईको १३ वर्षीय छोरा निशान राईको घटनास्थलमै ज्यान गएको हो।

खाना खाएर आगो तापिरहेको अवस्थामा मङ्गलध्वजको घरमै परेको चट्याङले उनका आठ वर्षीय छोरा गणेश राई, ३९ वर्षीय भाइ सन्तोष राई, साइनोले भतिज पर्ने १३ वर्षीय सियाहाङ राई र सोही गाविसको वडा नम्बर ७ बस्ने ५० वर्षीय रामकुमार राई घाइते भएका छन्।

घाइते सबैको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी सहायक निरीक्षक बच्चुराम बुढाथोकीले जानकारी दिए । घाइते सबैको अवस्था खतरामुक्त रहेको पारिवारिक स्रोतले जनाएको छ। रासस

नितम्बले मालामाल : ६ महिनामा २८ हजार डलर

एक अमेरिकी महिलाले आफ्नो नितम्ब विश्वका अरु महिलाको भन्दा ठूलो भएको दाबी गरेकी छिन् ।

४२ वर्षकी बार्बीले आफु विश्वमा सबैभन्दा ठूलो नितम्बधारी महिला भएको दाबी प्रस्तुत गर्दै आफुले नितम्बकै कारण पछिल्लो ६ महिनामा २८ हजार अमेरिकी डलर आर्जन गर्न सफल भएकी छिन् । नितम्बमा खाजाको थाल लगायतका विभिन्न वस्तु अठ्याउने कला देखाएर आफुले यत्रो रकम कमाएको उनको भनाइ छ ।

यी महिलाको नितम्ब र सबै सरीरको आकार निके ठूलो भएकाले नै यिनले बार्बी खेलौनाले जस्तो लुगा लगाउँछिन् ।

2013/04/22

इमरान बिर्साउने गरी राजेशले लिप किस खाए पछी

बलिउड नायक इमरान हाश्मी चलचित्रमा नायिकासँग चुम्बनको दृश्य दिएरै चर्चामा छन् । अधिकांश चलचित्रमा लामो लिप किस दिएर चर्चामा आएका इमरानको पथमा नेपालका एक जना गायक पनि देखिएका छन् । नेपालका चर्चित गायक राजेशपायल राइले एक चलचित्रमा इमरानलाई नै बिर्साउने खालको दृश्य दिएका छन् भन्दा तपाइलाई अनौठो लाग्न सक्छ ।
साउन ३२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘किन किन’ मा राजेशले ११ सेकेन्ड लामो किसको दृश्य दिएका छन् ।किसको दृश्य पश्चात राजेशले चलचित्रमा ‘अब राजेशपायलको बिहे हुदैन कि क्या हो’ भन्ने संवाद बोलेको देख्न सकिन्छ । उकेश दाहालको निर्माण तथा निर्देशनमा तयार भएको यो सिनेमामा राजेश हमाल, राज तिमिल्सिना, करिश्मा मानन्धर, शशी खड्का, नव कलाकार अरुणिमा लामाको अभिनय हेर्न सकिन्छ । चलचित्रमा गायक राजेशपायल राई, प्रमोद खरेल, हिमाल सागर अतिथी भुमिकामा छन् ।

चलचित्रमा ११ सेकेन्ड लामो लिप किसको दृश्य दिएपछि राजेशको चर्चा अहिले भिन्न तबरले हुन थालेको छ । हेरौ, यो चुम्बनको दृश्यले राजेशलाई सिनेमाको अफर कत्तिको आउने हो ?

यसरी बन्दैछ ४५६ मेगावाटको माथिल्लो तामाकोशी (फोटो फिचर)

सुबोध गौतम, लामाबगर, वैशाख ९ - दोलखा लामा बगरका ५६ वर्षीय स्थानीय मिजार (परिचित नाम) बीस बर्षपछि काठमाडौंबाट फर्किएका छन्। लामाबगर बसेर उनको दैनिक नचल्ने भएपछि उनी २० वर्षअघि काठमाडौं आएका थिए। लामाबगरका स्थानीय तीन वर्ष अघिसम्म भिर र तामाकोशी नदीको तिर हुँदै गोरेटोबाटो छिचोलेर साढे २८ किलोमिटर पार गर्दै यहाँ आउँथे। अहिले गाडीमा आउन थालेका छन्। दोलखाको चरिकोट हुँदै सिङ्गटीसम्मको ३५ किलोमिटर कच्ची सडक थियो। वर्षायाममा सिंगटी पुग्न कठिन हुन्थ्यो। तर अहिले दुई लेनको ग्राभेल बाटो बनेको छ। बाह्रै महिना गाडी चल्छ।
स-साना कच्ची घरहरु भएको लामा बगरमा अहिले पिलरवाला कंक्रिटका घरहरु बनिरहेका छन। यस्त संरचना दिनप्रतिदिन थपिँदै छन। सिङ्गटीका हुन् वा वरपर बजार स्थानीय अहिले महँगा मोटरसाइकलमा हुँङकिन्छन्। उनीहरुको दैनिक फेरिएको छ।

यो परिवर्तनको एउटै कारण हो : दोलखाको उत्तरी गाविस लामाबगरमा बनिरहेको चार सय ५६ मेघावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजना। यो ०६७ भदौ १७ देखि सुरु भएको हो। ०७२ चैतसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ। स्वदेशी लगानीमा निर्माण हुन लागेको पहिलो ठूलो आयोजना हो। आयोजनाको कुल लागत ३५ अर्ब २९ करोड रुपैयाँ छ। मुलुकका धेरै विकास निर्माणका कामहरु अवरुद्ध भइरहेका बेला यहाँ भने धमाधम काम भइरहेको छ। विदा र राति भन्ने छैन। त्यसकै कारण ४५ प्रतिशत काम सम्पन्न भएको प्राविधिकहरु बताउँछन्। १६ किलोमिटर सुरुङमध्ये नौ किलोमिटर सुरुङ खन्ने काम सम्पन्न भइसकेको छ।
विद्युतगृह, पनेस्टक लगायतका भौतिक निर्माण भूमिगत छ। यसका लागि भूमिगत रुपमा झण्डै दश तलाको भवन बन्दैछ। तामाकोशीको बहावमा वर्षभर नै खासै उतारचढाव हुँदैन। हिउँदमा मासिक बहाव तुलनात्मक रुपमा राम्रो मानिन्छ।



हालसम्म मुख्य सुरुङको शुरुको भाग, भैसे अडिट सुरुङ, पनेस्टक अडिट सुरुङ, टेलरेस सुरुङ गरी काम भइरहेको छ। यसमध्ये विद्युत गृह जाने पाइलट सुरुङ, भैंसे अडिट, पेनस्टक अडिट, मुख्य प्रवेश सुरुङ तथा टेलरेस अडिट सुरुङको निर्माण पूरा भइसकेको छ। विद्युत गृहको थर्ड बेन्चसम्म करिब १४ दशमलव ३ मिटर खनिसकिएको छ। ट्रान्सफर्मर क्याभिनको बाँकी बेन्च खन्ने काम भइरहेको छ। यसैगरी ड्याम एक्सीस मा गाडिएको स्टिल सिट पाइल गाड्ने काम र त्यसको अघिल्तिर जेट ग्राउटिङ्ग गर्ने कार्य पनि सकिएको छ। बाँध स्थलमा कफर ड्याम निर्माण गरी बाँध, इन्टेक र बालुवा थिग्राउने पोखरीमा कंक्रिट भर्ने काम भइरहेको छ। बाँधको लम्बाई ६० मिटर र उचाई २२ मिटर छ।
सबैतिर अवरुद्ध र निराशा छाइरहेको बेला 'माथिल्लो तामाकोशी'मा मात्र विकासको रफ्तार किन? यो राष्ट्रिय गौरवको आयोजना हो। यसमा दोलखाबासीको अपनत्व छ। दोलखाबासीका नाममा १० प्रतिशत शेयर छुट्टाइएको छ। यस आयोजनाले एउटा सन्देश दिएको छ, 'विकासका लागि एकता'। कांग्रेस, एमाले, एमाओवादी, नेकपा-माओवादीलगायतका साना ठूला सबै दल एकजुट छन, आयोजना निर्माण। नागरिक समाज त्यत्तिकै सक्रिय छ। सलाम छ, दोलखाबासीलाई। दोलखाको सन्देश आत्मसात गर्ने हो भने तपाई पनि आयोजनास्थल आउन सक्नुहुनेछ। काठमाडौबाट दोलखा सदरमुकाम चरिकोट १३५ किलोमिटर छ। चरिकोटबाट दोलखा बजार साढे ४ किलोमिटर, दोलखाबाट सिंगटी खण्ड ३५ किलोमिटर, सिंगटीबाट लामाबगर साढे २८ किलोमिटर छ।

कान्छी श्रीमती र छोरामाथि चक्कु प्रहार

दिलवहादुर छत्याल, धनगढी, वैशाख ८- कैलालीको गेटा गाविसमा एक जनाले आफ्नै श्रीमती र छोरामाथि छुरा प्रहार गरेका छन्। छुरा प्रहार गरिएका आमा र छोराको अवस्था गम्भीर छ। गेटा-५, बस्ने ६० वर्षीय वियज भट्टले श्रीमती र छोरालाई चक्कु प्रहार गरेका हुन्।

चक्कु प्रहारबाट उनकी श्रीमती ४५ वर्षीया भागरथी भट्ट र २३ वर्षीया छोरा चन्द्रकान्त भट्टको अवस्था गम्भीर रहेको कैलालीका प्रहरी निरीक्षक हेमबहादुर शाहीले बताए। भागरथीको पेटमा र चन्द्रकान्तको कोखामा चक्कु प्रहार गरिएको छ। दुवैको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ। पद्मा अस्पतालमा उपचार हुन नसकेपछि आमा छोरालाई भारतको हल्दवानी रेफर गरिएको छ।

प्रहरीका अनुसार भट्टले जमिनको अंशवण्डामा विवाद हुँदा कान्छी श्रीमती र छोरालाई चक्कु प्रहार गरेका हुन्। चक्कु प्रहार गर्ने विजय भट्ट फरार भएकाले खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
उनले चलाएको से३प १००८ नम्बरको मोटरसाइकल गोटा ५ स्थित झोलुङ्गे पुल नजिक फेला परेको प्रहरी निरीक्षक शाहीले बताए।

युवतीको अनुहारमा तेजाव खन्याएर युवक भारत भागे

रामशरण पुडासैनी, मकवानपुर, वैशाख ९- युवतीको अनुहारमा तेजाव खन्याएर एक युवक भारत पसेका छन्। हेटौंडा-४ स्कुलरोडमा अस्थायी बसोबास गर्ने राज केशरी नामको युवकले हेटौंडा-२ पीपलबोटस्थित पसलमा बसिरहेको अवस्थामा एक युवतीको अनुहार र आँखामा तेजाब खन्याका हुन्। २० वर्षीया
बिन्दवासिनी कंशाकारको अनुहारमा केशरीले तेजाब खन्याएर भारत पसेको प्रहरीले बताएको छ।

पसलमै बसेका कंशाकारकी दाजु शंकर कंशाकारले एक्कासि बहिनी चिच्याएको आवाज सुनेर हेर्न जाँदा केशरी भागिसकेको बताए। उनले पहिलादेखि नै चिनजान रहेको केशरी आफ्नो पसलमा आइरहने गरेको बताए। भारत घर भई आफन्त कहाँ हेटौंडा बस्दै गरेको केशरीलाई पक्राउका लागि प्रहरीमा जाहेरी दिएको पनि जानकारी दिए।

अनुहारमा र आँखामा तेजाब परेपछि उनका उपचारका लाग तत्काले हेटौंडास्थित सामुदायिक आँखा अस्पताल लगिएको थियो। आँखा अस्पतालमा पुर्‍याएकी कंशाकारको आँखा र अनुहारमा तजाबको असर कम गर्ने औषधि प्रयोग गर्न लगाइएको थियो। 'आँखाको डिल सुन्निएको छ, नानीमा कालो देखिएको छ। अहिले प्रारम्भिक उपचार गरिएको छ।' अस्पतालकी नेत्ररोग विशेषज्ञ डा रचना सिंहले भनिन्, 'तेजाबको असर विस्तारै देखा पर्न सक्छ। एकैपटक नदेखिन सक्छ।' उनले तत्काल सामान्य उपचार भएको बताइन्। आँखा अस्पतालमा उपचारपछि अनुहारको उपचारका लागि कंशाकारलाई सोमबार नै काठमाडौं लगिएको छ।

कंशाकारलाई तेजाब खन्याएर भागेका युवकबारे उजरी दिइएपनि प्रहरीले पक्रन सकेको छैन। प्रहरीलाई फोटासमेत उपलब्ध गराए पनि पक्राउ नभएको दाजु शंकरले बताए। मकवानपुरका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक गुप्तवहादुर श्रेष्ठले भने केशरी भारत पसेको अनुमान गरे। 'बीरगञ्जसम्म मोवाइल सिग्नलका आधारमा पछयाएका हौं, त्यसपछि फेला परेन।' उनले खोजी कार्य भइरहेको भन्दै युवक भारत पसेको हुनसक्ने आशंका गरे।

रोल्पा सिर्प र बडाचौर गा.बी.स. मा च्तान पर्दा १ ले जेयान गुमाये

बैशाख ७ रोल्पा जिल्ला -  
सिर्प गा.बी.स. साथै बडाचौर गा.बी.स. मा अभाब बर्सा पानि  को कारण  च्तान पर्दा नमजा  मा १ जना ले जेयान गुमाउनु भएको छ 
सिर्प गा.बी.स. वाडा न:॰ ५ गोठेचौर भिम बाहादुर घर्ति मगर को श्रीमती लगायेट अरू घाइते अबस्ता मा छन्  
येओ खबर हामीलाई टेलिफोन मार्फत जानकारी भएको थियो 

2013/04/19

रोल्पाको अरेस गाविस वडान १,२र ३ मा खानेपानिको

रोल्पाको अरेस गाविस वडान १,२र ३ मा खानेपानिको समस्या भएको छ । पहिले देखि पानिको समस्या भएको त्यस ठाउमा अहिल सुलिचौर अरेश र प्युठान जोड्ने मोटर बाटो खन्दा पाइप हरु अलपत्र भएदेखि झन समस्या भएको हो । समन्धित निकायले कुनै चासो नदेखाउदा अहिले स्थानिय बासिले फोहर पोखरिको पानि खान बाध्य भएको सफा पानि खानको लागि करिब २ घन्टाको पैदल हिड्नु पर्ने भएको छ ।

मन परेको मान्छेको मन जित्न यसो गर्नुहोस

तपाई आफुलाई मन परेको मान्छेको प्यारो बनाउन चाहानुहुन्छ? चर्चित लेखिका Leil Lowndes ले यस बारे एक किताब लेखेकि छन,"How to Make Anyone Fall in Love with You" जसमा तपाईले आफुले चाहेको व्यक्तिलाई कसरी आफु प्रती आकर्षित गर्ने भन्ने बारेमा केही टिप्सहरु दिईएका छन। ति मध्ये केही टिप्स हरु यस प्रकार छन:

१ उसलाई आफु तर्फ आकर्षित गर्ने पहिले तरिका हो, उसको आँखामा लगातार केही समयसम्म हेरीरहनु। यो केटा र केटी दुवैको लागी लाभदायक हुन्छ किनकी दुवै चाहान्छन कि कोही आफु लाई राम्रो ठानेर हेरीरहोस र आफु प्रती उसको ध्यान आओस।
२ एक साधारण मुस्कानले तपाईले भन्न नसकेको धेरै कुरा भनिदिन्छ त्यसैले उसको अगाडी पर्डा सधै सुन्दर मुस्कान दिन नबिर्सनुहोला।

३ आफ्नो कपडा लगाउने स्टाईल र अन्य तरिका तर्फ ध्यान दिनुहोस जुनतरिका उसलाई मन परोस। यो गर्दा पुरुषहरु र महिला दुवैले आफुले लगाएको कपडा बढी भल्गर छैन भन्ने कुरामा विश्वस्त हुनु जरुरी छ।
४ डेटमा जानु भन्दा पहिला राम्ररी बुझ्नुहोस कि उसलाई के मन पर्दछ र के मन पर्दैन।

५ तपाईले उसलाई यस्तो पार्नुहोस कि तपाईले उसको भावनालाई राम्ररी बुझेको मात्र हैन भित्रै देखी अनुभव गरीरहनु भएको छ र उसले त्यस प्रती जस्तो प्रतिक्रिया दिन्छ त्यस्तै प्रतिक्रिया दिने प्रयास गर्नुहोस।

६ केटाहरुको लागी: कुनै कुरामा छलफल भईरहेको बेला उसको भनाई लाई सकेसम्म अगाडी ल्याउने प्रयास गर्नुस र अरुको भन्दा बढी प्राथमिकता दिने प्रयास गर्नुहोस किनकी केटीहरु चाहान्छन कि उसको कुरा कसैले सुनोस र राम्रो मानोस।

७ केटीहरुको लागी: केटाहरुको समुहमा हुँदा गरेको कुनै रमाईलो कामको लागी सबैभन्दा पहिले धन्यवाद दिने र हाँस्नेकाम गर्नुस
ता कि उसलाई अनुभव होस तपाईलाई उसले गरेको काम प्रती गर्व छ र तपाई त्यस कार्य देखी खुसी हुनुहुन्छ।

८ उसको लागी तपाईले सकेसम्म राम्रो गर्ने प्रयास त गर्नुस नै साथै आफ्नो लागी केही गर्न चाहेको खण्डमा नरोक्नुस।

९ सकेसम्म उसको नजिक रहने प्रयास गर्नुसर केही समयको लागी उ बाट टाढा जानुस। यसोगर्दा उसलाई लागोस कि तपाई सँग बिताएको क्षण निकै नै स्पेशल थियो। याद राख्नुस, यो गर्दा धेरै टाढा हैन त्यसो ठाउँमा जानुस जहाँ बाट तपाईको अनुपस्थिती बाट उसको मुहारमा कतिको बेचैनी छाउँछ मज्जाले हेर्न सकियोस।

2013/04/14

आफ्नै श्रीमतीको हत्या गरी मासु पकाएर खाएपछी

आफ्नै श्रीमतीको हत्या गरी श्रीमतीकै मासु पकाएर खाने एक अमेरिकी पुरुषले १५ वर्ष जेलको हावा खानुपर्ने
भएको छ । क्यालिफोर्नियाका डेभिड भाइन्सलाई लस एन्जल्सको अदालतले १५ वर्षको जेल सजाय सुनाएको हो ।

होटलमा खाना पकाउने काम गर्ने ती पुरुषले आफ्नै श्रीमतीको हत्या गरी शवलाई पानीमा पकाएर मासु खाएको बताइएको छ । अदालतमा आफ्नो मुद्दामा सुनुवाइ हुने क्रममा उनले प्रहरीसँग यसअघि आफुले आफ्नी श्रीमतीको हत्या गरेर मासु खाएको भनि दिएको बयान गलत भएको भन्दै आफुमाथिको आरोप अस्विकार गरेका छन् । आफुले आफ्नी श्रीमतीलाई निकै माया गर्ने र उनलाई पकाएर नखाएको उनको दाबी थियो ।

प्रहरीसँगको बयानमा उनले सन् २०११ को अक्टोबरमा आफुले श्रीमतीको मुख, हात तथा खुट्टा लगायतमा टेपले बाँधेर ४ घण्टाको यातनापछि हत्या गरेको बताएका थिए । त्यसपछि श्रीमतीको शवलाई आफुले ठूलो ड्रम भरिको उम्लिएको पानीमा चार दिनसम्म राखेको र त्यसपछि मासु पकाएर खाएको उनको भनाई छ । आफुले किन त्यसो गरेको भन्ने कुराको हेक्का आफैलाई नभएको र श्रीमतीको हत्यापछि मज्जाले सुत्न पाउँछु भन्ने आशा आफुमा रहेकाले त्यसो गरेको उनले प्रहरी सामु बताएका थिए ।

2013/04/12

बैंकिङ कारोबार नगर्दा लुटिने बढे

काठमाडौ, चैत्र २९ -
सिमलाबाट फर्किंदै गरेका घुमखहरे-१ सुर्खेतका २८ वषर्ीय लोकबहादुर थापा गत फागुनमा बाटोमै लुटिए । हरिद्वार र नजियाबादका बीचमा अपरिचित व्यक्तिले खानेकुरामा नशालु पदार्थ खुवाएर लठ्याएपछि उनीसँग भएको ४० हजार रुपैयाँ भारु लुटेका थिए । रुपैडिहा बसपार्कमा अलपत्र उनलाई नेपाल प्रहरीले उद्धार गरेर उपचारका लागि अस्पताल पठायो । यस्तै घटना सोमबार फेरि दोहोरियो । दिल्लीबाट नयाँ वर्ष मनाउन घर फर्किंदै गरेका गुमी-८ सुर्खेतका २४ वषर्ीय चन्द्रबहादुर महताराको २० हजार भारु चोरियो । बसमा सँगै रहेका बडम्जली-७ दैलेखका गोरखबहादुर शाहीले हरियाणानजिक पुग्दा नगद चोरेको आरोप महताराले लगाएका छन् । उनका अनुसार बसमा झोला छाडेर शाही फरार भएका थिए । झोला खोलेर हेर्दा नागरिकताको प्रमाणपत्र भेटिएकाले उसैले चोरी गरेर फरार भएको आशंकासहित महताराले कारबाहीका लागि निवेदन दिएको सीमास्थित जमुनाहा प्रहरी चौकीले जनाएको छ ।

यी दुई प्रतिनिधिमूलक घटना मात्र हुन् । मुलुकको व्यस्तमध्येको एक रुपैडिहा नाकाबाट घर फर्किने नेपाली लुटिने घटना बढेका छन् । यात्राका क्रममा विश्वासमा पारेर नशालु पदार्थ सुँघाएर लुटिने घटना दैनिकजसो हुने गरेका छन् । चाडपर्व आउनुअघि यस्ता घटना झनै बढ्छन् ।

भारतका जुनसुकै सहरबाट पनि नेपालमा भएका आफन्तलाई बैंक तथा रेमिट्यान्स कम्पनीमार्फत सजिलै सुरक्षित तरिकाले रकम पठाउन सकिन्छ भन्ने जानकारी नहुँदा अधिकांश नेपाली घर फर्किंदा लुटिने गरेको प्रहरीले जनाएको छ । बसपार्कमा अलपत्र थापाको उद्धारमा संलग्न जमुनाहा प्रहरी चौकीका हवल्दार नरबहादुर सिंहले विदेशबाट बैंकमार्फत पैसा घर पठाउन सकिन्छ भन्ने थाहा नपाएकाले बोकेर आएको बयान उनले दिएको बताए ।

मध्य तथा सुदूरपश्चिमका अधिकांश बासिन्दा कामका खोजीमा दिनहुँ भारत पस्छन् । नेपालीका लागि भारत रोजगारीको सजिलो गन्तव्य हो । मध्यको रुपैडिहा, सुदूरका गौरिफन्टा र बनबसा नाका भएर भारत जाने तथा फर्किने अधिकांशले बैंकिङ कारोबारबारे अनभिज्ञता देखाएका छन् ।

बुधबार घर फर्किरहेका नेपालगन्ज फुलटेक्राका दुर्गाप्रसाद शर्माले उता कुन बैंकमार्फत पैसा पठाउने र यता कसरी लिने भन्ने बारेमा थाहा नपाएको प्रतिक्रिया दिए । 'सधैजसो पैसा खल्तीमा बोकेरै घर फर्किने गरेको छु । अहिलेसम्म कुनै अपि्रय घटना भएको छैन,' उनले भने, 'बैंक तथा रेमिट्यान्स कम्पनीबारे थाहै छैन ।'

पछिल्ला दिनमा केहीले बैंक/रेमिट्यान्स कम्पनीका माध्यमबाट रकम पठाउन थालेका सीमामा कार्यरत प्रहरी, बैंक कर्मचारी र स्वदेश फर्किनेहरूले बताएका छन् । गाउँकै चिनारुले सल्लाह दिएपछि रानीवन-३ दैलेखका लोकप्रसाद खनालले पन्जाब बैंकको तिनकै खाताबाट घरमा रकम पठाए । 'बाटो खर्च मात्र बाँकी राखेर अरू कमाइ बैंकमार्फत पठाएँ,' बुधबार घर फर्किरहेका खनालले बैंकको रसिद देखाउँदै भने ।

नेपाल र भारत दुवैतिर कारोबार गरिरहेका केही बैंकहरूले पढ्न र उपचारका लागि भारत जाने नेपालीले बैंकमार्फत रकम पठाउने र झिक्ने गरेको जनाए । नेपाल एसबीआई बैंक नेपालगन्ज शाखाका अप्रेसन इन्चार्ज नवराज जोशीले यता खाता खोलेर उताबाट पैसा पठाउनेको संख्या उल्लेख्य वृद्धि भएको बताए । स्टेट बैंक अफ इन्डिया -एसबीआई) सँग सम्बन्ध भएकाले एसबीआई बैंकमार्फत नेपालमा रकम पठाउन सहज भएको उनको भनाइ छ । 'कामका लागि भारत जानेहरूका गाउँमा

गएर बैंकिङ कारोबार गर्न जनचेतनासमेत जगाइरहेका छौं,' उनले थपे ।

त्यस्तै एभरेस्ट बैंकले पनि यस्तै सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । भारतमा बस्ने नेपालीहरूले पन्जाब नेसनल बैंकमार्फत यहाँ रेमिट्यान्स पठाइरहेको बैंकका नेपालगन्ज प्रबन्धक सुधीर गौतमले बताए । 'दैनिक ५०/६० जनाले बैंकमार्फत भारतबाट रकम पठाइरहेका छन्,' उनले भने ।

दुवै हात र खुट्टाले अलगअलग लेख्न सक्ने अनौठा युबक

सुर्खेत , चैत्र २० - एउटा हातले लेख्न सक्ने क्षमता सबैमा हुन्छ । तर दुवै हात र खुट्टाले लेख्न सक्ने क्षमताका व्यक्ति सायदै भेटिन्छन् । पूर्वी सुर्खेतका एक युवासँग भने यो क्षमता छ । पूर्वी सुर्खेतको धारापानी ५, नादेका २१ वर्षीय नरेन्द्रकुमार विकले दुवै हात र खुट्टाले अलगअलग लेख्न सक्ने क्षमता सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका हुन् । उनले सुरुमा बायाँ खुट्टा, त्यसपछि दायाँ खुट्टाले पालैपालो लेखेपछि दुवै हातले छुट्टाछुट्टै कापीमा लेखेर देखाएका थिए । उनले खुट्टाले प्रतिमिनेट पाँच शब्द र हातले लेख्दा प्रतिमिनेट २२ शब्द लेखेका थिए । हात र खुट्टाले अंग्रेजी र नेपाली शब्द लेख्न सकिने उनको भनाइ छ ।

करिब दुई महिनाको प्रयासपछि आफूले दुवै खुट्टाले लेख्न सक्ने भएको नरेन्द्रले बताए । उनले यो क्षमतालाई अझ बढाउन अभ्यास जारी राखेको बताए । दुवै हात र खुट्टाले छिटो गतिमा लेख्न सक्ने भएपछि गिनिज बुकमा नाम लेखाउने नरेन्द्रको धोको छ ।

सुर्खेत शिक्षा क्याम्पसमा स्नातक दोस्रो वर्षमा अध्ययनरत विकले दुवै हात र खुट्टाले छिटो गतिमा लेख्न सक्नका लागि दैनिक दुई घन्टा अभ्यास गरिरहेको जानकारी दिए ।

बलात्कारबाट बचाउन करेण्ट लाग्ने ब्रा

महिलामाथि बलात्कार भएका घटना बारम्बार सार्वजनिक भैरहन्छन् । भारतमा त यस्ता घटना झनै बग्रेल्ती हुने गर्छन् । महिलाहरुमाथि हुने यस्तो यौन हिंसालाई रोक्न सरकार नै चनाखो हुनुपर्ने र सुरक्षा मजबुत
बनाउनुपर्ने तर्क कतिपयको छ । कतिपयले भने महिला नै बढि सचेत हुनुपर्ने र तडकभडकपूर्ण तथा अति फेसनयुक्त छोटा कपडा लगाउन नहुने तर्क गर्छन् । तर भारतीय विद्यार्थीहरुले भने यस्ता तर्क तथा गफ मात्र नगरेर अनौठो काम गरेर देखाएका छन्, जसले साँच्चीकै महिलामाथि हुने यौनजन्य हिंसा रोक्न ठूलो मद्दत गर्छ ।

हो,, भारतीय युवा वैज्ञानिकहरुले महिलाहरुमाथि हुने यौन हिंसा रोक्न करेन्ट लाग्ने ब्रा को आविष्कार गरेका छन् । यो ब्रा लाई उनीहरुले सामाजिक दोहनको साधन नाम दिएका छन् । यो ब्रा लगाएकी महिलाको छातिमा यदि कसैले छुने प्रयास गर्यो भने उसलाई करेण्टको झट्का लाग्नेछ । तर यो ब्रा लगाउने महिला आफैलाई भने करेण्ट लाग्नेछैन, किनकी भित्रपट्टी पोलिमरको तह हुनेछ जसले करेण्ट प्रवाह रोक्छ ।

यस्तो ब्रा आविष्कार गर्ने समूहकी एक एसआरएम विश्वविद्यालयकी मनिषा मोहनका अनुसार यो ब्रा बाट ३ हजार ८ सय किलो भोल्ट सम्मको झट्का आउनेछ । जुन झट्काले महिलामाथि बलात्कार गर्न उद्यत पुरुषलाई झण्डै मृत्युको मुखमै पूराउनेछ ।

2013/04/11

दाजुको कुटाइबाट बहिनीका दुवै हात भाँचिए

बाबियाचौर (म्याग्दी), चैत २४- म्याग्दीको राखु भगवती गाविसमा घरायसी विवादमा दाजुले धकेल्दा लडेर बहिनीको दुबै हात भाँचिएको छ। भगवती-२ रिसीनचौतारीका नौबहादुर भण्डारीले धकेल्दा कान्लाबाट खसेर उनकी बहिनी ३९ वर्षीया चङ्गाकुमारी भण्डारीको दुबै हात भाँचिएको हो।

२०६९ साल चैत १८ गते बिरामी आमालाई औषधि लिएर बेनीबाट भेट्न गएकी चङ्गाकुमारीलाई उनका दाजु नौबहादुरले कुटपिट गरी ढालेर कान्लाबाट खसालेको पीडितले चैत २२ गते जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीमा उल्लेख छ।

चङ्गाकुमारीका दुबै हातको नाडीमा हड्डी फुस्किएको उनका श्रीमान् थानबहादुर भण्डारीले बताउनुभयो। पीडितका अनुसार आमालाई भेट्न गएको निहुँमा नौबहादुरले धाराबाट पानी लिएर घरतर्फ जाने क्रममा बाटैमा कुटपिट गरी कान्लाबाट खसालेका थिए।

उनीहरुबीच जग्गासम्बन्धी विवाद रहेकाले दुबै जनाले मदिरा सेवन गरेको अवस्थामा झगडा भएको स्थानीयवासीको भनाइ छ। पीडक पक्षले भने कुटपिट नभई धकेला धकेल हुँदा कान्लाबाट खसेर हात भाँचिएको दाबी गरेका छन्। नौबहादुरलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। रासस