मुम्बई, चैत २४ (एजेन्सी) - गैर कानुनीरुपमा बन्दै गरेको आवासीय भवन भत्कँदा मर्नेको संख्या ६२ पुगेको छ। ८ तल्ले भवन भत्किएपनि उद्दारक्रम अझै जारी छ। शनिबार बिहान प्रहरीले अव भवनले पुरिएको स्थानमा जिवत उद्दार गर्न सकिने सम्भावना कम भएको जनाएको छ।
७० घाइतेको विभिन्न अस्पतालमा उपचार जारी छ। शुक्रबार रातभर पनि उद्दारकर्ताहरु विभिन्न उपकरणसहित सक्रिय थिए। ६ बुलडोजरले अहिले पनि घटनास्थल उत्खनन गरिरहेका छन्। महाराष्ट्रका मुख्यमन्त्री पृथ्वीराज चौव्हानले डेपुटी नगर कमिसनर र प्रुहरी अधिकारीलाई निलम्बित गरेको जनाएका छन्।
भवन भत्किँदा १ सयदेखि १ सय ५० जना भित्रै रहेको अनुमान गरिएको छ। यिनीहरुमध्ये अधिकांश भवनमा बस्दै आएका र कामदार थिए।
No comments:
Post a Comment