Image Hosted by ImageShack.us

2013/09/06

बुवा चाहिं मृत अवस्थामा फेला

रोल्पा २१
कुशे औंशीका दिनमा रोल्पामा आफ्नै छोराको हत्या गर्ने प्रयास गरेर फरार भएका बाबु शुक्रबार मृत अवस्थामा फेला परेका छन् । पश्चिम रोल्पाको राङसी वडानम्वर २ घर भई हाल सदरमुकाम लिबाङ स्थीत सुर्खेति डाँडा डेरागरि वस्ने गरेका टेकबहादुर पुनको शब शुक्रबार बिहान 

१० बजेको सेरोफेरोमा लहरीखोला जानेबाटोमा रहेका स्थानिय रणबहादुर सेनका बारीमा मृत अवस्थामा फेला पारेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले मध्यान्न १२ बजे पोष्टमार्टमका लागि जिल्ला अस्पताल रेउघामा लगेको छ । अन्दाजी ३३ बर्षीय मृतक पुनले बिष सेवान गरेको हुन सक्ने अनुमान गरिएपनि रिर्पोट भने आएको छैन् ।

पुनले बिहिबार आफ्नै ८ वर्षिय छोरा महेस पुन लाई बिष सेवन गराई हत्या गर्ने प्रयास गरेका थिए । दुई वटी बिवाह गरेका पुुनले कान्छी श्रीमतिलाई कोठामा छाडेर छोरालाई सुलिचौर घुमाउन लैजाने बहाना बनाएर लिबाङ ६ आर्मी ब्यारेक नजिक मानिस नभएको घरमा राखी विसाधि खुवाएर छोरालाई त्यही छोडि भागेका थिए । सुनसान घरमा ८ वर्षिय बालकलाई देखपछि स्थानियले प्रहरीलाई खवर गरेका थिए । 

प्रहरिले खवर पाएपछि बालकलाई जिल्ला अस्पताल रेउघामा उपचारको लागी भर्ना गरीएको थियो । बालकको अवस्था समान्य बनेको जिल्ला अस्पताल रेउघा रोल्पाले बताएको छ । ८ बर्षिय छोरा जेठि श्रीमतिबाटको रहेको बताईएको छ । जेठि श्रीमतिले अर्कोठाउँ विवाह गरिसकेका छन् ।

No comments:

Post a Comment