Image Hosted by ImageShack.us

2013/05/30

आफ्नै आमाले गराइन किशोरिको अपरहण

प्रतिमा बाँस्कोटा, काठमाडौं, जेष्ठ १३ - राजधानीको निम्स कलेज लैनचौरमा ११ कक्षाको अन्तिम दिनको परीक्षा सकेपछि १६ वर्षीया सदीक्षा सुवेदी (नाम परिवर्तन) क्याम्पस बाहिर आइनन् । सधैंझैँ बाहिर पर्खेर बसेका बाबु छोरी नआएपछि अत्तालिए । क्याम्पसभित्र छिरेर छोरी यताउता खोजे, भेटेनन् । आफैँ गोंगबुस्थित घर गइन् कि भन्दै घर पुगे । घरमा पनि छोरी थिइनन् ।

सुवेदी पढ्ने रेडन कलेजमा पुगे । त्यहाँ पनि फेला परिनन् । उनका साथीहरूलाई फोन गरेर बुझ्दा छोरी परीक्षा हलबाट आधा घन्टा पहिला नै निस्किएकी रहिछन् । नातागोतातिर बुझे । केही पत्तो लागेन ।
दिउँसो साढे १ बज्नै लाग्दा सुवेदीको घरमा भाडामा बस्ने दीपक नामका एक व्यक्तिको मोबाइलमा फोन आयो । सदीक्षाको नम्बरबाट आएको फोनमा सदीक्षाले नै आफू अपहरणमा परेको बताइन् । लगत्तै धरानमा रहेकी मामाकी छोरीलाई पनि फोन गयो । त्यता पनि क्याम्पस बाहिरबाट ३ केटाले आफूलाई अपहरण गरेको बताइन् । एकछिनपछि मोबाइलमा म्यासेज आयो 'तिम्री छोरी जिउँदो चाहिए ५ लाख रुपैयाँ र गोंगबु घरको लालपुर्जा भक्तपुरको बाराही हलनजिक फोहोर थुपार्ने स्थानमा कालो प्लास्टिकमा राखेर फ्यालिदिनु' भन्ने सन्देश आयो । अपहरणकारीले ५ लाख त मागे, तर घरको लालपुर्जा किन चाहियो ?

फेरि एकैछिनमा अर्को म्यासेज आयो 'मलाई ठूलो बुवा (जो धुलिखेलमा क्याम्पस पढाएर बस्छन्) उनले अपहरण गराएका रहेछन्, अपहरणकारीले भनेको, धुलिखेलतिर लैजाँदैछन्, मलाई बचाइदिनुहोस्' लेखेको म्यासेज आयो । प्रहरीले सदीक्षाको मोबाइलको लोकेसन हेर्‍यो, हेर्दा त धुलिखेल भनेका बेला उनको लोकेसन बल्खुतिर देखियो । विस्तारै विस्तारै फोन त धादिङतिर लाग्यो ।

प्रहरी अनुसन्धान गरिरहेका बेला उनको फोन त धरानमा देखियो । प्रहरीले सदीक्षा बसेको सिट छेउमा बस्ने यात्रुको मदतमा उनलाई धरानस्थित स्थानीय प्रहरी कार्यालयमा पुर्‍याउन लगायो । उनी बस चढेर धरान हिंडेको पत्ता पाएपछि प्रहरीले बस काउन्टरबाट बस र सिटका यात्रुको विवरण खोजी गर्दै सदीक्षाको सिट छेउमा बस्ने यात्रुको मोबाइल नम्बर फेला पारेर ती यात्रुबाट सहयोग लियो ।
अनि उनलाई काठमाडौं झिकायो । काठमाडौं झिकाएर सोधपुछ गर्दा मात्र थाहा भयो, यो अपहरण नभई नक्कली अपहरण रहेछ, त्यो पनि आफ्नै आमाले गर्न लगाएकी रहिछन् ।
किन त ?

महानगरीय प्रहरी अपराध महाशाखामा भेटिएकी सदीक्षाले आमाको सल्लाहअनुसार आफूले नक्कली अपहरणको नाटक गरेर ठूलो बुवालाई पक्राउ गराउन त्यसो गरेको बताइन् । ठूलो बुवा चन्द्र सुवेदीले आमा र बुवाको सम्बन्ध विच्छेद गराइदिन खोजेको भन्दै आमाले छोरीको प्रयोग गरेको अनुसन्धानमा संलग्न अधिकारीहरू बताउँछन् । 'छोरीको दिमागमा ठूलो बुवाका विरुद्धमा कुरा भरिदिएको रहेछ,' ती अधिकारीले भने, 'तेरो आमा-बुवालाई छुटाउन खोजेको छ, ऊसँग बदला लिनुपर्छ भनेर उसलाई परीक्षा सकिएपछि धुलिखेल जानु र ठूलो बुवाले अपहरण गरेको बताउनु भनेको रहेछ ।' त्यसपछि प्रहरीले ठूलो बुवालाई पक्राउ गरेपछि तिमी घर आउनु भनेर पठाएको प्रहरीको भनाइ छ ।

'आमाले छोरीलाई मोहरा मात्र बनाएर जेठाजुसँग बदला लिन खोेजेको रहेछ,' अनुसन्धानमा संलग्न अधिकारीले भने, 'यसअघि पनि जेठाजुलाई नराम्रो देखाउन छोरीमाथि नक्कली आक्रमणको नाटकसमेत गरेको पाइयो ।' प्रहरीका अनुसार सदीक्षाका बुवा र आमाको बिहे नाताभित्रै भएको हो । बुवाको मामाकी छोरीसँग प्रेमविवाह गरेको भन्दै उनीहरूको बिहेसँग असन्तुष्ट थिए । 'आफ्नै नाताभित्र बिहे गरेकाले नातागोता असन्तुष्ट रहेछन्, जेठाजुले अझ बढी नराम्रो व्यवहार गर्ने गरेकाले बदला लिएको पाइयो,' अनुसन्धानमा संलग्न अधिकारीले भने ।

सदीक्षाका बुवाका अनुसार उनको घरमा छोरीलाई सम्बोधन गरेर दिन बिराएर धम्कीसहितका पत्र आउने गर्थे । ७ वटापत्र प्रहरीसँग छन् । 'तलाई मारिदिन्छु, घरबाट बाहिर ननिस्कनु जस्ता बेहोरा थिए,' बुवाले कान्तिपुरसँग भने, 'छोरीको कोही कसैसँग प्रेम सम्बन्ध भएर त्यस्ता पत्र आएका हुन् कि भन्ने लाग्यो, तर पछि-पछि आउने पत्रमा मेरो दाइले नै हो भन्ने थियो ।'

पत्र आइरहेकै अवस्थामा एकदिन घरमा बसिरहेकी सदीक्षालाई स्प्राइटको बोतलले टाउकामा चोट लाग्यो । बाहिरबाट ठूलो बुवाले नै पठाएका मान्छेले हानिएको भनियो । तर सदीक्षा आफैँले टाउकामा चोट लगाएर ४ टाँका लगाइएको थियो । त्यही मुद्दामा प्रहरीले ठूलो बुवालाई समातेर महाराजगन्जमा २ दिन थुनेको थियो । तर अनुसन्धान अधिकारीका अनुसार ती धम्कीपूर्ण हस्तलिखित पत्र सदीक्षा आफैँले लेखेकी रहिछन् ।
'उनको हेन्डराइटिङसँग ती पत्रहरू मेल खान्छन्,' महाशाखाका ती अधिकृतले भने, 'सदीक्षाले समेत आफैंले लेखेको स्वीकारेकी छन् ।' प्रहरीले छोरीलाई आफ्नै अपहरण गर्न लगाउने आमालाई पक्राउ गरेको छ । उनलाई सार्वजनिक मुद्दामा अनुसन्धान गरिरहेको प्रहरीले बतायो ।

दिल्लीमा माओवादी आक्रमणको खतरा

जेठ १६ – भारतको राजधानी नयाँदिल्ली लगायतका मुख्य शहरमा माओवादीले आक्रमण गर्ने सम्भावना बढेको सुरक्षा निकायले दावी गरेका छन् ।

आउँदो महिनामा मुख्य शहरका सुरक्षाका हिसाबले कमजोर ठाउँमा आक्रमण गर्ने तयारी गरेको सुरक्षा निकायको ठहर छ ।
केन्द्रीय गृह मन्त्रालयका एक अधिकारीका अनुसार छत्तिसगढ, झारखण्ड र उडिसाको जंगलमा रहेका माओवादीहरुको फोन वार्ताका आधारमा यस्तो जानकारी प्राप्त भएको हो ।

गएको शनिबार छत्तिसगढमा भएको आक्रमणबाट प्रभुत्व स्थापित गर्न माओवादीलाई बल पुगेकाले राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमा ध्यान आकर्षित गर्न र सांगठनिक मनोबल बढाउनका लागि आउँदा दिनमा शहरी क्षेत्रलाई लक्षित बनाउने कोशिस गर्ने सुरक्षा निकायको ठहर छ ।

सुरक्षा अधिकारीहरुले माओवादीलाई पूर्ण रुपमा हराउन प्रभावित क्षेत्रमा अझै दुई तीन वर्षसम्म कारवाही अभियान चलाउनुपर्नेमा जोड दिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

माओवादी विरुद्ध अभियान चलाउनका लागि कम्तीमा पनि २७ हजार अर्धसैनिक बलका जवान तैनाथ गर्नुपर्ने उनीहरुको सुझाव छ । अहिले माओवादी प्रभावित क्षेत्रमा ८२ हजार जवान कार्यरत छन् ।

कपाल बेचेरै अरबौं कमाइ

नयाँदिल्ली (एजेन्सी), जेष्ठ १२ - भारतको आन्ध्रप्रदेश राज्यको तिरुमालास्थित तिरुपती बालाजी मन्दिरमा यस वर्ष भक्तजनले चढाएको ६४ हजार ७ सय ६० किलोग्राम कपाल १ सय ७ करोड रुपैयाँमा निलामी भएको छ । तिरुपतीको इतिहासमा यो दोस्रो सबभन्दा ठूलो निलामी हो ।
वाषिर्क ६ सय ५० करोड भारतीय रुपैयाँ आम्दानी भएको तिरुपती बालाजीलाई भारतको सबभन्दा धनी तीर्थ मानिन्छ । यसमा १० प्रतिशत आम्दानी कपालको बिक्रीबाट हुन्छ । गत वर्षभन्दा भने यो आम्दानी कम छ । गत वर्षको जुनमा १ सय ३० करोड भारतीय रुपैयाँमा बालाजीमा कपालको निलामी भएको थियो । तिरुमाला बैंकटेश्वर मन्दिरमा अर्पण गरिने कपालको निलामीको परम्परा छ । यसबाट प्राप्त रकमलाई मन्दिरको काममा खर्चिन्छ । भारत र विश्वकै सबभन्दा धनी मन्दिरमध्ये एक मानिने तिरुपतीमा भगवान् विष्णुको मन्दिर छ ।
तमिल भाषामा 'श्री' लाई तिरु' भनिन्छ । हिन्दु धर्ममा 'श्री' भनेको लक्ष्मी हुन्, विष्णुलाई उनको पति मानिन्छ । साँचो हृदयले भगवान् तिरुपतीको दर्शन गर्नेको मनकामना पूरा हुने विश्वास छ । मनोकांक्षा पूरा भएपछि भक्तजनले त्यहाँ कपाल अर्पण गर्छन्, जसको अन्तर्राष्ट्रिय बजारमा करोडौंमा बिक्री हुन्छ । भारतको सम्पन्न यो मन्दिरको कोषमा आठ टन गरगहना छन् । संसारभरि कपालको निर्यात व्यापार निकै फस्टाइरहेको छ ।


बिग लगायतका सौन्दर्य सामग्री बनाउन कपालको प्रयोग हुन्छ । लामो, मझौंला र छोटा श्रेणीमा कपालको विभाजन गरेर इन्टरनेटबाट निलामी (ई-निलामी ) हुन्छ । यसमा कपालको गुणस्तरको ख्याल राखिन्छ । वृद्ध कपालको बिक्री कमै हुन्छ । युरोप र अमेरिकामा स्वस्थ र सोझो कपालको माग बढी छ । चीनमा छोटो कपालको माग बढी छ । हलिउड र बलिउडमा यस्तो कपालको राम्रै खपत हुन्छ । अभिनेता र अभिनेत्रीले बिगका लागि यसको प्रयोग गर्छन् । हालै भारतमा प्रदर्शित सुपरहिट एवं सर्वाधिक लोकपि्रय चलचित्र 'ओ माई गड' मा धर्मको नाम र आडमा हुने व्यापारलाई देखाइएको थियो ।

2013/05/26

पाँच वर्षीया बालिका ५० वर्षिय पुरुषबाट बलात्कृत

सिरहा,जेठ १० । सिरहाको सोनमती मझौरा गाविस वडा नम्बर ४ कि पाँच वर्षीया बालिका ५० वर्षिय पुरुषबाट
बलात्कृत भएकी छिन् । सोही गाविस वडा नम्बर ६ बस्ने ५० वर्षीय मोहमद रुदल भनिने मोह्मद इसुफ मियाँले बुधबार राती ९ बजे बलात्कार गरेको पीडित परिवारले बताएका छन् । पीडित परिवारका अनुसार सो दिन राती खाना खाएर सुतेको बालीकालाई इसुफले बालिका सुतेकै कोठामा गएर बलात्कार गरेका थिए । बालिकाकी आमाका अनुसार बालिका सुतेको कोठामा आफु पुगेपछि बालिका अचेत अवस्थामा रहेको र बालिकाको शरिरबाट रगत बगेको देखेर तत्कालै छिमेकीहरुलाई जम्मा पारेको आमाले बताइन् । छिमेकीहरु जम्मा हुनथाले पछि मिया फरार भएको स्थानीयहरुले बताएका छन् । बालिकालाई विहीबार बिहान सामान्य उपचार गराएको र ठिक नभएपछि विहीवार बेलुका लहान अस्पतालमा उपचारको लागि भर्ना गरिएको थियो । लहान अस्पतालले बालिकाको उपचार सम्भव नभएपछि बालिकालाई विपी प्रतीष्ठान धरान रिफर गरेको अस्पतालले बताए पनि पीडित परिवारले बालिकालाई घरमै राखिरहेका छन् । बालिकालाई स्वास्थ्य जाँचका लागि जिल्ला अस्पताल सिरहा पठाउने तयारी भइरहेको र घटनाको अनुसंधानको लागि प्रहरी परिचालन गरि आरोपीको खोजतलास भइरहेको वडा प्रहरी कार्यालय लहानका डिएसपी हरिराज वाग्लेले बताउनुभयो । शुक्रबार विहान सिरहाका अधिकारकर्मीहरुको एक टोलीले घटनास्थल अनुगमन गरेका छन् ।

2013/05/24

महिलाको नजरमा पुरुष सेक्स मेसिन

सायद धेरै महिलाले यो सोँच्दछन् की पुरुषहरु सधै सेक्सका लागि तयार हुन्छन् । यो मान्यता २०।२२ वर्षको
तन्नेरीको हकमा त सही हुन सक्ला तर परिपक्व उमेरको अर्थात् पाको पुरुषको हकमा गलत हुनसक्छ । उमेर बढेसँगै विभिन्न जिम्मेवारी पनि थपिन्छन् ।

सोही कारण कोही पनि पुरुष जतिखेर पनि सेक्सका लागि तयार तथा इच्छुक हुन सक्दैन । उमेर बढेसँगै पुरुषमा पनि सामाजिक जिवनका परिवन्द बढ्छन् र करिअरको चिन्ता पनि हुन्छ । त्यसकारण यस उमेरमा पुरुषले सेक्सका बारेमा कम र करिअरका बारेमा बढि सोँच्दछ ।

कामको बोझ, पैसा कमाउने चिन्ता, परिवारको इच्छा पूरा गर्ने जिम्मेवारी सबै थोपरिएको अवस्थामा आखिर पुरुषले कसरी हर समय सेक्सको बारेमा सोँच्न सक्छ ? तर महिलाहरुले पुरुषको यो परिवन्दप्रति वेवास्ता गर्छन् र पुरुषहरु भोगी हुने र अरु सबैलाई त्याग गर्दै सेक्समा लिप्त हुनसक्ने ठान्छन् । यौन विज्ञहरुका अनुसार पुरषहरुका लागि सेक्स भन्दा ठूलो कुरा इमोसनल लभ हुन्छ । सेक्स गर्दा भन्दा कसैले मिठो स्वरमा माया गरेर आइ लभ यु भन्छ भने त्यसमा पुरुष बढि सन्तुष्ट तथा खुसी हुन्छ ।

धेरै पुरुषहरुको दुखेसो आफुलाई पार्टनरले इमोसनल सपोर्ट नगरेको भन्ने हुन्छ । महिलाले आफुलाई सेक्सका लागि मात्र उपयोग गर्छन् भन्ने मनोभावना पनि कतिपय पुरुषमा हुन्छ । वास्तवमा संवेगात्मकतामा महिला पुरुषभन्दा निकै पछाडि हुन्छन् । महिलाहरु पुरुषलाई सेक्स मेसिनको रुपमा हेर्छन् र सोही अनुरुप प्रयोग गर्न चाहन्छन् । एजेन्सी

३ वर्षीया नाबालिका बलात्कृत

स्याङ्जा, जेष्ठ १० - चित्रेभन्ज्याङ ५ मा ३ वर्षीया नाबालिका बलात्कृत भएकी छन् । नाबालिकाको
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा स्वास्थ्य परीक्षण गराएको थियो । बलात्कार अभियोगमा प्रहरीले ४४ वर्षीय कृष्णबहादुर मानन्धरलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरीले पोखरामा पक्राउ गरिएका मानन्धरलई स्याङ्जा ल्याउने तयारी भइरहेको जनाएको छ ।
यसैगरी कुवाकोट १ बारीकुनामा २० वर्षीय पर्वत थापालाई बुधबार २६ वर्षीया बिरामी युवतीमाथि बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । तरकारी किन्न पसल पुगेका उनले पाँच सय रुपैयाँको नोट दिएपछि आमा साट्न गएको मौका छोपी बलात्कार गरेको पीडितले बताए ।
'पाँच सय दियो, साट्न गाउँतिर लागिन् र्फकेर आउँदा त छोरी रोइरहेकी थिई । के भयो भनेर सोद्धा त छोरीलाई आफू नभएको मौका पारेर ग्राहकले नै बलात्कार गरेको रहेछ,' युवतीकी आमाले भनिन् ।

ट्याङ्कर पल्टिएर बल्दा तीन जना जलेर मृत्यु

धादिङ (घोप्टेभीर) -पृथ्वी राजमार्ग अन्तर्गत चितवनको दारेचोक गाविस–३ घोप्टेभीरमा गए राती साँढे ११ बजे पेट्रोल ट्यांकर पल्टिएर आगलागी हुँदा तीन जनाको जलेर निधन भएको छ। अम्लेखजञ्जबार काठमाण्डौका लागि २० हजार लि. पेट्रोल बोकेर गुडिरहेका ना४ख ३२६४ नम्बरको ट्यांकर सडकबाट करिव २५० मिटर तल त्रिशुली किनारमा पल्टिएको थियो।

जलिरहेको ट्यांकरबाट चालक तथा ट्यांकर धनी हेटौंडा ५ बसामाडिका गोपालसिंह लामाको अर्ध जलेको शव निकालेको छ। सो ट्यांकरमा दुई जना सहयोगी निवुवाटार–६ मकवापुरका सुरेश लामा र प्रकाश विष्ट रहेको जानकारी प्राप्त भएको इलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी निरीक्षक लोकबहादुर गुरुङले बताए। घटनासस्थलमा ट्यांकरको जल्न बाँकी केही नरहेकाले दुवै शव जलेर नष्ट भएको गुरुङले बताए।

राती पानी परेको र निदाएका कारण सो दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ। अर्ध जलेको शव पोष्टमार्टका लागि भरतपुर अस्पतालमा लगिएको प्रहरीले जनाएको छ। थप कारण बारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक गुरुङ बताउँछन्।

मलेसियामा अझै ६ महिना तलव नबढ्ने, चर्को शुल्क असुल्दै म्यानपावर, तबल बढेको छैन, बढ्ता पैसा नतिर्नोस् : कार्यबाहक राजदूत !

१० जेठ, क्वालालम्पुर । मलेसियामा नेपाली कामदारको न्यूनतम तलव ९ सय रिंगेट पुगेको भनिए पनि अझै
६ महिनासम्म नेपाली कामदारले न्यूनतम तलव नपाउने भएका छन् । तलब बढेको भ्रममा परेर म्यानपावरलाई बढ्ता पैसा नतिर्न नेपाली राजदूतावासका अधिकारीले आग्रह गरेका छन् । मलेसिया सरकारले शुरुमा विदेशी कामदारका लागि पनि न्यूनमत ९ रिंगेट तलब लागू गर्ने घोषणा गरेको थियो । मासिक ५ सय४६ रिंगेट न्यूनतम तलब पाइरहेका नेपाली त्यो खबर सुनेपछि हौसिएका थिए ।
सुरुमा केही कम्पनीले न्यूनतम तलब कार्यन्वयन गरे पनि अधिकांश रोजगारदाताको अवरोधपछि अहिले मलेसियामा कार्यरत नेपाली कामदारहरुले पुरानै सम्झौताअनुसार तलब पाइरहेका छन । मलेसियाका लागि कार्यवाहक नेपाली राजदूत लेखनाथ भट्टराईले व्यवहारिकरुपमा नेपाली मजदुहरुले बढेको तलव पाउन नसकेको बताउनुभयो । ‘स्पष्ट भाषामा भन्दा अहिले मलेसियामा नेपाली कामदारहरुको न्यूनतम तलब बढेको छैन ।’ भट्टराईले भन्नुभयो-’मलेसिया सरकारले सन् २०१४ बाट त्यो निर्णय कार्यान्वयन गर्छौं भनेको छ, सरकारको अर्को निर्णय नआएसम्म भन्न सकिन्न ।’
म्यानपावरको ठगी
नेपालमा म्यानपावर कम्पनीहरुले भने मासिक ९ सय रिंगेट तलव पुगेको भन्दै महंगो शुल्क उठाउने गरेको राजदूत भट्टराईले बताउनुभयो । ‘सुरुसुरुमा यहाँ रहेका नेपाली कामदारहरुमा कन्फ्युजन थियो, कतिपय कम्पनीमा कामदार आन्दोलनमा पनि उत्रिए । तर, पछि सरकारले सन् २०१३ भरि तलव बढाउन नसक्ने भनेपछि अहिले त्यति धेरै समस्या छैन’- भट्टराईले भन्नुभयो- ‘मुख्य समस्याचाहिँ अहिले पनि नेपालमा म्यानपावरहरुले मासिक ९ सय रिंगेट तलव पाइन्छ भन्दै कामदारबाट बढी पैसा असुलिरहेको पाइएको छ ।’
सेक्युरिटी गार्डमा काम लगाइदिने भन्दै दुईदेखि साढे दुई लाख रुपैयाँसम्म तिरेका पीडित दूतावाससम्म आइपुगेको भन्दै उहाँले भन्नुभयो-’मलेसियामा न्यूनतम तलव बढेको छैन, नेपाली कामदारहरुले पुरानै तलब पाएका छन, त्यसैले बढी तिरेर आउनु हुँदैन, यो कुरा कामदारले प्रष्ट बुझ्न जरुरी छ । त्यो बुझिएन भने गरिव नेपाली कामदार आफ्नो घरखेत गुमाउनुपर्नेे खतरा छ ।’ अहिले पनि दूतावासमा स्वीकृतिका लागि आउने डकुमेन्टमा मासिक ९ सय रिंगेट तलव उल्लेख हुने गरेको तर ब्यबहार लागू नभएको भन्दै राजदूत भट्टराईले दोहोरो सम्झौता मलेसियाका श्रमिकका लागि मुख्य समस्या भएको बताउनुभयो

बालकलाई कुट्दै छन् आमा भन्ने (video)

धन्य छन् यी आमा जसले आफ्नै ९-९ महिना आफ्नो गर्बमा बोकी अनेक दुख पिडा सहि जन्म दिई , आखा सम्म नउग्रेको यो बालकले के नै गल्ति गरेको थियो र एउटा ममता कि खानी मानिने आमा भन्ने सब्दलाई नै कलङ्क हुने बनाईन ,हेर्नुस त कति पनि दया नराखी यो बालकलाई कुट्दै छन्

2013/05/23

Nepal Airlines Plane Crashes in Jomsom(video)

झरना थापाले भनिन् कसरि तिमिलाई मन पराए थाहै भयन ...भिडियो हेन्रुहोस

रिकी नापुति नामका ती पुरुष विश्वमा बढि वजनभएका मान्छेमध्येमा एक पर्छन्

दुब्ला मान्छेहरुमा मोटाउने इच्छा हुन्छ । तर जिउ लागेपछि कसरी दुब्लाउने होला ? भन्ने टेन्सन । जिउ मोटाएर ७०-८० किलोको हुँदा त वजन घटाउने टेन्सन सुरु हुन्छ भने ४ सय किलोको जिउ भयो भने के होला हालत ?
प्रशान्त महासागरीय टापु राष्ट्र गुआमका एक जना पुरुष यस्तै विलखबन्दमा परेका छन् । उनको जिउ ४ सय ८ किलोको छ । उनी विश्वमा बढि वजनभएका मान्छेमध्येमा एक पर्छन् । रिकी नापुति नामका ती पुरुषका लागि उनको वजन निकै ठूलो पीडाको रुपमा खडा भएको छ र सोही कारण उनी पाँच वर्षदेखि ओछ्यानमा परेका छन् ।
३९ वर्षे नापुति वजन घटाएर सामान्य जिन्दगीमा र्फकन चाहन्छन् । तर उनको त्यो मनको इच्छा पूरा हुन सकिरहेको छैन ।टिएलसी टेलिभिजनले नापुति र उनकी श्रीमती चेरिलको विषयमा पछिल्लो तिन वर्षदेखि श्रृंखलावद्ध रुपमा सामग्री प्रशारण गरिरहेको छ । उनको सर्जरीका लागि केवल पैसाको खाँचो मात्र होइन उनले सर्जरी अघि केही तौल आफै घटाउनुपर्ने हुन्छ । तर हालै एक अमेरिकी चिकित्सक उनलाई भेट्न गुआममा पुग्दा चिकित्सकले सर्जरी अघिसम्म घटाउनुपर्ने भने अनुसार उनको तौल अझै घटिसकेको थिएन । त्यसैले उनले तत्काल आफ्नो वजन घटाउने सर्जरी गर्न पाएनन् ।
गुआम भन्ने देशमा केवल नापुति मात्र होइन अरु धेरै वयस्क मानिसहरु मोटोपनबाट पीडित रहेको बताइन्छ । त्यहाँका हरेक दशमा एक जना मानिसमा मोटोपनको समस्या छ ।

hajur haru ko आजको राशीफल (23 May 2013) video hernu hous

आज मिती २०७० साल जेठ ९ गते बिहिबार, तदनुसार मे २३ तारिक सन २०१३

खाने पानी र डम्पीङ्ग साईड एकै ठाउँले हैजाको खतरा

प्रेम सुनार, गुल्मी जेठ ९ -
गुल्मीको सदरमुकाम तम्घासमा तिसौं हजार उपभोक्ताले पिउने पानीको मुहान र डम्पीङ्ग साईड एकै ठाउँमा रहेको छ । गत विस वर्ष अघिदेखि वनाईएको तम्घास नजिकै ओख्रेनी डम्पीङ्ग साईडमा रहेको पानीको मुहानबाट गत केहि वर्ष यता तम्घास बृहत लिफ्टीङ्ग सिष्टम खाने पानी योजनाको पानी उपभोक्ताहरुलाई खुवाउदै आईएको छ । जुन योजनाको खाने पानी तम्घास वजारबासी सहित बाहिरबाट पढ्न आउने विध्यार्थी , ब्यबसायी, अन्य पेशाका गरी झण्डै तिस हजार उपभोक्ताले पिउने गर्दछन् । डम्पीङ्ग साईडमा कागहरुको वास स्थान छ । त्यहाँ फ्याँकिएको विभिन्न फोहर , त्यो भन्दा पनि हड्डीका टुक्रा त्यसै मुहानमा कागले खसाली दिन्छन् । चारै तिर दुर्घन्धीत छ । त्यस्तो बातबरणको विचमा रहेको मुहानको पानी पिउँदा कुनै दिन उपचार नै गर्न नसक्ने गरी हैजा फैलिने खतरा रहेको तम्घास भ्रमणमा आएका एक बिदेशी डाक्टरले बताएका छन् । ‘हामीले ति डाक्टरलाई घुमाउन लग्यौ’ तम्घास फोहर मैला ब्यवस्थापन तथा बातबरण समितिका सदस्य तारा भुषालले भने ’‘त्यस पानीको मुहान र डम्पीङ्ग साईड संगै देखेपछि ति डाक्टर टक्क उभिएर सोधे तम्घासमा अस्पतालहरु कति छन् ? ’ मैले किन भन्दै अस्पातल एक निजी सहित दुईवटा छन् भनेर भने अनि ति डाक्टरले भने यो पानीबाट कुनै दिन हैजा फैलिने छ र यहाँ उपचार हुन नसकेर कैयौ मान्छेको ज्यान जाने छ डम्पीङ्ग साईड अन्यत्र सार्नुहोस् ’। बिदेशीहरुले समेत यस्तो खतराको संकेत दिई रहेकोे त्यो स्थानबाट डम्पीङ्ग साईड तम्घास ८ को लसुने डाँडाको खोल्सामा सार्न काम सुरु गरेकाृे दुई वर्ष भई सक्दा पनि स्थानियबासीको अवरोधका कारण सार्न सकिएको छैन । तम्घास ८ का करिव १९ घरधुरीका अवरोधका कारण आफुहरुले काम अगाडी बढाउन नसकेको तम्घास फोहर मैला ब्यबस्थापन तथा बातवरण संरक्षण समितिले जनाएको छ । समितिले आज पत्रकार सम्मेलन गरी यस्तो जनाएको हो । ‘हामीले गत बर्ष स्थानियबासीको अवरोधपछि राजनैतिक दल सहितको सर्वपक्षिय बैठक राखी निर्णय गराई लशुने डाँडामा काम सुरु गरेका थियौ’ समितिका अध्यक्ष हरिकुमार श्रेष्ठले भने ‘गत सुक्रबार डोजर लगेर काम सुरु गरिरहेको अवस्थामा स्थानियबासीले अवरोध गरेपछि फेरी स्थगित गर्न बाध्य भएका छौ । ’ ‘स्थानियवासीलाई रोजगार दिने, मोटरबाटो , विद्युत खाने पानी लगायतको सुविधा समेत दिने गत वर्ष स्थानियबासीसंग मौखिक सहमति भएको थियो ’श्रेष्ठले भने ‘स्थानिय सर्व साधरण जनताको हितमा भन्दा पनि त्यहाँका केहि नेताको ब्याक्तिगत लोलुपताका कारण अवरोध गरिएको हो कि भन्ने महशुस भएको छ । ‘ तम्घासका हजारौ उपभोक्ताहरुसंग त्यहाँका १९ घरधुरीले अटेरी गरिरहेका छन डम्पीङ्ग साईड निर्माण समितिका अध्यक्ष रामप्रसाद पन्तले भने धेरै पटक उहाँहरुसंग छलफलमा बसेर उहाँहरुका माग सम्वोधन गर्दा पनि केहि शिप लागेन, हामी हैरान छौ उहाँहरुले खै के चाहेको हो बुझ्नै सकिएन । ’ फोहर मैला ब्यवस्थापन समिति र तम्घास गाविसले आज सयुंक्त बैठक बसी त्यो समस्या समधानका लागि प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालको ध्यानकृष्ट गराउने भएका छन् । ‘अव सिडियो सहित सर्व पक्षिय भेला सोही स्थानमा आयोजना गरी निकास निकाल्नु शिवाय अरु विकल्प छैन दुवै समितिका अध्यक्षले भने ‘दुई वर्ष भयो काम गर्न नसकेपछि उपभोक्तालाई के जवाफ दिने समितिमा बस्नै मन छैन् । ’ तम्घास गाविस सचिव द्रोणराज पन्थीले पनि धेरै पटक गाविस स्तरमा छलफल गर्दा पनि सहमतिमा ल्याउन नसकिएको बताए । ‘यो समस्या तम्घास ८ बेदुखर्कबासीको पनि हो’ पन्थीले भने ‘उहाँहरुलाई बाधा पार्ने गरी डम्पीङ्ग साईड राख्न खोजिए कै छैन ।’ समितिका सचिव कृष्ण भण्डारीले पनि डम्पीङ्ग साईड र खाने पानी एकै स्थानमा हुँदा तम्घास ८ कै उपभोक्ताले पनि त्यहीको पानी पिउने भएकोले हैजाको सामना गर्नु पर्ने हुन्छ यसर्थ त्यहाँका बासीन्दाले यो मानविय संवेदना बुझिदिन जरुरी छ । ’ डम्फीङ्ग साईड निर्माणका लागि समितिले गत वर्ष जिल्ला विकास समितिसंग आन्दोलन गरेर १५ लाख रुपैया छुटाएको थियो तर काम भने गर्नै अवरोधको कारण दर्शाउदै गर्न सकेन । स्थानिय विकाश मन्त्रालय डोलीदार शाखाबाट २ करोड ६१ लाखको योजना परेको भनिएको डम्पीङ्ग साईड निर्माण समिति सर्व पक्षिय नभएको गुनासो उठ्दै आएको छ । तम्घासका सिमित केहि आफु आफुमा तालमेल मिल्ने ब्याक्तिहरु मात्रै समितिमा रहेको भन्दै गुनासो गरिएको हो । त्याति ठुलो करौडौंको योजना जिल्ला स्तरिय दलका नेताहरु, सर्व साधरण उपभोक्ता सहितको निर्माण समिति गठन गरी नयाँ चरणमा स्थानियबासीसंग सहमति गरे निकास निस्कने नेताहरुको बुझाई छ ।

तरकारी खेतिले डोकोबाट चिल्लो कारमा

प्रेम सुनार, गुल्मी जेठ ९ -
आज भन्दा १७ वर्ष अघि सम्म डोकोमा तरकारी, मिस्टीनमा दुध बोकेर वलेटक्सार सम्म बेच्न हिड्ने त्यसै हर्दिनेटा गाविस वडा नम्वर ३ कालिका नगरका बेदप्रसाद पन्थ अहिले चिल्लो कारमा चढेर हिड्छन् । ४५ वर्ष उमेरका पन्थले भने ‘कुनै दिन वसमा तरकारी लैजाने उपाय नभएर डोकोमा बोकेर बेच्न हिड्थे अहिले आफ्नै कारमा गुडिरहेको छु । तरकारी डोकोमा बोकेर हिडिएन कि, भैसीको गोठाल्याई गरिएन कि दुईचार हजार ऋण माग्न जाँदा साहुको नमिठो बचन सुनिएन कि ’पन्थले विगतको आफ्नो गरिवी स्मराण गर्दै भने ‘आज यो मेरो सफलताको जग तरकारी खेती नै हो । ’ तरकारी खेतीको आम्दानीले गाडी हालें , दुई तिनवटा गाडी थपिए । एउटा गाडी दुर्घटनामा क्षति ग्रस्त बन्यो तर पनि हरेस खाईन । गाडीसंगै फर्निचरको काम पनि सुरु गरे ’पन्थले भने ‘जुन ब्यवसाय गरेपनि तरकारीखेतीको आम्दानी म कहिल्लै विर्सन सक्दीँन ।’ गाउँघरको विचमा आधुनिक शैलिको पक्की घर, छतमा पार्किङ्ग गरिएको निजी चिल्लो कार । घरको भुई तलाको तलपट्टि २० हजार लिटरको पानी टयाँकी, सवै कोठाहरु अट्याच वाधरुम सहित, कम्पाउण्ड वरीपरी सुन्दर बगैचा, घरको पुरै बातबरण राजधानीको सभ्रान्त परिवार सरह बनाएका पन्थ पैसा कमायो कि शहर वसाई गर्नेहरुलाई गाउँ मै पनि सवै सुविधा हुन्छ भन्ने उदाहरण दिन चाहेको बताउँ छन् । हार्दिनेटाको ७ हेक्टरमा सुन्तलाको बेर्ना रोप्ने काम सुरु भएको छ ’ सो कार्यालयका बागबानी अधिकृत फटिकबहादुर थापाले भने एकैचो टी होईन विस्तारै त्यहाँ सुन्तला खेती फैलाउँदै जाने योजना बनाएका छौं । ’ ‘म आफ्नो गाउँको पहिचान मेटाउन चाहन्न यहि सुन फल्छ , यहि सवै सुविधा उपलब्ध हुन्छन् । शहरमा गएर आफ्नो माटो, आफ्नो हावा पानी कल्पेर पछुताउने मानिसहरु धेरै छन् पन्थले भने यो भन्दा बढि कमाए पनि म कुनै ठुलो शहर जान्न बरु त्यहाँको भन्दा सुविधा सम्पन्न वसाई बस्न चाहन्छु । ’ उनले स्थानिय विद्यालय, दिनदुःखीको सेवामा लाग्ने र राजनैतिक दलको कार्यकर्ता नवन्ने बताए । ‘कुनै एउटा दलको शुभेच्छुक हुनु स्वभाविक हो ’उनले भने ‘समाज सेवा र आर्थिक उपार्जनमा साझा सोच नभए काम छैन ।’ उनि सहित तरकारी र सुन्तला खेतीबाट हर्दिनेटाका मानिसहरुको जिवन शैली बदलिएको छ । एउटा सामन्य कृषक स्वर्गिय खिमानन्दका छोरा वेदप्रसाद अहिले त्यस गाउँका कराड पति मात्र छैनन् सवैले आदर गर्ने प्रतिष्ठीत ब्याक्ति समेत बनेका छन् । उनका छोरा लक्ष्मण र छोरी भावनालाई उनले लन्डनमा उच्च शिक्षा पढाउन समेत पठाएका छन् ।

2013/05/22

अमेरिकामा आँधीले उत्पात मच्चायो,९१ को मृत्यु (फोटो फिचरसहित)

काठमाडौं । अमेरिकामा ओक्लाहोमा शहरमा टोरेन्टो नामक आँधीले् उत्पात मच्चाएको छ । अहिलेसम्म कम्तिमा ९१ जनाको मृत्यु भएको छ । जसमा २० भन्दा बढी बालबालिका छन् । आँधीका कारण थुप्रै विद्यालय र घर भत्किएका छन् ।

३ सय २० किलोमिटर प्रतिघण्टाको दरले चलेको आँधीले सबैभन्दा बढी मूरे उपनगर प्रभावित भएको छ, जहाँ घर र विद्यालय पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । घाइतेहरुलाई उद्दार गरि अस्पताल भर्ना गरिएको छ । जसमा ७० भन्दा बढी बच्चा छन् ।

सोमबारबाट आएको आँधीका कारण ५५ हजार मानिस प्रभावित भएका छन् । तिब्र गतिमा चलेको हावाका कारण २ स्कुल क्षतिग्रस्त भएको छ भने थुप्रै बाबालिका हराएका छन् । ओक्लाहोमाका गर्भनर मेरी फेलीनले यस दिनलाई दर्दनाक दिन भन्नु भएको छ । राष्ट्रपति बाराक ओबामाले ओक्लाहोमामा विपत्तको घोषणा गर्दै खोजी र उद्दारमा सक्रियतापूर्वक लाग्न संघीय सरकारलाई निर्देशन दिनु भएको छ ।










१५ दिनमा नेपाली क्रिकेटरको कमाई ८५ लाख

८ जेठ, काठमाण्डौं । बर्मुडामा आइसिसी विश्व क्रिकेट लिग डिभिजन ३ को च्याम्पियन ट्रफी उचालेर काठमाण्डौं फर्केको १५ दिन भयो । १५ दिनमा नेपाली टोली १२ वटा कार्यक्रममा सम्मानित भएको छ भने करिब ८५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।

क्रिकेट टोलीको हौसला बढाउन राजनीतिक दलदेखि विभिन्न संघसंस्थाले आफ्नो क्षमताअनुसार सम्मान गरिरहेका छन् । यसमध्ये चार संस्थाले भने खेलाडीलाई खादा र ताम्रपत्रमै सीमित पारे । अन्य नौ संस्थाले नगद पुरस्कार दिएका छन् ।

नेपाली क्रिकेटरले बर्मुडाबाट फर्केयता सात दिन सम्मान थापे । उनीहरुले बर्मुडाबाट काठमाण्डौं उत्रिएकै दिन २४ बैशाखमा तीन सम्मान थाप्न भ्याएका थिए । यस्तै वैशाख २७ मा पनि एकै दिन तीन कार्यक्रममा उनीहरुलाई सम्मानित गरिएको नयाँ पत्रिकामा खबर छ ।

ती सम्मानमा खेलाडी र अफिसियलहरुले ८४ लाख २० हजार पुरस्कार प्राप्त गरेका छन् । जसमध्ये सरकारले घोषणा गरेको प्रतिव्यक्ति तीन लाख ५० हजारको पुरस्कार मन्त्रिपरिषदबाट पारित भए पनि हस्तान्तरण हुन बाँकी छ । सरकारले हस्तान्तरण गर्न बाँकी रकमलाई समेत जोड्दा हालसम्म एक खेलाडीले पाँच लाख ४३ हजार रुपैयाँ भन्दा बढी प्राप्त गरेका छन् ।

अचम्मको मोबाइल आउँदै, अब हात नै मोबाइल..

७ जेठ, काठमाडौ। तपाईको हातमा केही देखीन्न, कानमा पनि केही राख्नु भएको छैन्, तपाईसंग कुनै
उपकरण छैन् तैपनि तपाई फोन गर्न सक्नु हुन्छ। तपाईलाई सुन्दै अचम्म लाग्न सक्दछ। तर, अब यो कल्पना साँचो हुने भएको छ ।

प्रविधीले अभुतपुर्व विकास गर्दै जाँदा पत्याउनै नसकिने कुरा आविश्कार हुन थालेका छन्। खोजकर्ताहरुले यस्तो मोवाइल फोन प्रविधीको विकास गरेको बताइका छन् । जुन तपाई हातमै जोडिनेछ ।

यो प्रविधीमा एउटा विशेष किसिमको क्यामेराको प्रयोग गरिन्छ जो हाइ स्पिड भिजन र दुइ घुम्ने ऐनासंग जोडिएको हुन्छ ।

युनिभर्सिटी अफ टोकियोका मासातोशी इशिकावा र उनका सहयोगी हाल यो प्रविधीमा काम गर्देछन् । यो मोबाइल फोन मानिसको हातमा किबोर्डको रुपमा देखिनेछ । फोन बाहेक प्रयोगकर्ताले यो उपकरणलाई मोवाइका अलावा रिमोटको रुपमा समेत प्रयोग गर्न सक्दछन ।

इशिकावाका अनुसार यो मोवाइलमा यस्तो फिचर हुन्छ जसले दुइ मिलि सेकेण्डमा थृीडी अब्जेक्ट डिटेक्ट गर्दछ। हाइस्पिड भिजनले चारौ तरफ रहेका वस्तुहरु ट्र्याक गर्दछ । यो प्रविधीले प्रयोगकर्ताले मोवाइलको फोनको तस्विर आफ्नो हातमा सेट गर्न सक्दछन् ।
यसरि हातनै मोवाइल फोन बन्दछ। इशिकावाका अनुसार हातमा ३ ग्राम बस्तु राखेको जस्तै अनुभव हुन्छ । आगामी दुइ वर्षुभित्र यो प्रविधी बजारमा आइसक्ने बताइएको छ ।

सुस्त मनस्थितिकी युवती १० वर्षदेखि निरन्तर बलात्कृत

स्याङ्जा, जेष्ठ ८ - बलात्कार घटनालाई सार्वजनिक गरे गाउँ निकाला गरिदिने धम्की दिँदै मिलापत्र गरिएका
कारण कोल्माकी सुस्त मनस्थितिकी १९ वर्षीया युवती १० वर्षदेखि बलात्कृत हुँदै आएको खुलासा भएको छ । जति पटक बलात्कृत भए पनि गाउँमै मिलापत्र गराइएको र पटक पटक गर्भपतन गराउँदा युवतीको अवस्था नाजुक बनेपछि छोरीलाई बचाउन आमा वर्षौं पछि प्रहरीमा उजुरी दिन आएकी छिन् ।

१० वर्षमै चाउचाउ किन्न जाँदा स्थानीय एक पसलेबाट बलात्कृत भएकी युवतीलाई त्यस घटनादेखि नै मिलापत्र गरिएका कारण अन्यले पनि बलात्कार गरेको परिवारले बताएका छन् । 'छोरी १० वर्षकी हुँदा चाउचाउ किन्न जाँदा पहिलो पटक पसलेले बलात्कार गरे,' युवतीकी आमाले भनिन्, 'त्यसपछि ऊ धेरै पटक बलात्कृत हुँदै आएकी छ ।' उनले पहिलो बलात्कार घटनामा स्थानीय स्तरमा पीडकलाई माफी माग्न लगाई मिलापत्र गरिएको बताइन् । त्यसपछि बलात्कार हुँदा र प्रयास गर्दा कागज बनाई मिलापत्र गरिँदै आएको हो । उनले बलात्कारपछि गर्भ रहेकाले पटक पटक छोरीको गर्भपतन गराएको बताइन् ।

घटना सार्वजनिक गरे गाउँ निकाला गर्ने धम्की दिएकाले चुपचाप बस्नु परेको बाध्यता सुनाइन् । बलात्कार र गर्भपतनले छोरीको अवस्था नाजुक भएपछि बाध्य भएर न्यायका लागि प्रहरीकहाँ आएको उनले बताइन् । 'पहिला सहनै पर्‍यो भनेर मिलापत्र गर्दै चुप लागेर बसेँ,' उनले भनिन्, 'गाउँबाट एक्लिनु पर्छ भन्ने डरले ८/९ वर्षदेखि बलात्कार हुँदै आए पनि चुपचाप सहेर बसेँ । अब त अति नै भएपछि प्रहरीकहाँ आएकी हुँ ।'

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार पीडित युवतीको ०६९ मंसिरमा मणिपाल शिक्षण अस्पतालमा २८ साताको गर्भपतन गराइएको थियो । 'विगतमा भएको मिलापत्रको कागज पनि खोजी गर्छौं,' प्रहरी नायव उपरीक्षक सोमेन्द्रसिंह राठौरले भने, 'जबरजस्ती मिलापत्र गराएको एउटा कागजसमेत भेटेका छौँ ।' समितिले यो मात्र नभई गाउँका अन्य बलात्कार घटना पनि मिलापत्र गराउँदै आएको बुझिएको छ ।

कोल्माबराहचौर १ र २ वडालाई समेटी बनाएको गाउँ समितिले घटनालाई मिलापत्र गरी गाउँमै ढाकछोप गर्दै आएको थियो । स्थानीय स्तरमा गठन गरेको समिति समाजका अलि बढी जान्ने सुन्ने मानिनेको समिति हो । उनीहरूले स्थानीय स्तरमा जस्तोसुकै समस्या आए पनि समितिमा मात्र गुनासो गर्नुपर्ने भन्ने नियम बनाएका छन् ।
समिति अध्यक्षलाई गाउँ सभापति भन्ने गरिन्छ । गाउँ सभापतिलाई समस्या भनेपछि उनले भेला बोलाएर मिलापत्र बनाई कागज बनाउने गर्छन् ।

2013/05/21

गुल्मीको रेसुङ्गामा लागेको आगोको भिडियोहरु

ऐतिहाँसिक तथा धार्मिक क्षेत्र रेसुङ्गामा लागेको आगो को भिडियो हेर्नुहोस

सुन फेरि बढ्यो

काठमाडौ, जेष्ठ ७ - मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला एकहजार ६ सय रुपैयाँले बृद्धि भएको
छ । सोमबार ४८ हजार ७ सय रुपैयाँ प्रतितोलामा कारोबार भएको सुन मंगलबार ५० हजार तीनसय प्रतितोला पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा भाउ बढेकाले नेपाली बजारमा पनि भाउ बढेको नेपाल सुनचाँदी डिलर्स एसोसिएसनले जनाएको छ ।

2013/05/20

भिडियो : चलचित्रको शुटिंगमा नायिकाले नै भनिन यो त अति भयो, के पचाउलन दर्शकले

ring roadके दोष लगाउने चपली हाइटलाइ
यहाँ इज्जत उतारिन्दै छ कलाको
कहाँ चाहियो कलाकार अब एक्टिंगलाइ
यहाँ बिकाइदै छ अंग अंग नायिकाको ….

नेपाली चलचित्र रिङ्ग रोडको भर्खरै सार्बजनिक भएको शुटिंग रिपोर्ट भनिएको शुटिंग ताका रेकर्ड गरिएको एक भिडियो हेरे पछि एस्तो सोच आएको हो | हुन त चपलीले नेपाली सिनेमामा अस्लिलताको ढोका खोल्यो भनिन्छ तर किस सिन त अघि देखि नै कागबेनी लगायत अन्य केहि चलचित्रमै देखिदै आएकै हो तर पनि किन आजकल नेपाली चलचित्रहरु मा कुनै कुरा उठाउनको सट्टा खाली अस्लिल दृश्य मात्रले समय ओगेटन थालेको छ |

अहिले बन्दै आएका नेपाली चलचित्रहरु कथामा भन्दा कति बेड सिन र किस सिन दिने भन्ने कुरामा केन्द्रित हुन्छन | नायिकाको एक्टिंगलाइ हेर्ने जमाना गयो अब त कसले कति सम्म देखाउन सक्छ त्यो नै अब्बल ठानिन थालिएको छ : उदहारण को लागि चलचित्र ATM कि नायिका जिया केसीलाई हेर्नुस न, ATM मा केहि बोलेकै र देखाएकै ट्रेलरको भरमा अहिले उनीले छ्याप-छ्याप्ती नेपाली फिल्म पाउन थालेकी छिन |

रिलिज हुन पर्खाइमा रहेको चलचित्र रिङ्ग रोडले आफ्नो फिल्ममा धेरै मसला छ है भनेर दर्शकलाई तान्नको लागि शुटिंग रिपोर्ट यु ट्युब मार्फत सार्बजनिक गरेको छ | जसमा नायिका स्वयंले “यो त अत्ति भयो” भन्दै फेरी रे-टेक लियिएको दृश्य हामी देख्न सक्छौ |

के नेपाली दर्शक ले येस्तै खोजेका हुन् ? नेपाली सिनेमा चलेन भन्ने अनि खाली अस्लिल द्रिस्यहरु टन्न हालेर फिल्म बनाउने ? दर्शक को माग यस्तै फिल्म छ भने ठिकै छ नत्र अब येस्ता फिल्मलाई प्रतेक नागरिकले बहिस्कार गर्ने पर्छ |

Nepali Songs by Anju Panta

Anju PantaAnju Panta is one of the famous female singer of Nepali Music Industry. She already have sang hundreds of Nepali modern songs, nepali gazals and songs of other genres along in Nepali Movies. Fans of Anju Panta mostly like her modern songs following her movie songs and gazals too. “Na Birse Timilaai Na Paye Timilaai” is one of the biggest hit gazal of Anju panta which is one of the top most viewed Nepali Music Video on Youtube. You can also find programs and interviews with Anju Panta on our blog. Today here we have collected the best songs of Anju Panta from modern songs, nepali movie songs to gazals so you guys can watch the video and tune it on a single place. We keep updating this Playlist as soon as we get her latest songs online, also you guys can suggest us the link of her new youtube videos on comment so we will add them here.

Hope you guys enjoy this !

एकजना युवकले राखिदिएको एउटा तस्बिरले अहिले अन्जु पन्तको जता-ततै चर्चा चलिरहेको

Anju Pantaगायिका अन्जु पन्तको नाममा रहेको फेसबुक पेजमा (Anju Panta @ Facebook) एकजना युवकले राखिदिएको एउटा तस्बिरले अहिले अन्जु पन्तको जता-ततै चर्चा चलिरहेको छ ! झन् नाम चलेको नेपाली फिल्मी कार्यक्रम रजतपटको अफिसियल वेबसाइट मेरोसिनेमा डट कम मा त्यो फोटो राखे पछि त झन् के चाहियो तेसै पनि हल्ला को भरमा हिड्ने हामी नेपाली यो कुरा सर्बत्र फैलिनेनै भयो ! यो कुरालाई अन्जु पन्तले खण्डन गरेको कुरा आए पनि एउटा कलाकारको तेस्तो नकारात्मक चर्चा चल्दा हामीले सत्यता बुझेर अघि बढ्नु पर्छ जस्तो मलाई लाग्छ न कि जे पायो तेस्लाई नै सेयर गर्दै बस्ने ! वर्तमान समयमा यस्तो तस्बिर जो कसैले पनि फोटो-एडिटर बाट बनाउन सक्छ, झन् यो तस्बिरमा अन्जुको नाकको नत्थी र हाथमा औठीले सबैले यो अन्जु पन्त नै भएको भन्दै हो मा हो मिलाए ! कुरा बुझ्दै जाने क्रममा, यो फोटो एउटा भारतीय ब्लग (Blog) जहाँ यस्ता अनगिन्ति तस्बिरहरु रहेको र तेही मध्ये एक रहेको प्रुस्ती भएको छ !
Anju Panta Scandal
एउटा नाम चलेको गायिकाको नाममा आएको यो एउटा फोटो त एउटा प्रतिनिधि घटना मात्र हो, एस्तो कुरामा हामी स्रोता नै चनाखो भएर सत्यतालाइ बुजेर अगाढी बढ्नु जरुरि छ कि कसो ?

गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण कार्य बागलुङमा सुरु

कविता घर्ति मगर,बागलुङ जेठ ५ -
नेपाल सरकारले सुरु गरेको गरिब घरपरिवार पहिचान तथा परिचय पत्र वितरण कार्य बागलुङमा सुरु भएको छ । जिल्लामा गरिविको रेखा मुनि रहेकालाई पहिचान गरि परिचय पत्र वितरण गर्ने उद्धेश्यले कार्यक्रम सुरु भएको हो । गरिवलाई सरकारी सुविधाको सहज पहुँच र आर्थिक स्तर बृद्धि गर्नका लागि गरिवघर परिवार पहिचान गरि परिचय पत्र वितरण हुने स्थानिय विकास अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो । गरिवि घर परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यको लागि जिल्लामा आवश्यक गणक र सुपरिवेक्षको व्यवस्था गरिएको छ भने उनिहरुलाई आज देखि ४ दिने अभिमुखि करण तालिम सुरु भएको छ । बागलुङमा आगामि ८ गते देखि गणक सुपरिवेक्षक पारिवारीक विवरण संकलनका लागि प्रत्येक गाविसमा पुग्ने स्थानिय विकास अधिकारी तथा गरिव घर परिवार पहिचान तथा परिचय पत्र वितरण व्यवस्थापन जिल्ला समन्वय समितिका संयोजक पौडेलले जानकारी दिनुभयो । गरिव घर परिवार पहिचान कार्यक्रम सम्बन्धी जानकारी दिन आज आयोजित गोष्ठीमा पहिलो चरणमा देशका २५ जिल्लामा उक्त कार्यक्रम लागु भएको जानकारी गराइएको थियो । गरिवि घर परिवार पहिचान तथा परिचय पत्र वितरणका लागि बागलुङमा १ सय ८५ गणक र सुपरिवेक्षक परिचालन हुने र १ महिना भित्र विवरण संकलनको कार्य सकिने कार्यक्रम संयोजक इश्वरी ढकालले जानकारी दिनुभयो । प्रत्येक घरमा गई पारिवारीक विवरण संकलन गर्ने र विवरणका आधारमा आगामि भदौ १ गते देखि परिचय पत्र वितरण कार्य सुरु हुने ढकालले जानकारी दिनुभयो ।

2013/05/16

देवदहमा बुद्धकालीन चाँदीका बाला भेटिए

बुटवल, जेष्ठ १ -
बुद्धको मावली क्षेत्र रुपन्देहीको भवानीपुरमा बुद्धकालीन अवशेष भेटिएका छन् । देवदह क्षेत्रअन्तर्गत भवानीपुरमा पुरातत्त्व विभागले गरेको उत्खनन क्रममा बुद्धमावली क्षेत्र प्रमाणित गर्न सघाउ पुग्ने अवशेष फेला परेका हुन् । जसमा बुद्धकालीन पर्खाल, इँटा, चाँदीका बाला, बाँसका बाला, माटाका भाँडा, पालालगायत छन् । यसैगरी बुद्ध ग्रन्थमा उल्लिखित सिन्जा राजाले राखेको जनविश्वास रहेको घोडचढी मूर्ति, स्तम्भ, ढुंगा, चाँदीका बाला पनि उत्खननमा भेटिएका छन् । मायादेवीको माइती मन्दिर बनाइएको स्थान आसपास गरिएको उत्खननमा मन्दिर निर्माणपूर्व रीपु मल्लका पालादेखिका अवशेष ढाकिएर रहेको फेला परेको छ । जसलाई बुद्धिस्टले अत्यन्त महत्त्वपूर्ण र श्रद्धाका भावले हेर्ने गर्छन् । उनका अवशेष भेटिएपछि उत्खनन टोलीले अन्य बुद्धकालीन अवशेष पनि आसपासमै रहने विश्वाससाथ उत्खननका लागि नापजाँच गरेको छ । पुरातत्त्व विभागको टोलीले करिब तीन साता अघिदेखि यहाँ उत्खनन गरिरहेको छ । विभागका अधिकृत तथा उत्खनन टोली प्रमुख प्रकाश दर्नालले भवानीपुरलगायत देवदह क्षेत्रको उत्खननले बुद्ध मावली क्षेत्र प्रमाणित गर्ने थुप्रै आधार पत्ता लागेको बताए । 'पछिल्लो समयमा उत्खनन भइरहेको भवानीपुरलगायत देवदह क्षेत्रमा भेटिएका माटाका भाँडा, बुद्धको अर्धकदको मूर्ति, इनार, इँटा, दरबारका भग्नावशेष, स्तम्भलगायतले यो क्षेत्र बुद्धक्षेत्र हो भन्ने प्रमाणित गर्न धेरै सहयोग पुग्छ ।' उनले भने, 'यस आसपासकै बुद्ध क्षेत्रमध्ये बुद्ध मावली क्षेत्रचाहिं कुन हो भन्ने छुट्याउन भने थप उत्खनन र अध्ययन गर्नुपर्छ ।'

उनले सिन्जा राजा र रीपु मल्लका पालाका अवशेष फेला परेकाले थप उत्खनन गर्दै जाँदा थप बुद्धकालीन अवशेष फेला पर्ने आशा जनाए । 'भवानीपुरकै करिब ३ बिगाहा क्षेत्रमध्ये करिब २ कट्ठामा मात्र उत्खनन गरेको र अन्य क्षेत्रमा हेर्नै बाँकी छ', उनले भने । देवदहवासीको पटकपटकको अनुरोधपछि २ वर्षअघिदेखि पुरातत्त्व विभागले यहाँ उत्खनन थालेको छ । १४ वटा बुद्धक्षेत्र रहेको देवदहमा अहिलेसम्म कन्यामाई, भवानीपुर र पण्डितपुर गरी तीन स्थानको केही भाग मात्र उत्खनन भएको छ । उत्खनन गरिएका क्षेत्रमध्ये पण्डितपुरमा थुप्रै बुद्ध अवशेष फेला परेका छन् । कन्यामाईमा पनि बुद्धकालीन लिपि, इनार, तारा मूर्तिलगायतका सामग्री भेटिएका छन् ।

'हामीले दसौं, एघारौं र बाह्रौ शताब्दीका अवशेष फेला पारेका छौं', अधिकृत दर्नालले भने । यिनको वैज्ञानिक पुष्टि, अध्ययन र अनुसन्धानपछि त्यसको पूर्ण जानाकारी हुने उनले बताए । टोलीले भेटाएका सामग्री अध्ययन तथा अनुसन्धानका लागि पुरातत्त्व विभागमै लगेको छ । अध्ययनपछि ती वस्तुलाई लुम्बिनी विकास कोषमार्फत फर्काइनेछ । देवदहमा भेटिएका वस्तु लुम्बिनीको अन्तर्राष्ट्रिय संग्रहालयमा देखाउने या देवदहमै राख्ने भन्नेबारे स्थानीयसँग छलफल गर्ने लुम्बिनी विकास कोषका पुरातत्त्व अधिकृत हिमाल उप्रेतीले बताए । उत्खनन गरिएको स्थानलाई पनि सुरक्षाका लागि भन्दै उत्खनन टोलीले पुरेर छोडेको छ ।

कालीगण्डकीमा बिमान खस्यो, ठूलो मानवीय क्षती हुन पाएन

कास्की, जेष्ठ २ -
कास्कीको पोखराबाट जोमसोमका लागि उडेको नेपाल वायुसेवा निगमको नाइन एन ए वि ओ ट्वीनअटर विमान दुर्घटना भएको छ । बिमान दुर्घटना हुँदा चालकसहित ८ जना घाइते भएका छन् । आज बिहान ८:३० बजे जोमसोम बिमानस्थलमा अवतरण भएर फर्कने क्रममा तीव्र हावाका कारण विमान कालीगण्डकीमा खस्दा दुर्घटना भएको हो । विमान खसेलगत्तै उद्धार भएको र आगलागी पनि नभएकाले मानवीय क्षति हुन नपाएको विमानस्थलले जनाएको छ । अहिले सेना प्रहरी र स्थानिय बासिन्दाले उद्धार गरिरहेका जिल्ला प्रहरी कार्यालय मुस्ताङले जानकारी दिएको छ । अवतरण गर्ने क्रममै दुर्घटना भएकाले मानवीय क्षति नभएको तर विमान चालक केही यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।एकजना पाइलट सहित ५ जनाको अवस्था गम्भीर रहेको र सबैलाई स्थानीय अस्पताल पुर्याइएको बताए । ‘अस्पतालले ५ जनालाई रेफर गरेको छ । अन्य यात्रुहरु सामान्य घाइते छन्, बोलचाल र हिड्डुल गरिरहेका छन्,’ सिग्देलले ईकान्तिपुरसंगको टेलिफोन सम्पर्कमा भने । ल्यान्ड गर्ने बेलामा बढी हावा चलेका कारण उक्त विमान दुर्घट्ना भएको अनुमान गरिएको छ ।पोखराबाट बिहान ८ बजेर १० मिनेटमा उडेको उडेको उक्त विमानमा चालक दलका ३ जना, ४/५ वर्षको एक बच्चा सहित ११ नेपाली र ८ जना जापनीज नागरिक थिए । दुर्घट्ना ८ बजेर ३३ मिनेटमा भएको हो । विमानमा १० जना नेपाली र ८ जापानी गरी १८ जना यात्रु थिए । थप उद्धारका लागि पोखराबाट अर्को विमान अहिले जोमसोम पुगिसकेको छ ।

2013/05/15

एकै मिनेटमा चौबीस बलात्कार

अमेरिकामा प्रतिमिनेट औसतमा २४ जना आफ्नो साथी वा जीवनसाथीबाट बलात्कार, शारीरिक हिंसा वा उत्पीडनको शिकार हुने गरेको पछिल्लो एक अध्ययनले देखाएको छ । अमेरिकाको रोग नियन्त्रण केन्द्र सीडीसीले गरेको सर्वेक्षणमा १.२ करोड महिला र पुरुष यौनहिंसाको शिकार भएका छन् । रिर्पोटमा घरेलु तथा यौन हिंसाविरुद्धको अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिइएको छ ।

पछिल्लो १२ महिनामा मात्र १० लाख महिला बलात्कार र बलात्कार प्रयासको शिकार भएका छन् । रिर्पोटका अनुसार ५ मा १ महिला र ७१ मा १ अमेरिकी पुरुष जीवनमा कम्तीमा एकपटक बलात्कारको शिकार हुने गरेका छन् ।

यस्तो हिंसाको शिकार भएका महिलाहरुले आफूलाई पति वा नजिकको साथीले बलात्कार गर्ने गरेको बताएका छन् भने अन्यले आफूले चिनेजानेका व्यक्तिबाटै यस्तो हुने गरेको सुनाएका छन् । अधिकतम महिलाहरु २५ वर्षको आसपासमा बलात्कृत हुने गरेका छन् भने ४२.२ प्रतिशत महिलाले १८ वर्षकै उमेरमा नै आफ्नो कुमारित्व गुमाउने गरेका छन्

2013/05/14

साउदीमा कोठामा थुनेर दुई वर्षसम्म यौन शोषण


काठमाण्डौं, वैशाख २६ -
कञ्चनपुरकी एक युवती सुन्दा पनि कहालिलाग्दो घटनाको सिकार भएकी छन् । राम्रो जागिर लगाइदिने प्रलोभनमा साउदी अरब पुर्‍याइएकी ती युवती दुई बर्षसम्म घरमालिक र उनका पाहुनाको यौन शोषणको सिकार भएकी हुन् । आफूलाई ललाईफकाई अबैध तरिकाले विदेश लग्ने बाँकेका तीन जना विरुद्ध पीडितका तर्फबाट उनकी बहिनीले मंगलबार जिल्ला अदालतमा ‘मानव बेचविखन तथा ओसारपसार’ मुद्दा दर्ता गरेकी छन् । प्रहरीले आरोपित मध्येका एक रझेना ७ का देवी सुनारलाई पक्राउ गरेको छ । बेतनी २ का अमिर उल्ला खाँ र अलि उल्ला खाँ फरार छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरक्षिक भूपाल कुमार भण्डारीले सुनारलाई पक्राउ गरिएको र अन्यको खोजी भइरहेको बताए । राजदूतावास, साउदीमा कार्यरत नेपाली तथा विभिन्न सामाजिक संघसंस्थाको पहलमा गत साता स्वदेश पर्किएकी परासन ७ धनसिंहाकी ती १८ बर्षकी युवतीले घरेलु कामदारका रुपमा गैरकानुनी तरिकाले भारतको मुम्बई हुँदै त्यहाँ पुर्‍याइए देखि उद्धार नहुन्जेलसम्म यौन शोषणको सिकार भएको बताएको खबर कान्तिपुर दैनिकले छापेको छ । दिउँसो घर मालिकले कोठामा थुनेर बाहिरबाट चाबी लगाउँथे, बयानमा उनले भनेकी छन राति ती अरबी मालिक र उनका पाहुना पासविक तरिकाले जबर्जस्ती इज्जत लुट्थे ।

कतारमा चार महिनामै ६१ नेपालीको मृत्यु

होम कार्की, दोहा वैशाख ३० -
वैदेशिक रोजगारका लागि कतार आएका ६१ नेपालीले गत चार महिनामा ज्यान गुमाएका छन् । कतारस्थित नेपाली दूतावासका अनुसार जनवरीदेखि अप्रिलसम्म उनीहरूको मृत्यु भएको हो । त्यसयता मे महिनामा मात्रै दुई जनाको ज्यान गएको छ । तिनमा बली सदा र सन्तकुमार श्रेष्ठ छन् । दूतावासका अनुसार जनवरीमा ९, फेब्रुअरीमा २०, मार्च १० र अप्रिलमा २० जना कामदारको मृत्यु भएको छ । ३१ जनाको हृदयाघात (सडेन कार्डियक एरेस्ट) बाट ज्यान गएको हो । ट्राफिक दुर्घटनमा ज्यान जानेको संख्या १० छ । अन्यको कार्यस्थल दुर्घटना, ब्रेन डेथ र उच्च रक्तचापबाट ज्यान गएको दूतावासले जनाएको छ । आत्महत्या गर्ने एक जना छन् । नेपाली कामदारमा सुतेको सुत्यै ज्यान जाने घटना सबैभन्दा धेरै छ । पहिलादेखि कुनै न कुनै रोगबाट ग्रस्त व्यक्ति सुतेको सुत्यै हुने सम्भावना बढी रहेको चिकित्सक नितेश आर्याल बताउँछन् । 'यस्ता विषयमा थप अनुसन्धान गर्न जरुरी छ,' उनी भन्छन्, 'पूर्णरूपमा स्वस्थ कामदार सुतेको सुत्यै हुँदैन ।' अर्का चिकित्सक नरेन्द्रकुमार शाक्य कामदारलाई नियमीत स्वास्थ्य जाँच, खानपानमा सजगता अपनाउनुपर्ने सुझाव दिन्छन् । यसैबीच, ओमनको बाउसरमा घरेलु कामदारमा आएकी सुनसरी, धरानकी ३५ वर्षीया प्रमिला माझी र सोहार प्रान्तमा सुदर्शन कँडेलको सडक दुर्घटनामा परी मृत्यु भएको छ । कानुनी प्रक्रिया पूरा भएपछि दुवै शव चाँडोभन्दा चाँडो स्वदेश पठाउने पहल भइरहेको साउदीस्थित नेपाली दूतावासका लागि ओमान सहयोगी दीपक श्रेष्ठले बताए । प्रमिला माझी गत ५ माघमा ओमनमा आएकी थिइन् भने कँडेल साउदीबाट कम्पनी कामका लागि त्यहाँ गएका थिए । इकान्तिपुर

कतारको जेलबाट नेपाली शिक्षक रिहा


काठमाडौँ- इस्लामको अपमान गरेको अभियोग लगाई जेल राखिएका नेपाली शिक्षक दोर्जे गुरुङलाई रिहा गरिएको दोहान्युजले जनाएको छ। उनलाई रिहा गर्न उनका साथी, सहकर्मी र विद्यार्थीहरुसहितले अन्तर्राष्ट्रिय अभियान चलाएका थिए।
'कतार एकेडेमी स्कुल'मा कार्यरत रसायनशास्त्रका शिक्षक गुरुङ लाई उनको आफ्नै विद्यार्थीले धार्मिक अनादर गरेको आरोप लगाई पक्राउ गराएका थिए।

उनी दुई वर्षदेखि कतारको विद्यालयमा पढाउँदै थिए। विद्यार्थीहरुले उनलाई ज्याकी च्यान जस्तो देखिने भनी जिस्काउने गरेको र यसै क्रममा विद्यार्थीसँग सामान्य विवाद भएको, २३ अप्रिलमा खाना खान लाग्दा एक जना विद्यार्थीले कुममा हात राखेर नाकमा औंलाले घोचिदिएपछि दोर्जेले हप्काएपछि विद्यार्थीहरुले प्रहरीमा उजुरी गरी पक्राउन लगाएको त्यहाँको मिडियाले जनाएको थियो।

उजुरीपछि विद्यालय प्रशासनले निश्कासन गरेका उनी स्वदेश फर्कने तयारी गर्दैगर्दा पक्राउ परेका थिए। उनलाई अदालतमा समेत उपस्थित गराइएको थियो। अभियोग प्रमाणित भए उनले सात वर्षसम्मको सजाय भोग्नुपर्ने हुनसक्थ्यो।
यसअघि उनले अस्ट्रेलिया, बेलायत र अमेरिकामा समेत पढाएका थिए।

आजको नेपाल बन्द फिर्ता, खुलामञ्चमा आमसभा हुने, लोकमानविरुद्ध अख्तियार अगाडि धर्ना दिइने (विज्ञप्तिसहित) !!

३० वैशाख, काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीसहितका ३३ दलले आज सोमबारका लागि आहृवान गरेको नेपाल बन्द फिर्ता लिएका छन् । आइतबार संखमूलमा बसेको ३३ दलको बैठकले नेपाल बन्दको साटो आगामी जेठ १४ गते खुल्लामञ्चमा आमसभा गर्ने निर्णय गरेको छ ।

सोमबार नेपाल बन्द गर्ने भनिएकोमा नेवार समुदायको मच्छिन्द्रनाथको रथ जात्रा परेका फिर्ता लिइएको क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव मणि थापाले अनलाइनखबरलाई जानकारी दिनुभयो । आइतबार बसेको ३३ दलको बैठकपछि औपचारिकरुपमै विज्ञप्ति जारी गर्दै बन्द फिर्ता लिएको हो । सामेबारको बन्द फिर्ता लिएर अर्को दिनलाई सारिएको नभई अन्य संघर्षका कार्यक्रम मात्रै घोषणा गरिएका छन् ।

लोकमान सिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख बनाएको विरोधमा ३३ दलले सोमबार नेपाल बन्दको आहृवान गरेका थिए । आइतबार राजधानीमा बसेको ३३ दलको बैठकले सोमबार मच्छिन्द्रनाथको रथ यात्रा परेकाले बन्द फिर्ता लिने निर्णय गरेको हो । तेत्तीस दलको आगामी संघर्षको कार्यक्रमअन्तरगत मंगलबार बिहान ९ देखि ११ बजेसम्म लोकमानसिंह कार्कीको नियक्तिको विरोधमा अख्तियारको कार्यालयमा धर्ना दिने देव गुरुङद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

त्यसैगरी जेठ १ गते मेचीकाली अभियान अन्तरगत जिल्ला सदरमुकामहरुमा सभा गर्ने, आप्रवासीलाई नागरिकता नदिलाउन खबरदारी गर्ने तथा जेठ १४ गते खुल्लामञ्चमा सभा गर्ने जनाइएको छ विज्ञप्ति हेर्नुस्

पैसा कमाउन मलेसिया पुगेका युवा घाउ लिएर फर्किए

रामचन्द्र नेपाल
२७ वैशाख, क्वालालम्पुर । वैदेशिक रोजगारी गर्न मलेसिया पुगेका तीन नेपाली युवा ११ महिनाको जेल बसाइपछि बिहीवार नेपाल र्फकेका छन् । ओखलढुंगा फेदीगोठ-५ का ४५ वर्षीय पदमवहादुर खत्री, रुकुमका २६ वर्षीय नारायण सुनुवार र लप्सीफेदी काठमाण्डौका ३३ वर्षीय अकलबहादुर बम्जन प्रवासी नेपाली समन्वय समितिको पहलमा नेपाल फर्किएका हुन् । जेलबाट छुटेका उनीहरुको शरीरभरि घाऊ पाकेको छ ।

मलेसियाको सावा जेलमा गत वर्षको जुन ७ तारिखदेखि उनीहरुले कैदी जीवन बिताउदै आएका थिए । काठमाण्डौको वालकुमारीमा रहेको इण्टर नेशनल मेनपावरले न्युनतम तलब ८ सय दिने भन्दै गार्डनर भिषामा पदमबहादुरलाई ४० हजार रुपैया लिएर मलेसिया पठाएको थियो । तर, मलेसियामा भनेको काम नदिई रुख काट्ने काममा उनलाई लगाइएको थियो । पहिलो महिना आफुले बढीमा ४ सय ७५ रिंगेटदेखि ३ सय १५ रिंगेटसम्म तलब बुझेको उनले अनलाइनखबरलाई जानकारी गराए । अर्को महिनामा काम र दाम कम्पनीले दिन छाडेेलगत्तै प्रहरीले समातेको पदमको भनाइ छ । ‘हामीलाई किन समातियो र जेल हालियो, थाहा भएन ।’ उनले भने ।

पदमसँगै काम गर्ने नारायण सुनुवारले पनि पदमले जस्तै जेल सजाय भोग्नु परेको छ । गत वर्षको अपि्रल २५ का दिन कनेक्सन मेनपावरलाई बेसिक तलव ५ सय ४६ रिंगेट पाउने शर्तमा ६० हजार रुपैया बुझाएर कार्पेन्टरको भिषामा मलेसिया पुगेका सुनुवारलाई पनि कन्ट्रयाकमा रुख काट्ने काममै लगाइएको थियो । उनले पहिलो महिनामा ५ सय र दोस्रो र तेस्रो महिनामा क्रमश दुई सय र एक सय रिगेट तलब बुझेका थिए । चौथोे महिनामा उनलाई प्रहरीले समातेको थियो ।त्यस्तै हुमन मेनपावरवाट जुलाई १ तारिखमा नर्सरीको भिषामा ६५ हजार रुपैया बुझाएर मासिक ७ सय ५० रिंगेट तलब पाउने शर्तमा मलेसिया पुगेका अकलबहादुर बम्जनलाई पनि रुख काट्ने काम लगाइएको थियो । उनले पहिलो महिनामा ५ सय २१ र दोस्रो महिनामा ३ सय ६५ मात्रै तलव बुझेको बताएका छन् । साक्षर मात्रै रहेका उनीहरुलाई किन समातिएको हो, आफुहरुले जानकारी नपाएको बताउँदै आएका छन् ।

अकलवहादुर जेलमा रहेको जानकारी मलेसियाबाटै एक नेपालीले परिवारलाई दिएका थिए । त्यस पश्चात परिवारले काठमाण्डौमा रहेको प्रवासी नेपाली समन्वय समिति -पिएन्सीसी) लाई सहयोगका लागि अनुरोध गरेका थिए । संस्थाले सावा जेलबाट परिवारमा खबर पठाउने नेपालीसँग सम्पर्क गर्दा परिवारले पचास हजार पठाए मात्र उनलाई नेपाल फर्काउन सक्ने जानकारी गराएका थिए । जेलमा रहेका नेपालीको सम्वन्धमा टिकटको व्यवस्था गर्न भनी दुतावासमा खबर भएको तर दुतावासले टिकटको व्यवस्था

गर्न नसकेको जानकारी गराएको थियो ।आप्रवासी कामदारको उद्धारमा सहयोग गर्दै आएको अन्तराष्ट्रिय आप्रवार्सी सगठनसँगको समन्वय र आर्थिक सहायतामा दुई महिनाको लामो प्रयासमा तीनै जना नेपाल र्फकन सफल भएको पिएनसीसीका कार्यक्रम संयोजक पार्वता अधिकारीले जानकारी दिइन् । बम्जनको खोजीनीति गर्दै गर्दा पदमवहादुर र नारायण सुनुवार पनि सोही जेलमा फेला परेपछि उनीहरुलाई पनि विहीबार नै नेपाल फर्काइएको थियो । पदमबहादुर र नारायण दुवैका परिवारले भने उनीहरु जेलमा परेको अवस्थादेखि काठमाडौसम्म आइसक्दासम्म कुनै खबर पाउन सकेका थिएनन् । यसरी कामदारलाई बिजोग बनाउने मेनपावरमाथि कुनै कारवाही भएको छैन ।

जेलबाट छुटेका तीनैजनाको स्वास्थ अवस्था एकदमै नाजुक देखिएको छ । जीउभरि घाउ आएर पाकेको र हिँड्न पनि नसक्ने अवस्थामा उनीहरु यतिवेला नेपाल फर्केका छन् । स्थिति हेर्दा उनीहरुको लामो र खर्चिलो उपचार गर्नुपर्ने देखिएको छ । तर, पीडितहरुका साथमा उपचारका लागि एक पैसा पनि छैन ।

घर र्फकन थाल्दा एयरपोर्ट वाटै जेलमा
तीन वर्ष काम गरेर घर र्फकन थालेका एक व्यक्ति एयरपोर्टवाटै समातिएर जेलमा जान्छन् भने कस्तो पीडा होला ? मलेसियामा यस्तै पीडा भोग्नुपरेको छ सर्लाहीका सिकिन्दर दासले । मलेसियाको तीन वर्ष करार अवधि सकेर घर र्फकन थालेको अवस्थामा अर्कैको पासपोर्ट लिएर गएको भन्दै उनलाई स्थानिय अध्यागमनले पाँच महिना अगाडि पक्राउ गरेको हो । घर जानेबेलामा उनका साथमा कम्पनीले झुक्किएर सर्लाहीकै मञ्जुर मन्सुर नामको पासपोर्ट दिएको थियो । नहेरिकन त्यही पासपोर्ट बोकेर घर र्फकन थालेको अवस्थामा उनी अध्यागमनवाटै समातिएका हुन् । हाल उनी लिम्कोन जेलमा रहेको बुझिएको छ । उनलाई नेपाल पठाउने तयारी भैरहेको नेपाली दुतावासले जनाएको छ । ‘आवश्यक कागजपत्र मगाइसकेका छौं, टिकटको पहल गरिरहेका छौं, अब उनी छिट्टै नेपाल र्फकन्छन् ।’-दूतावासका द्वीतीय सचिव दूरापता सापकोटाले भन्नुभयो ।

2013/05/08

आफ्नै दाजुले गरे ५ बर्षिया बालिका बलात्कार

१७ बैशाख, अछाम । अछाम जिल्लाको सोकट गाविस वडा नम्बर ८ मा एक बालिका बलात्कृत भएकी छन । ५ बर्षिया बालिकालाई उनका दाई नाता लाग्ने १५ बर्षिया शिव साउदले ललाई फकाई घरभन्दा टाढाको ढाउँमा लगरे बलत्कार गरेको प्रहरीले जनाएको छ ।

बलत्कार गरेपछि बालिकाले आफ्नो कान्छाबुवालायई यो कुरा भनेपछि कान्छाबुबाले ईलाका प्रहरी चौरपार्टीलाई खबर गरेपछि प्रहरीले नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय साँफेबगरमा बुझाईएको बताईएकोे छ ।
घट्नाको थप अनुसन्धानका लागि बालिकालाई पनि ईलाका प्रहरी कार्यालय साँफबगरमा ल्याईएको स्थानिय विक्रम परियारले जानकारी दिनुभयो ।

जेल भित्रै सम्भोग गर्न पाउने सम्भोग अधिकार

chennai-aunty-ready-for-sexसर्वोच्च अदालतले पति वा पत्नी जेल परे कुनै न कुनै रुपमा केही समयकै लागि भएपनि सँगै राखेर उनीहरुलाई प्रजनन अधिकार दिलाउनका लागि सम्भोग गर्न पाउने भनी फैसला गरेको छ । सर्वोच्चले यो आदेश कार्यन्वयन गर्न सरकारलाई निर्देशन दिइसकेको भएपनि त्यसलाई कार्यन्वयन गर्न ब्यबहारिक कठिनाइ देखिने सम्बन्धित निकायले बताएको छ। यही ब्यबहारिक कठिनाई देखेरै सर्वोच्चले अध्ययन समिति गठनको निर्देशन समेत दिएको छ ।
सुरक्षा ब्यबस्था र अन्तराष्ट्रिय प्राबधान हेरेर पति वा पत्नीलाई ‘पारिवारिक भेटघाट’का लागि पूर्वाधार बिकाश गर्न समेत सर्वोच्चले आदेश दिएको छ । त्यसका लागि अन्तराष्ट्रिय प्राबधानसमेत ख्याल गर्दै कारागारमै पारिवारिक भेटको सुबिधा अर्थात पति पत्नीको सम्भोगको सुबिधा हुने गरि पूर्वाधार तयार पार्न अदालतले आदेश दिएको छ । समितिले दिएको निर्देशनअनुसार प्रचलित कानुनमा समेत संसोधन गर्न सर्वोच्चले आदेश दिएको छ ।

2013/05/06

बहिनीलाई बलात्कार गरेर दाजुले बनाए गर्भवती

१७ वैशाख,एजेन्सी। मिडियामा व्यापक विरोध र विभिन्न् संघसस्थाको पहलकदमी र भारत सरकारको बलात्कार विरोधी विशेष कानुनको बाबजुत भारतमा बलात्कारको घट्ना पटक्कै थामिएको छैन् । भारतको फिल्मनगरी मुम्बईमा अर्को एउटा दर्दनाम बलात्कारको घट्ना घटेको छ।

केही समय यता मुम्बइको थाने घर भएका एक १९ वर्षिय युवकले वर्षदिन यता आफ्नै बहिनीलाई निरन्तर बलात्कार गर्दै आएका थिए। उनले घरमा आमा-बुबा नभएको समयमा १४ वर्षिय बहिनीलाई बलात्कार गर्ने गरेका थिए।

कसैलाई भने मारिदिने भनेर धम्क्याएका उनको पोल बहिनी गर्भवति भएछि खुलेको थियो। अचानक पेट दुखेपछि पिडित किशोरी अस्पताल गएकी थिइन्।


अस्पतालमा चिकित्सकले उनलाइ गर्भवती भएको बताएपछि उनका बलात्कारी दाजुको पोल खुलेको हो।
हाल यी बलात्कारी युवकलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान जारी राखेको छ।