Image Hosted by ImageShack.us

2013/03/26

बस दुर्घटनामा एकको मृत्यु, आठ घाइते

तनहुँ, चैत १२ - तनहुँको गजरकोटमा सोमबार बस पल्टदा १ जनाको मृत्यु भएको छ। दुर्घटनामा ८ जना घाइते भएका छन्। दुर्घटनामा परी मृत्यु हुनेमा घिरिङसुन्धारा-४ कि २६ वर्षीया नैनासिंह थापा रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी घाइते हुनेहरुमा बसका चालक घिरिङसुन्धाराका ३० वर्षीय सानु गुरुङ, गजरकोट-२ का ७२ वर्षीय बुद्धिमान श्रेष्ठ, गजरकोट-७ की ८० वर्षीया कमलावती खनाल, सोही ठाउँकी राधा कार्की, पाल्पा-१ का रमेश रिजाल, पाल्पा रामपुर-३ की १७ वर्षीया तारा आले, गजरकोट-७ का भिमबहादुर जिसी, उनकी श्रीमती घाइते भएको प्रहरीले जनाएको छ। उनीहरुको पोखरामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
गजरकोटको बैडी हुँदै स्याङजाको साँखर जाँदै गरेको बस गजरकोट-८ मा अनियन्त्रित भई पल्टिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

No comments:

Post a Comment