Image Hosted by ImageShack.us

2013/03/15

बंगलादेशमा हिंसा भड्किएपछि ४४ जना मारिए

बंगलादेशको युद्ध अपराध न्यायालयले मुश्लिम नेता देल्वर होस्सिनी सायिदीलाई मृत्युदण्ड दिने फैसला गरेपछि भड्किएको हिंसामा कम्तीमा पनि ३० जना मारिएका छन् ।देशभर भएको हिंसात्मक प्रदर्शनमा अरु सयौँ घाइते भएको खबर छ । सन् १९७१ को स्वतन्त्रता संग्राममा युद्ध अपराध गरेको ठहर गर्दै सायिदीलाई अदालतले मृत्युदण्डको सजायँ सुनाएको थियो । सन् २०१० मा पक्राउ परेका सायिदीलाई स्वतन्त्रता संग्रामका क्रममा सामुहिक हत्या, बलात्कार लगायतका अपराध गरेको ठहर गरिएको छ ।

उनी जमात–ई–इस्लामी पार्टीका शीर्ष नेता हुन् । अदालतको फैसला अस्वीकार गर्दै आन्दोलनमा उत्रेको जमाते पार्टीका कार्यकर्ताले उत्तरी गईबन्ध जिल्लामा रहेको प्रहरी चौकीमा आक्रमण नै गरेका छन् । नोअखाली जिल्लामा हिन्दू मन्दिर र हिन्दूधर्मीहरुमाथि पनि आक्रमण गरिएको छ । राजधानी ढाकाको सुरक्षाका लागि हजारौं सुरक्षाकर्मी परिचालन गरिएको छ । बंगलादेशको युद्ध अपराध न्यायालयले युद्ध अपराधमा दोषी ठहर गरी मृत्युदण्डको सजाय दिइएका सायिदी अहिलेसम्मका ठूला नेता हुन् । बंगलादेशमा सन् १९७१ को स्वतन्त्रता संग्राममा ३० लाख मानिस मारिएको अनुमान छ ।

No comments:

Post a Comment