Image Hosted by ImageShack.us

2013/03/24

मलेसियामा आन्दोलन गर्ने १९ नेपालीलाई फौजदारी मुद्दा

रामचन्द्र नेपाल, क्वालालम्पुर । मलेसियाको मुआरस्थित टेपहेङ फर्निचर कम्पनीमा आन्दोलन र तोडफोडमा उत्रिएका १९ नेपाली कामदारविरुद्ध प्रहरीले फौजदारी मुद्दा चलाएको छ । न्यूनतम तलव नदिएको, लेभी काटेको र होष्टल भाडासमेत काटेको भन्दै नेपाली कामदारहरु आन्दोलनमा उत्रिएका थिए ।

सो क्रममा नेपाली कामदारहरुले कम्पनीको गाडी तोडफोड गर्नुका साथै सुपरभाइजर र म्यानेजरविरुद्ध हातपात गरेको भन्दै प्रहरीले २३ जना नेपाली कामदारलाई पक्राउ गरेको थियो ।

‘२३ मध्ये १९ जना नेपाली अझै प्रहरी नियन्त्रणमै छन, उनीहरुबिरुद्ध मजिष्ट्रेट कोर्टमा फौजदारी मुद्दा दायर गरिएको रहेछ’ नेपाली राजदूतावासका श्रम सहचारी अमलकिरण ढकालले अनलाइखबरसंग भन्नुभयो-’दुवै पक्षलाई मेलमिलाप गराई आन्दोलनरत कामदारलाई काममा फकाईए पनि १९ जनाविरुद्धको मुद्दा फिर्ता गराउन सकिएन ।’

उनीहरु बिरुद्ध १९ अप्रिलमा सुनुवाई तोकिएको जानकारी मुआर प्रहरीले जनाएको छ । ‘मुद्दा दायर गरी पेसी नै तोकिएको अबस्थामा रोजगारदातालाई मुद्दा फिर्ता गराउन सकिएन, अब फैसलाअनुसार नै उनीहरुले सजायँ पाउनेछन’ ढकालले भन्नुभयो ।

No comments:

Post a Comment