Image Hosted by ImageShack.us

2013/04/24

के गर्दै छिन् नन्दिता ?

काठमाडौ, वैशाख ११ - 
नायिका नन्दिता केसी लाई चलचित्रमा नदेखिएको धेरै भयो । 
उनी चलचित्रमा
नदेखिनुलाई दुई प्रकारले टिप्पणी गर्न थालिएको छ । नयाँ चलचित्रबाट प्रस्ताव नआएकाले उनी फुर्सदमा भएको एउटा दाबी छ भने चित्तबुझ्दो चलचित्र नपाएकाले काम नगरेको स्वयं नन्दिताको तर्क छ । राम्रो अभिनय गर्न सक्ने नायिकाका रूपमा स्थापित भैसकेकी नन्दिताले नयाँ चलचित्र नपाउनु आफैंमा आश्चर्यको कुरा हो । चलचित्र नपाएर के भो' त ? नन्दितालाई यो कुराले चिन्तित बनाएको छैन । उनी चलचित्रमा गर्न नपाएको काम म्युजिक भिडियोहरूमा गरिरहेकी छिन् । हालै छायांकन गरिएको प्रदीप निरौला निर्देशित एउटा भिडियोमा त उनी वृद्ध महिलाको भूमिकामा समेत प्रस्तुत भैसकेकी छिन् । यसबीच नन्दिताले एउटा टेलिभिजन कार्यक्रममा समेत 'पार्ट टाइम जब' पाएकी छिन् । भिडियो जक्कीका रूपमा नन्दिता यतिबेला आफ्नै सहकर्मी नायक-नायिकाहरूको कामको मूल्यांकन गरिरहेकी छिन् ।

No comments:

Post a Comment