Image Hosted by ImageShack.us

2013/03/30

लिखुरे बाउन कविता सुनाएरै घुमे ७५ जिल्ला

१७ चैत, काठमाण्डौं । झुस्स दाह्री र मैलो टोपी लगाएका ‘लिखुरे बाहुन’ ले -यात्रामा दिइएको उपमा ) यात्राका क्रममा ७५ औं जिल्ला डोल्पा पुग्दा उनले सोचेका थिएनन्, कविता वाचन गरेरै सबै जिल्ला भ्रमण भइसक्यो भनेर ।

भीमनिधि तिवारीका कविताका कारण घर परिवार नै माया मारेर कविता यात्रामा निस्किएका केराबारी १ झापका खिलेन्द्रप्रसाद सुवेदी गज्जबका पात्र हुन् । किनकी शान्तिको कामना कविता मार्फत गर्दै उनले पाँचबर्षको अवधिमा ७५ ओटै जिल्ला भ्रमण गरे र यसबीचमा उनले एउटा गज्जव बानी पनि बसेछ । ‘कार्यालयको बोर्ड झुण्ड्याएको देख्यो कि सुटुक्क छिरेर कविता वाचन गरिहाल्थे,’ उनले आफ्नो कविता यात्राको बारेमा सुनाइएको कहानीलाई राजधानी दैनिकले छापेको छ ।

२०६५ सालमा झापाबाट सुरु भएको उनको कविता यात्रा २०६९ भदौमा पुगेर टुंगिएको हो । कविता विधा मार्फत मुलुकमा शान्तिको कामना गर्न सकिन्छ भन्ने सन्देश बोकेर निस्केका सुवेदीको कतिवा यात्रा रोमाञ्चक मात्र होइन, त्यतिकै पीडादायी पनि छ ।

कविता सुनाउन रामेछापको एक विद्यालयमा छिर्दा उनलाई विद्यार्थीमाझ पागलको उपमासमेत दिइएछ । जहाँ कविता सुनायो त्यहीँ खर्चसमेत माग्ने उनको शैली र नमस्कार, हजुर, शैलीको गफ सुरुभन्दा कवितात्मक परिचय दिने शैलीका कारण त्यसबेला पागलका रुपमा झन्डै चिनिएको उनको अनुभव छ । काठमाण्डौंमा लोकसेवा आयोग कार्यालयमा हाकिमलाई कविता सुनाउन खोज्दा पनि दुरव्यवहार गरेको उनको गुनासो छ । सुवेदीले देशभरका एकहजारभन्दा बढी कार्यालयमा पुगेर कविता सुनाएको बताएका छन् ।

No comments:

Post a Comment