Image Hosted by ImageShack.us

2014/01/30

मलेसियाबाट फर्केका युवकको बसमै मृत्यु

रोल्पा– काठमाडौंबाट घर बस चढेका एक युवक रोल्पा पुग्दा बसको सिटमै मृत फेला परेका छन्। वैदेशिक रोजगारीमा मलेसिया गएर स्वदेश फर्किएका बडाचौर ७ सालडाँडाका टेकमान रोका घर जान काठमाडौंबाट ना३ख ८६०६ नम्बरको रात्रिबस चढेका थिए।

उनी बसमै मृत अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक नवीनराज राईले बताए। अत्यधिक मदिरा सेवनले उनकाे मृत्यु भएको प्रहरीको अनुमान छ। मृतकको जिल्ला अस्पताल रेउघामा पोस्टमार्टम गरिएको थियो।



2014/01/19

इन्टरनेटमा कैटरीना नक्कली सेक्स भिडियो....

बलीवुड नायिका कैटरीना कैफको नामको एउटा ब्लु फिल्मले ईन्टरनेटमा तहल्का मच्याएको छ । केही दिन पहिले कैटरीनाको बैनी इजाबेलको ब्लु फिल्मले तहहल्का मच्याएको थियो । तर यो ब्लु फिल्ममा कैटरीनाले सफाई दिदै भनेकी थिइन कि यसमा देखिने केटी मेरो बैनी नभएर कोही अरु नै हुन । अहिले कैटरीना कैफ कै ब्लु फिल्म बजारमा आएको छ । ब्लु फिल्ममा कैटरीना जस्तै देखिने एउटी केटी छ । यो भिडियो ईन्टरनेटमा आएपछी मच्चिएको हल्लाले कैटरीना धेरै चिन्तामा छिन ।सबैभन्दा ज्यादा डाउनलोड: पोर्न साइटमा कैटरीना कैफको यो भिडियो सबैभन्दा धेरै सर्च गरिदै छ । साथै यो सबैभन्दा धेरै डाउनलोड गरिदै छ । यो भिडियोको नाम कैटरीना कैफ सेक्स स्कैंडल रखिएको छ । अनलाइनमा सबैभन्दा धेरै सर्च गरिने नाम अहिले कैटरीना कैफ भएको छ । पोर्न साइडमा यो भिडियो सबैभन्दा धेरै हेरिदै छ । भिडियोमा देखिने केटी एकदम कैटरीना जस्तै छिन । यसमा केटीले गर-गहना लगएकी छ र उसले बिस्तारै-बिस्तारै आफ्नो कपडा खोल्छे । यदी यो भिडियोलाई राम्रो सँग हेर्‍यो भने कैटरीना जस्तो देखिदैन तर यस कुराको अध्यान पुलिसले गर्दैछ कि ईन्टरनेटमा यो भिडियो कस्ले डाउनलोड गर्‍यो । यो भिडियो नक्कली हो: कैटरीना कैफको नजिकको सूत्रको अनुसार केही ब्यक्ती पैसा कमाउन को लागि कैटरीनाको नामको भिडियो बेच्दैछन । तर यस्तो घटिया हरकतले एउटा चर्चित नायिकाको बदनाम गर्नु हुन्न । यसरी नै कैटरीनालाई बेला बेलामा निशाना बनाउछन ।वहियात: भिडियोमा आफ्नो नाम राखेकोमा, अहिले कैटरीना रिसाएकी छिन । उनले भनिन, यो भिडियोमा देखिने केटी र मेरो अनुहार अलिकती पनि मिल्दैन तर पनि खै किन मलाई बदनाम गर्न चाहन्छन । कैटरीनाले भनिन, पहिला मेरी बैनी र अहिले मलाई निशाना बनाउदै छन तर जो होस यस्तो वाहियात हरकत गरिंदै छ यो धेरै नराम्रो हो

भाई द्वारा दिदि बलात्कार

काठमाडौँ- तिजमा दरखान माईत आएकी २१ वर्षकी चेलीलाई नाताले काकाको छोरा पर्ने भाईले जबरजस्ती करणी गरेका छन् । पेशाले मारुती भेन चालक फिदिम ४ थापाटारका बर्ष २० का मानबहादुर थापाले मंगलबार राती ८ बजे घुमाउन लाने भन्दै आफ्नो मे.१ च. १२५० नम्बरको मारुती भेनमा भारापा टाहारीको झ्यालेढुङगा भन्ने ठाँउमा लगि भेनमै राती १२ बजे सम्म पटक–पटक बलत्कार गरेको खुल्न आएको प्रहरी निरिक्षक संजिवबाबु खड्काले बताए ।

उनका अनुसार प्रहरीलाई सूचनाहुन साथ पिडित महिलाको माईतीघरमा बुधवार विहान ४ बजे प्रहरी पुगि पिडितलाई स्वास्थ्य उपचारको लागि ल्याईएको छ । पिडकलाई विहान फिदिम बजारमा उनले चलाँउदै गरेको भेन सहित प्रहरीले नियन्त्रणमा लिएको छ । खड्काका अनुसार पिडित आफैले जाहेरी दिएको र उनको स्वास्थ्य परिक्षण समेत गरिसकिएकोले बुधवारनै जिल्ला अदालत पाँचथरमा जबरजस्ती करणी र हाडनाता करणी दुवै अन्र्तगत मुद्दा दर्ता गरिने प्रहरीको भनाई छ । पिडित महिलाको झापा गरामुनी ९ मा विवाह भएको र उनी तिजको दरखान माईत आएपछि माईतमानै बस्दै आएकी हुन । उनिका श्रीमान बैदेशिक रोजगारमा खाडिमुलुक गएको बुझिएको छ ।

2014/01/14

अमेरिकी बेलुन हुम्लामा अलपत्र

 (तस्बीर: साभार-दगार्जियनडटकम)काठमाडौं : अमेरिकाको क्यालिफोर्नियाबाट सूचना संकलनका लागि उडाइएको एउटा बेलुन हुम्लाको उत्तरी क्षेत्रस्थित डाँडामा पुगेर अलपत्र परेको छ। शनिबार राति ८:४५ बजे हुम्ला पुगेको सेतो रङको अमेरिकी बेलुन नेपाल छिरेको जानकारी भारतका उड्डयन अधिकारीले नेपाली अधिकारीलाई दिएका छन्।

इन्टरनेट सर्च इन्जिन गुगलले उत्तर-पश्चिम क्षेत्रतिर उडाएको कलसाइन ४४५३ भएको उक्त बेलुन नेपालमा त्यो पनि उत्तरी हुम्लामै आएर किन रोकियो भन्नेबारे नेपालका उड्डयन अधिकारी अनभिज्ञ छन्। हल्का पारदर्शी हुने प्रविधिबाट निर्मित बेलुनभित्र कुनै मानव वा जीव नभएको सूचना नेपालले पाएको छ।

हुम्लाको सिमिकोट विमानस्थलदेखि २० किलोमिटर पूर्व र न्यारीचौरदेखि १० माइल उत्तरपूर्वमा रहेको रोडीकोट गाविसको डाँडामा बेलुन रोकिएको सूचनाका आधार खोजी गरिएको छ। 'यसबारे हामीलाई गुगलले पनि क्यालिफोर्नियाबाट खबर गर्‍यो', त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक दिनेश श्रेष्ठले सोमबार अन्नपूर्णसँग भने, 'उक्त बेलुन किन उडाइएको थियो भन्ने जानकारी भने हामीलाई दिइएको छैन।' उनले यसबारे प्रहरीलाई जानकारी दिइसकिएको बताए।

जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डीएसपी मेखबहादुर खत्रीले त्यस्तो बेलुन आएको जानकारी पाए पनि फेला पार्न नसकिएको बताए। उनले भने, 'आइतबार र सोमबार लगातार टोली पठाइयो तर न्यारीमा बेलुन फेला परेन। १५ हजार फिट उचाइमै हिउँ परेकाले त्यसभन्दा माथि जानसक्ने अवस्था छैन, खोजी जारी छ।' उनले त्रिभुवन विमानस्थलबाट प्राप्त सूचनाका आधारमै खोजी गरिएको पनि बताए।

गुगलले उक्त बेलुन आफ्नै नियन्त्रणमा उडाए पनि उडिसकेपछि रोक्न नसकेको जानकारी बेलुनले यात्रा तय गरेका अन्य देशलाई समेत दिएको महाप्रबन्धक श्रेष्ठले बताए। क्यालिफोर्नियाबाट उडेपछि अनियन्त्रित हुँदै पाकिस्तानका विभिन्न क्षेत्र घुमेको उक्त बेलुन भारतको नयाँदिल्लीस्थित विमानस्थल टावरले नियन्त्रण गर्ने क्षेत्रमा प्रवेश गरेको थियो।

यसबारे भारतका उड्डयन अधिकारीले जारी गरेको सूचनामा पश्चिमतिरबाट नयाँदिल्लीको हवाई नियन्त्रित क्षेत्रमा शनिबार बिहान ७:३० बजे प्रवेश गरी उत्तरपूर्व हुँदै भारतको उडिसाबाट नेपाल छिरेको उल्लेख छ।

५० वर्ग फिट क्षेत्रफल र एक सय ५४ पाउन्ड (करिब ७० किलो) तौलको उक्त बेलुन ६२ हजार फिटमाथिबाट उडान गर्दै हुम्लाको डाँडामा रोकिन पुगेको जानकारी विमानस्थल प्रशासनले पाएको छ। तर त्यसभित्र कुनै यन्त्रजडित भएनभएको बारे कुनै जानकारी छैन। महाप्रबन्धक श्रेष्ठले हालसम्म उक्त बेलुनले नेपाललाई हानि भने नगरेको बताए।

2014/01/10

जब कुखुराले बाघसँग टक्कर लियो…..

चिनियाँ बन्यजन्तु पार्कमा बाघ र बन कुखुराको लुकामारी उपस्थित मानिसहरुका लागि जति मनोरन्जनात्मक भयो, कुखुराका लागि भने दुःखद रहृयो ।हुन त बाघसँग जोरी खोज्नु उसको सानो साहस थिएन । हेलाङजिआङ प्रान्तको हार्बिनमा रहेको हिउँले ढाकिएको पार्कमा बाघको बथानमा उड्दै आएको कुखुराले एकछिन त छक्याएर बहादुरी नै प्रदर्शन गरेको थियो ।

तर, खेलमा अपवाद बाहेक एउटाको मात्र जित हुन्छ । यहाँ पनि त्यही भयो । कुखुरा एक बाघको पन्जामा पर्‍यो । १४ लाख ४० हजार स्वायर फिटमा फैलिएको यो पार्क साइवेरियन बाघका लागि राम्रो आश्रय स्थल मानिन्छ ।सन् १९९६ मा बनेको यो पार्कमा पाइने साइवेरियन बाघलाई बाघहरुमा पनि शक्तिशाली बाघका रुपमा हेरिन्छ ।

2014/01/09

यी घनटाउके, जसले ९ इन्चको किला ठोक्न सक्छन् निधारले हानेर

कहिलेकाहीँ चिप्लिएर लडियो वा निधार ठोक्कियो भने हामी हतार-हतार अस्पतालतिर कुद्छौं उपचारका लागि । तर, यही दुनियाँमा यस्ता पहलमान पनि छन जसले निधारले हानेर ९ इन्चको किला काठमा ठोक्न सक्छन् ।

यो कुरा तपाई-हाम्रा लागि लगभग असम्भव हो । तर, जोन फेर्रारो आफ्नो निधारले ९ इन्चको किला ठोक्ने मात्र हैन, सिक्कालाई निधारमै बङ्ग्याइदिन पनि सक्छन् ।अमेरिकाको बोष्टनका फेर्रारोले हालै आफ्नो अविश्वसनीय क्षमता प्रदर्शन गरेका छन् । तयारी, तालिम र लक्ष्यप्रतिको समर्पणकै कारण आफू यसो गर्न सफल भएको उनले बताए । दुखाई ठूलो कुरा नभएको भन्दै उनले भने-’आफूले आफैलाई विश्वास गर्नुपर्छ ।’
चिकित्सकहरुका अनुसार उनको निधारको हड्डीको मोटाई औषत मानिसहरुको भन्दा साढे दुई गुना बढी बाक्लो छ । औषत मानिसको ६.५ एमएम हुन्छ भने उनको १६ एमएम मोटो छ ।उनको हावर्ड मेडिकल स्कुलमा परीक्षण समेत गरिएको थियो । तर, उनको हड्डी बढ्ने जस्तो कुनै रोग देखिएन । यो वंशाणुगत उपहार भएको चिकित्सकले बताए ।

सुटकेशमा लुकेर अमेरिका छिर्न लागेकी महिला पक्राउ..(तस्विर सहित)

पुस,एजेन्सी । धेरै मानिसका लागि अमेरिका सपनाको देश हो । अमेरिका जान मरिहत्ते गर्ने मानिसहरु सुचि निकै छन्। यसको ताजा उदाहरण थाइल्याण्डकी एक महिला बनिन्। उनि सुटकेशको भित्र बसेर अमेरिका छिर्न लाग्दा अमेरिकी अधिकारीहरुबाट समातिइन्।मेक्सिको हुँदै अमेरिका छिर्न लागेकी थाई महिलालाई लाई सुटकेश भित्र लुकेर बसेको देखेर अमेरिकी अधिकारीहरु समेत जिल परेका थिए।सुटकेशमा उनिमाथि केही कपडा राखिएको थियो।मेक्सिकोसंग जोडिएको एरिजोनाको निगोलसबाट उनि बोर्डर पार गरेर अमेरिका छिर्न लागेकी थिइन्।अमेरिकी कस्टम तथआ बोर्डर प्रोटेक्सनका प्रवक्ता इडित सेरानोले भने-'यस्तो घट्ना हामिले कमै देख्न पाउँछौ, अधिकारीहरु निकै आश्चर्यमा परेका थिए ।'ती थाइ महिला डिसेम्वर ३० मै समातिएकी थिइन् तर यो घटना एक हप्ता पछी मात्रै सार्वजनिक गरियो।

ब्वाँसो र छेपारो खाएर १२३ वर्ष बाँचेका यी वृद्ध (फोटोफिचरसहित)

एक व्यक्ति सबैभन्दा वृद्ध ठहरिने भएका छन् । रेकर्ड अनुसार उनको अहिलेको उमेर १२३ वर्ष भएको छ ।
उनको घर घाँस र ढुंगाले बनेको क्षेत्रमा पर्दछ । उनी लेखपढ पनि गर्दैनन् । र, उनको अहिले एउटा पनि दाँत छैन । उनको नाम कारमेलो फ्लोरस लारा हो । जो बोलिभियाको एउटा निकै सानो र अलगथलग भइसकेको गाउँमा बस्छन् । उनलाई आफ्नो उमेर त याद छैन तैपनि उनलाई आफू एक सताब्दीदेखि यो क्षेत्रमा बस्दै आएको थाहा छ ।बोलिभियाको सिभिल रजिस्टारका निर्देशक युजेनियो कोनडोरी भन्छन्–जस्तो कि तपाई यो दस्तावेज पनि हेर्न सक्नुहुनेछ । यसमा कारमेलोको जन्म १६ जुलाई १८९० मा भएको हो । यो जन्म प्रमाणपत्र सन् १९४० अघि जन्मेकाहरुका लागि वैध प्रमाण मानिन्छ । किनभने यसअघि सरकारी रेकर्ड राख्ने सुविधा थिएन ।

यता किनिज बुक अफ वर्ल्ड रेकर्डमा सबैभन्दा वृद्ध व्यक्तिको रेकर्ड १२२ वर्ष ५ महिनाका एक व्यक्तिको नाममा छ। यदि बोलिभियाका अधिकारीहरुको दावी सही ठहरिए कारमेलो त्यसभन्दा उमेरदार व्यक्ति ठहरिने छन् । तर, उनले अहिले नै भने गिनिज बुककोतर्फबाट मान्यता पाइसकेका छैनन् । कारमेलोले ढुंग्यान र उबडखाबड क्षेत्रमा कठोर र कष्टपूर्ण जीवन बाँचेका छन् । तैपनि पहाडबाट निस्केको सफा र प्राकृतिक पानी पिउने गरेका छन् । र, जीवनभर भेंडाबाख्रा चराएका छन्

कारमेलो प्लोरेसका अनुसार पहाडी क्षेत्रमा हिडिरहन उनका लागि बरदान सावित भएको छ। यसका साथै भोजन पनि आम छैन । लारा भन्छन्–मैले ब्वासो खाएको छु, छेपारो खाएँ । सुगुरको मासु मलाई खुवै मन पर्छ । त्यसैलाई उनी आफ्नो दीर्घायुको कारण मान्दछन् । तर, टिटीकाका पोखरी क्षेत्रमा रहेको यो गाउँमा अहिले निकै कम मान्छे छन् । एजेन्सी

थाइल्याण्डकी यि नागकन्या हेर्नेको घुइँचो

बैङकक। थाइल्याण्डकी यि बालिका माइली फे आठ बर्षकी भइन। उनको अनुहार मात्र हेर्ने हो भने हाउभाउ सबै सामान्य लाग्छ। तर ती बालिका उनको उमेरकी सामान्य बालिका जस्तै छैनन।
आफ्नो ओच्यानमा सुतिरहेको अवस्थामा भेटिने माइली फे अरुभन्दा यसकारण पनि फरक छिन उनको शरीर सर्पको जस्तो छ। उनी पौराणिक ग्रन्थहरुमा सुनिने नागकन्या देखिने कारण पनि उनलाई हेर्नेको भीड दिनदिनै बढ्दै गएको छ। हरेक दिन उनको परिवार बस्ने घर अगाडी हजारौ मान्छे उनलाई हेर्न जम्मा हुने गरेका छन्। जम्मा भएका मान्छेहरु उनलाई छुन मरिहत्ते गर्छन नभए हेरेरै भएपनि चित्त बुझाउँछन । 

धेरै जसो हिन्दु र बुद्धिष्ट तिर्थालुहरु उनलाई हेर्न पुग्ने गरेको बताइएको छ। snakegirlथाइल्याण्डका एक डा पिङ लाओ बालिकाको तल्लो भागमा सरिसृप जस्तो हुने वरलै किसिमको रोग लागेको बताएका छन्। उनले बालिकालाई चिकित्सकको भाषामा सर्पेन्तोसिस मालियान्क्रोशिस रोग लागेको बताएका छन्। अहिलेसम्म इतिहासमै एकदुई मात्र यस्ता घटना सुनिएको उनको भनाई छ। 

यस किसिमको रोगको बारेमा मेडिकल साइन्ससँग कुनै किसिमको औषधी नभएको पनि उनले बताए। बालिकाको परिवारलाई भने यसले चिन्ता मिश्रीत कौतुहलता ल्याएको छ। बालिकालाई हेर्न नटुट्ने तिर्थालुका कारण परिवारको अवस्था भने सुध्रिएको छ। बालिकाको परिवारले उनलाई हेर्न शुल्क समेत लिन थालेका छन्।

2014/01/08

एउटि सारै राम्रि केटि थीईन, जस्लाई देखे पछि मन नपराउने कोहि थीएन!

एउटि सारै राम्रि केटि थीईन, जस्लाई देखे पछि मन नपराउने कोहि थीएन!उसको एक गरिब प्रेमि थीयो जो उसलाई धेरै माया गर्थ्यो,उनिहरु
आपसमा खुब माया अनि बिस्वास थीयो जब गरिब प्रेमि ले भेट मा भन्ने

गर्थ्यो सानु तिम्रा सारा रहर त पुरा गर्न सक्दिन तिमिलाई सुख दिन
सक्दिन, महलमा राख्न सक्दिन,
मेरो घरको झुपडि मा राख्दा यत्ति राम्रि छेउ सबैको नजर लाग्छ होला? म तिमिलाई सँधै यस्तै माया अनि जिबन भर को खुसि दिन सक्छु?
तिमिलाई त्यो भए पुग्छ? केटि मुस्कुराउथिन अनि पुग्छ भन्थिन, एक
दिन को कुरा हो त्यो केटि कुनै धनि केटाको नजर

मा परिन केटालाई केटि सारै मन पर्यो उस्ले सँधै उसको पिछा गर्न
थाल्यो पगल पन देखाउन थाल्यो म तिमि बिना बाच्न सक्दिन यस्तै यस्तै केटि उस्को ब्याबहार देखेर हैरान भई तर पनि उस्ले पागल पन देखाउन छोडेनसँधै को झनझट भन्दा माया गर्छु भनिदिन्छु कुरै खतम! केटि ले पनि म माया गर्छु भनिन, जब उनि धनि केटा संग भेट्न गईन उस्ले

हाम्रो पहिलो भेटको उपहार भनेर उनलाई सुनको सिक्रि दियो उनले
पनि स्वीकारिन दुबै खुसि का साथ पल बिताए! समय चल्दै गयो यसै गरि उनि गरिब आफ्नोप्रेमि संग
पनि मिल्न जान्थिन उनको हर पटक शरिर मा एक न एक नयाँ सामान देखेरप्रेमि ले सोध्यो सानु यस्तो महंगो सामान कस्ले दीयो? सायद म कहिले दिन

सक्दिन होला तिमिलाई! पैसाले सबै थोक किन सके पनि सुख
शानति अनि चोखोनिन्द्रा कहिल्यै किन्न सक्किन, मेरो घर मा खान लाई ढेडो पाक्छ तर पनि मिठो निन्द्रा लाग्छ सपनि देख्नलाई बिस्तारा होईन

निन्द्रा चाहिन्छ! केटि मुस्कुराउथिन मात्र समय बित्यो धनि केटाले
देखाएको माया ले गरिबको मायालाई पछाडि पार्यो उनले बिस्तारै
त्यो पुरानोप्रेमि लाई भेट्न छोडिन। त्यो धनि केटा संग उनले बिहे गर्ने भईन यो कुरा गरिब केटाले चालपायो उस्ले अन्तिम पल्ट भेट्छु भनेर बोलायो केटि गईन केटा मुस्कुराउदै

भन्यो राम्रो गरेउ तिमिले जिबन जिउनका लागि माया मात्र काफि छैन
जुन तिमि मा देख्दै छु। म तिम्रै खुसिदेख्न चाहाने मान्छे हुँ
तिमि खुसि हुनु तिमि महलमा बसेर मिठो परिकार खाउलि तर म
झुप्रो मा बसेर ढिँडो खाएर नै संतोक गर्छु

तिमि मखमलको बिस्तारामा निदाउलि म गुन्द्रिमा सुतेर नै
मिठो सपना देक्छु तिम्रो नया जिबनलाई शुभकामना। केटाले जाने बेलामा आँशु झार्यो अनि भन्यो मलाई बिर्से पनि यो आँशुलाई कैले पनि न बिर्सनु यो मेरो उपहार हो तिमिलाई गरिब संग हुने यहि एउटा मात्र अमुल्य उपहार हो लैजाउ। केटि केहि बोलिनन गईन उनको बिहे भयो पहिलेत राम्रै

थीयो केटाले पनि राम्रै गर्यो दिन बित्दै गयो केटा रक्सि पिएर दिनहु
झगडा गर्न थाल्यो तँ यस्तो उस्तो तेरो पहिलो प्रेमि संग जा यस्तै हुदो न हुदो कुरा गर्दै उस्लाई पिट्न थाल्यो। दैनिक यस्तै सहनै नसके पछि उनले

त्यो घर छोडिन अनि माईति मा बस्न लागिन अब न उनि संग रुप थीयो न जवानि नै न त ईज्जत नै सबै लटियको थीयो बल्ल उनलाई पुरानो प्रेमि ले झारेको आँशु याद आयो उसको हर कुराको याद आयो रक्सि खाएर दिन रात

कुटाई खाएर महल मा बस्नु भन्दा ढेँडो खाएर झुप्रो मा मायालुको अंगालो मा निदाउनु जातिरहेछ। उनि रुन्थिन जिबन
सहनै गरो भयो उनलाई एक दिन मर्छु भनेर उनि घर छोडेर राति नजिकै

को चौतारामा पासो लगाउन गईन उनि सबै सकेर पासोलगाउन मात्र
लागेकि थिईन कसैले सानु भनेर बोलायो उनि पछाडि फर्किन त
उनको पुरानो प्रेमि रहेछ उनलाई खपि नसक्नु भयो उस्को अंगालो मा बसेर धेरै

रोईन अनि केटाले भन्यो म तिमि पछिको दिन हरुमा सँदै यो एकान्त
चौतारा मा बसेर रात बिताउथे सुर्य उदाउदा मेरो सानु को दिन राम्रो बितोस भनेर कामना गर्थे रात पर्थ्यो मिठो सपनि को कामना गर्थे सधै तर आँशु कैले

झारिन। आज सबै दुख पाए पछि बल्ल मेरो माया को काबिल भेर आएकिछेउ अनि मेरो उपहार आँशु साथ लिएर आएकि छेउ म खुसि छु कि तिमिले मेरो उपहार फिर्ता गरेउ। मेरो झुपडि मा बसेर सपना देख्न सक्छेउ

भने,तिम्रो पेट भरिन्छ भने म तिमि संग जिबन बिताउन तयार छु। उनले पनि खुसि कासाथ उसको साथ दिईन। साँचो माया गर्ने हरु को सपना एक न एक दिन अबस्य पुरा हुन्छ ढिलो या चाडो मात्रहो आफ्नो मायामा बिस्वास गर्न अनि आफुमा बिस्वास गर्न सक्नु पर्छ होईन र मित्र हरु?माया गर्न हैन चिन्न सिकौ

2014/01/01

नेपाललाई फ्री वाइफाइ जोन बनाउन कार्यदल गठन

सूचना तथा सञ्चार मन्त्रालयले नेपाललाई निःशुल्क इन्टरनेट सेवा (फ्री वाइफाइ जोन) युक्त मुलुक बनाउन आवश्यक सम्भाव्यता अध्ययनका लागि एक कार्यदल गठन गरेको छ ।

नेपाललाई फ्री वाइफाइ जोनका रुपमा विकास गर्ने सूचना तथा सन्चारमन्त्री माधव पौडेलको घोषणाअनुरुप मन्त्रालयले सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन गरेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका सदस्य महेश अधिकारीको संयोजकत्वमा गठित कार्यदलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्राविधिक उपसचिव, राष्ट्रिय योजना आयोगका प्राविधिक उपसचिव, विज्ञान तथा प्रविधि मन्त्रालयका प्राविधिक उपसचिव, सूचना तथा सञ्चार मन्त्रालयका प्राविधिक उपसचिव र त्रिभुवन विश्वविद्यालयका सम्बन्धित विषयका विज्ञ रहेका छन् ।

मन्त्रालयका अनुसार कार्यदलको सदस्य सचिवमा नेपाल दूरसञ्चार प्राधिकरणका निर्देशक आनन्दराज खनाललाई नियुक्त गरिएको छ ।

कार्यदलले काम शुरु गरेको ३० दिनभित्र नेपाललाई फ्री वाइफाइ जोनका रुपमा विकास गर्ने सम्बन्धमा आफ्नो राय र सुझाव सहितको प्रतिवेदन पेस गर्नेछ ।

कार्यदललाई मुलुकलाई फ्री वाइफाइ जोनका रुपमा विकास गर्न सम्भाव्यता अध्ययन गरी त्यसका लागि आवश्यक पर्ने आर्थिक तथा प्राविधिक स्रोत साधनको विश्लेषणसमेत गरी आवश्यक सुझाव पेस गर्ने अधिकार दिइएको छ ।
रासस