Image Hosted by ImageShack.us

2013/03/13

नेपाली टोली विजयतर्फ

काठमाडौं, फागुन २५ (नागरिक)- विश्वकप डिभिजन लिग तीनको तयारीमा भारत भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले बिहीबार चौथो ट्वान्टी-२० अभ्यास खेलमा एलबी शास्त्री क्रिकेट क्लबलाई ५ विकेटले हराएको छ।
दिल्लीको भारत नगर एकेडेमी क्रिकेट मैदानमा टस जितेर नेपालले फिल्डिङ रोजेका थिए।

नितेश रानाले ५९ बलमा अर्धशतक पुरा गरेपनि एलबी शास्त्री क्लबले २० ओभरमा ९ विकेट गुमाएर १ सय ७ रन बनाउन सक्यो। नितेशले ७ चौका र एक छक्का साथ ५२ रन बनाएका थिए। हितेन दलालले १६ बलमा उत्तिनै रन बनाए भने योगेश नागरले १० रन बनाए। त्यसबाहेकका स्थानिय खेलाडीले दोहोरो आकडामा रन जोड्न सकेनन्। नेपाली टोलीका बसन्त रेग्मी, चन्द्र साउद, मञ्जित श्रेष्ठ र अमृत भट्टराईले समान २ विकेट लिएका थिए।

जवाफमा सुवास खकुरेल र प्रदीप ऐरीको प्रभावशाली प्रदर्शनमा नेपालले १६.३ ओभरमा पाँच विकेट गुमाएर विजय हासिल गरेको थियो। सुवासले ३२ बलमा ४ चौकासहित ३५ रन बनाए। प्रदीपले २९ रन बनाउने क्रममा दुई छक्का र तीन चौका प्हार गरे। दुई छक्का प्रहार गरेको पारस १६ बल खेल्दै २५ रनमा अविजित रहे। उपकप्तान ज्ञानेन्द्र मल्ले १३ रन जोडे। विपक्षीका हितेन र सिद्धार्थ सेहवाले समान २ विकेट लिए। नेपालले यसैबर्ष रणजी ट्रफीको सेमिफाइनल पुगेको सर्भिसेस टोलीसँग शुक्रबार सोही मैदानमा ट्वान्टी-२० खेल्नेछ।

No comments:

Post a Comment