बलिउड नायक इमरान हाश्मी चलचित्रमा नायिकासँग चुम्बनको दृश्य दिएरै चर्चामा छन् । अधिकांश चलचित्रमा लामो लिप किस दिएर चर्चामा आएका इमरानको पथमा नेपालका एक जना गायक पनि देखिएका छन् । नेपालका चर्चित गायक राजेशपायल राइले एक चलचित्रमा इमरानलाई नै बिर्साउने खालको दृश्य दिएका छन् भन्दा तपाइलाई अनौठो लाग्न सक्छ ।

साउन ३२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘किन किन’ मा राजेशले ११ सेकेन्ड लामो किसको दृश्य दिएका छन् ।किसको दृश्य पश्चात राजेशले चलचित्रमा ‘अब राजेशपायलको बिहे हुदैन कि क्या हो’ भन्ने संवाद बोलेको देख्न सकिन्छ । उकेश दाहालको निर्माण तथा निर्देशनमा तयार भएको यो सिनेमामा राजेश हमाल, राज तिमिल्सिना, करिश्मा मानन्धर, शशी खड्का, नव कलाकार अरुणिमा लामाको अभिनय हेर्न सकिन्छ । चलचित्रमा गायक राजेशपायल राई, प्रमोद खरेल, हिमाल सागर अतिथी भुमिकामा छन् ।
चलचित्रमा ११ सेकेन्ड लामो लिप किसको दृश्य दिएपछि राजेशको चर्चा अहिले भिन्न तबरले हुन थालेको छ । हेरौ, यो चुम्बनको दृश्यले राजेशलाई सिनेमाको अफर कत्तिको आउने हो ?
No comments:
Post a Comment