Image Hosted by ImageShack.us

2013/07/28

रूकुममा पहिरो जाँदा पुरिएर १ को मृत्यु ३ जना घाइते

रुकुम, श्रावण १२, रुकुम जिल्लाको सिस्ने गाविस ४ भट्टेचौरमा शुक्रबार राती पहिरो गएको छ । यस पहिरोमा परी एक जनाको मृत्यु भएको बताइएको छ । यस घटनामा अन्य ३ जना मानिसहरू घाइते भएको बताइएको छ । 

यस घटनामा मृत्यु हुने तथा घाइते हुनेहरूको पहिचान हुन सकेको छैन । पहिरोका कारण यस क्षेत्रका एक दर्जन भन्दा बढि घरहरु जोखिम परेको बताइएको छ । अहिले स्थानीयबासीहरू उद्धार कार्यमा लागेका छन ।

शुक्रबार रातभरीनै गएको पहिरोको जानकारी शनिबार दिउँसो मात्र प्रहरीले थाहा पाएको बताइएको छ । शनिबार दिउसोसम्म पनि पहिरो नरोकिएको बताइएको छ ।

इलाका प्रहरी कार्यालयको एक प्रहरी टोली घटनास्थलतर्फ गैसकेको जिप्रका रुकुमले जानकारी दिएको छ । यो घटनास्थल रूकुम सदरमुकाम खलंगाबाट ३ दिनको पैदल दूरीमा पर्ने प्रहरीले जनाएको छ ।

१४ महिने बालिकालाई गाउँकै १५ बर्षीय पदम धामीले बलात्कारको गरेको खुलास

सुनिता गौतम अछामको बैद्यनाथ गाविस वडा नम्बर ७ मा एक १४ महिने बालिकालाई गाउँकै १५ बर्षीय पदम धामीले बलात्कारको प्रयास गरेको खुलेको छ । साउन ५ गते बालिकालाई बलात्कारको प्रयास गरेको घट्ना एक हप्ता पछि सार्वजनिक भएको छ ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार बालिका बिरामी भए पछि धामीले बलात्कार गर्न खोजेको बारेमा प्रत्यक्षदर्सिहरुले बालिकाको आमालाई भने पछि घट्नामा सार्वजनिक भएको हो ।युवकले पनि आफूले बलात्कार गर्न खोजेको भनेर प्रहरी समक्ष बयान दिएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।युवकलाई कारबाहीको माग गर्दै बैद्यनाथमा उजुरी दिएको बुझिएको छ ।

उजुरी लगत्तै प्रहरीले चौकीले पीडित पक्ष र पीडक दुबै पक्षलाई जिल्ला चलान गरेको छ । बालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । उनी अस्वस्थ्य रहेको पनि प्रहरीले जनाएको छ ।युवक विरुद्ध जिल्ला प्रहरीले जर्वजस्ति करणीको उद्योगमा मुद्दा दर्ता गरेको जनाएको छ । युवक प्रहरी हिरासतमा रहेका छन् । बालिका खेल्दै गरेको अवस्थामा घरबाट नै लगेर बलात्कार गर्न खोजेको अवस्थामा छिमेकीले देखे पछि युवक भागेको बताइएको छ ।

प्रहरीले उनलाई घररबाट नै नियन्त्रणमा लिएको हो । अछामममा पछिल्लो पटक सानासाना बालकालिका पनि यौन दुव्र्यवहार र बलात्कारको सिकार हुने गरेका घट्ना बढ्दै गएका छन् । केहि महिना पहिले मात्र जिल्लाको सोकटमा एक पाँच महिनाको बालिका गाउँकै
दाई नाता पर्नेबाट बलात्कृत भएको घट्नाको मुद्दा अदालतमा बिचाराधिन छ

बाबुबाटै १२ वर्षिया छोरी बलात्कृत

balatkarप्रेम सुनार/गुल्मी,श्रावण १२ देश भर अहिले बलत्कारका घटना दिन प्रतिदिन होइन, केही घण्टाको फरकमा सुनिरहेका छन् । यस्तै गुल्मीको बडागाउाका एक ब्याक्तिले आफ्नी १२ वर्षिया छोरीलाई बलत्कार गरेका छन् । बडागाउा ८ निवासी ३९ वर्षिय रामबहादुर कुमालले १२ वर्षिया छोरी सानु कुमाल नाम परिवर्तनलाई वलत्कार गरेको स्वयमले बताएकी हुन् ।

साउन १० गते दिउसो करिव २ वजेको समयमा घरमा कोहि नभएको बेला कुच्चोले दलान बढार्न लागेकी छोरीलाई समातेर भित्र लगी ढोका थुनेर झाडनले मुख थुन्दै बलत्कार गरेको उनले बताईन् । आफुलाई बेहोस हुने गरी घरमा बाबुले बलत्कार गरेको भन्दै उनले धान रोप्ने मेलामा गएकी आमासंग भने पछि आमाले वामीटक्सार प्रहरी कार्यालयमा उजुरी दिएकी थिईन् । प्रहरीले निजलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी आज शनिवार उनकी आमाबाट निज विरुद्ध किटानी जाहेरी दिएकी छिन् ।निजले पनि आफुले बलत्कार गरेको स्विकार गरेका छन् ।

‘ खै त्यस दिन के भयो मलाई त्यस्तो काम गर्न पुगे’– उनले भने । निमित्त जिल्ला प्रहरी प्रमुख प्रहरी निरक्षक निशान्त श्रीवास्तवले अनुसन्धान भई रहेको बताए । निज बालिकाको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । गरिव परिवारकी उनलाई स्थानिय अर्जुन के।सी। लगायतका गाउाबासीले १२ सय रुपैयाँ चन्दा उठाएर उजुरी दर्ता गराउन तम्घास पठाएका थिए । ति वालिका हिड्न सक्दीन् र एकहोरो टोलाएर सुति रहने गरेकी छन् ।

उनको पेन्टी रक्ताम्मे अवस्थामा देखेको बालिकाकी आमाले बताईन् । झाडनले मुख थुनेर त्यतिका बेर सम्म छोरीलाई त्यस्तो काम गरे छन् धन्न छोरीको ज्यान गएन् छ उनले भनिन् त्यो बाउ भा’को अपराधीलाई कडा कार्वाही हुनु पर्छ ।’‘म दश वजे मेलामा हिडे बाबु छोरीले मकै खोल्साउनुस भनेर हिडेकी थिए के थाह बाबुले त्यस्तो कुकर्मा गर्लान भन्ने उनले रुदै भनिन् । बालिका सानै देखि पौष्टीक आहर नपाएका कारण दुब्ली, पातली छन् । उनको शाररिक विकास पनि भएको छैन् ।

नेपाली चेली अफ्रिकामा ‘मुजुरा नाच्दै’, एक वर्षमा ६ सय ८८ हराए

१० साउन, काठमाण्डौं । अमेरिका र युरोप लैजाने सपना देखाउँदै अफि्रकालाई मानव तस्करीको ‘ट्रान्जिट’ बनाइरहेको गिरोहले ‘मुजुरा नाच’ देखाउन भन्दै अफि्रकी मुलुकहरुमा नेपाली चेली ओसार्ने क्रम बढेको छ ।

नेपालीका लागि ‘अनराइभल भिसा’ दिइने अफि्रकाका केन्या र तान्जानियामा त्यसरी ल्याइएका युवती नक्कली कागजात, ‘ओभर स्टे’ र भिसाबिहीन हुँदा जेलसम्म पुग्ने गरेका छन् । ‘केन्याको पार्कलेन भन्ने ठाउँमा डान्स रेस्टुराँमा मुजुरा नाच्ने १४ नेपाली युवतीलाई कागजातहीन अवस्थामा जेल हालिएको थाहा भयो,’ केन्यास्थित गैरआवासीय नेपाली संघ प्रतिनिधि कुलबहादुर कार्कीले भने, ‘भारतीय मूलका केन्याली रेस्टुराँ मालिकले जनही अढाई लाख रुपैयाँ धरौटी राखेपछि ती युवती जेलबाट बाहिर आएका छन् । तर काम गर्ने अनुमतिपत्र (वर्क पर्मिट) तत्काल नबनेमा उनीहरु फेरि जेल जाने अवस्था छ ।’ कार्कीसहित हालै केन्यामा नियुक्त अवैतनिक नेपाली काउन्सेलर जिम्मी आस्करले उनीहरुलाई निकाल्न पहल गरेका थिए ।

केन्याको सीमावर्ती मुलुक तान्जानियमाका डान्स रेस्टुराँमा समेत नेपाली नर्तकीको संख्या बढेको गैरआवासीय नेपाली संघका प्रतिनिधि भरत रिजालले बताएको कान्तिपुर दैनिकमा खबर छ ।
एक बर्षमा ६ सय ८८ चेली हराए
सुदूर र मध्यपश्चिमबाट एक वर्षमा ६ सय ८८ चेली हराएका छन् । आव ०६९/७० मा यी क्षेत्रबाट ६ सय ८८ महिला हराएको भन्दै खोजीका लागि माइती नेपालका नेपालगञ्ज, धनगढी र कञ्चनपुरस्थित कार्यालयमा निवेदन परेका छन् ।

सुदूरभन्दा मध्यपश्चिमबाट बढी महिला बेपत्ता भएको बिहीबार प्रकाशित कारोबार दैनिकमा खबर छ । चेलिबेटी बेचबिखनविरुद्ध काम गर्ने माइती नेपालको नेपालगञ्ज कार्यालयमा मात्रै ४ सय ८७ महिला खोजिदिन निवेदन दिइएको छ । तीमध्ये ४२ जनामात्रै फेला परेका छन् । गत आवमा ३ सय ३२ र अघिल्लो बर्ष २ सय ९५ जनाले खोजीका लागि निवेदन दिएको कायाएलय प्रमुख केशव कोइरालाले बताए ।

घाँस, दाउरा गर्न जंगल गएको बेला एक महिला लुटिइन्

रोल्पा, ६ साउन/घाँस दाउरा गर्न जङगल गएको समयमा एक महिला लुटिएकि छिन् । मिझिङ ६ कोइरालाखर्क निवासी ३५ बर्षिय ममि बुढाथोकी घाँसदाउरा लिन नजिकैको चिल्नेखोलाको जङ्गलमा गएको समयमा लुटिएकि हुन । दुई जनाको लुटेरा समुहले बुढाथोकीले लगाएको दुई तोला सुन लुटेको प्रहरीले जानकारी दिएको छ । लुटेराहरुले एउटा तिलरी, सिक्री र कानमा लगाएको रिङ लुटेको पिडित बुढाथोकीले बताएकि छिन् । यसै बिच प्रहरीले सो घटनामा संलग्न एक जनालाई खुकुरी सहित पक्राउ गरेको छ ।

दाङ बेला गाबिस ९ करङगा घर भएका २५ बर्षिय रमेश परियारलाई एक थान खुकुरी र लुटिएको तिलरी सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुलिचौरका प्रहरी निरिक्षक बिरेन्द्र बिकले जानकारी दिनुभएको छ । लुटपाटमा संलग्न अर्का एक जना फरार रहेको र खोजि कार्य जारी रहेको जिल्ला प्रहरी निरिक्षक सरोज पौडयालले बताउनुभयो । आरोपित अरेस घर भएका अनिल बिक फरार रहेको र उनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले बताएको छ ।

यसैबिच शुक्रबार दिउसो भिंग्री को सयमुरीमा जुमा रेग्मीको घरबाट करिब ३ तोला बराबरको सुनका गहना हराएका छन् । घरको तल्लो पट्टीकोठामा झोलामा राखेको सुनका गहना एक्कासी हराएपछि पिडित रेग्मीले स्थानिय मानवअधीकारकर्मी पदम पुडासैनीलाई सहयोगको लागि गुहार गरकि छिन्� । उहांले स्थानिय स्तरका सुनका गहना बनाउने पसलहरुमा त्यस्ता प्रकारका गहना बनाउन वा बेच्न आएमा आफुलाई जानकारी गराउन समेत आग्रह गर्नुभएको छ । तिजको माहोल आईरहेको बेलामा यसरी ठाउं ठाउंमा लुटपात का घटनाहरु बढीरहेका छन् ।

अब कैदी जेलबाहिर, जागिर खाँदै परिवारसँग बस्न पाउने

१० साउन, काठमाण्डौं । राम्रो आचरण भएका कैदीले जेलबाहिर गएर जागिर खान पाउने र परिवारसँगै जेलमा बस्न पाउने गरी खुला कारागार अवधारणा लागू हुने भएको छ । यो अवधारणा यसैबर्षदेखि लागू गर्न लागिएको हो ।

पाँच बर्षभन्दा लामो प्रयासपछि सरकारले यस वर्ष खुला कारागार निर्माणका लागि बजेट छुट्टयाएसँगै सरकारले सुधि्रएका कैदीलाई निगरानीमा राखेर स्वतन्त्रता दिन लागेको नयाँ पत्रिका दैनिकमा खबर छ । बजेट आएसँगै ५/६ महिनाभित्रै खुला कारारगार सञ्चालनमा ल्याइने कारारगार व्यवस्था विभागका महानिर्देशक शम्भु कोइरालाले बताए ।

तीन सयजना राख्न सकिने गरी सरकारले यसअघि नै खुला कारागार निर्माण प्रक्रिया अघि बढाइसकेको छ । बाँकेको गनाहपुर गाविसमा खुला कारागार निर्माणका लागि विभागले जग्गा समेत तय गरेको छ।

‘खुला कारारगारमा कैदीहरु परिवारसहित बस्न पाउनेछन्,’ विभागका महानिर्देशक कोइराला भन्छन्, ‘तर उनीहरुले अन्य कैदीले जस्तो राज्यबाट पाउने सुविधा पाउँदैनन् । आफै काम गर्नुपर्ने हुन्छ ।’ खुला कारागारमा दिनभर जेलबाहिर गएर बस्न सक्छन भने साँझ जेलमै र्फकनुपर्ने हुन्छ ।

2013/07/27

पोखरीमा डुबेर चार बालिकाको मृत्यु

सर्लाही, श्रावण १२ - सर्लाहीको सासापुर गाविस-६ स्थित सार्वजनिक पोखरीमा नुहाउन छिरेका चार बालिकाको शनिबार डबवेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा एकै परिवारका दुई दिदी बहिनी परेका छन् । गाई बस्तु चराउने क्रममा गर्मी भएर नुहाउन पोखरीमा पसेका उनीहरुको गहिरोमा डुवबर मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा स्थानीय १३ वर्षीया मन्तुर साह, १० बर्षीया चन्चला साह, १३ वर्षीया शिवकुमारी महतो र १२ वर्षीया पार्वती साह भएको प्रहरी नायव निरीक्षक टलकराज भण्डारीले बताए । मन्तुर र चन्चला दिदी बहिनी हुन् ।

पौडी खेल्न ६/७ जना बालबालिका पसेपनि ४ जना निस्कन नसकेपछि हल्ला भएको थियो । छिमेकी जुटेर पोखरीबाट निकाल्दा उनीहरुको मृत्यु भइसकेको थियो ।

2013/07/26

डलर ९० रुपैयाँ नाघ्यो, ११ महिनायताकै उच्च (आजको बिनिमय दर सहि

काठमाडौ, जेष्ठ १७ -
अमेरिकी डलरको मूल्य ११ महिनायताकै उच्च भएको छ । राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विनिमय दरअनुसार एक डलरका लागि ९० रुपैयाँ ०६ पैसा बुझाउनुपर्ने छ । यो दर बैंकका लागि तोकिएको हो । बैंकले सर्वसाधारणलाई उपलब्ध गराउँदा विनिमय दर योभन्दा केही माथि हुन्छ ।
०६९ साउन ११ मा प्रतिडलर विनिमय दर ९० रुपैयाँ ३० पैसा थियो । त्यसपछि क्रमशः डलरको मूल्य कम भयो । यो अवधिमा डलरले न्यूनतम ८४ रुपैयाँसम्म छोएको थियो । तर पछिल्लो एक महिनादेखि डलर बढ्न 
थालेको हो ।

नेपाली रुपैयाँको भारतीय मुद्रासँग स्थिर विनिमय दर तोकिएको छ । भारतमा डलरको मूल्य बढेपछि त्यहीअनुसार नेपालमा पनि बढेको हो । सामान्यता डलरको सुनको मूल्य विपरीत हुने गर्छ । डलरको मूल्य बढ्दा सुन घट्ने र सुनको बढ्दा डलरको घट्ने क्रम देखिन्छ । पछिल्लो समय बजारमा सुनको मूल्य घट्ने क्रममा छ ।

डलर महँगो हुँदा अर्थतन्त्रमा सकारात्मक र नकारात्मक दुवै असर देखिन्छ । निर्यातभन्दा बढी आयात गर्ने मुलुकमा यसको बढी नकारात्मक असर देखिन्छ । डलरको मूल्य बढ्दा आयातित सामानको भाउ बढेर मूल्य वृद्धिमा चाप पर्छ । तर बढेको मूल्यको असर देखिन भने केही महिना लाग्छ । डलरको मूल्यले तेस्रो मुलुकबाट आयात हुने तयारी उपभोग्य वस्तुसँगै उद्योगको कच्चा पदार्थ पनि महँगिन्छ । भारतमा पनि डलरका कारण महँगी बढ्छ र त्यसले नेपालमा आउने सामानलाई असर गर्छ । समग्रमा डलर बढ्दा नेपाल आयात हुने सबै वस्तुको मूल्य बढ्छ । यसका साथै सरकारले डलरमा लिएको ऋणको व्ययभार पनि बढ्छ ।

निर्यात गर्ने उद्योग गार्मेन्ट, गलैंचा, हस्तकला, चिया, कफीलगायतलाई डलरको मूल्य बढ्दा फाइदा छ । तेस्रो मुलुकमा निर्यात गर्दाबढी मूल्य पाइने सम्भावना हुन्छ । यसका साथै स्वदेशी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता पनि बढ्छ । विदेशबाट आउने रेमिट्यान्स पनि डलरको मूल्यसँगै बढ्ने गर्छ । विनिमय दर बढी भएको समय पैसा पठाउँदा फाइदा हुने भएकाले यस्तो प्रवृत्ति देखिन्छ । हेर्नुहोस् आजको बिनिमय दर

2013/07/20

होसियार, पोर्न फिल्महरू हेर्नाले नामर्द भइएला !

होसियार, पोर्न फिल्महरू हेर्नाले नामर्द भइएला !श्रावण ५, यदि तपाइँ पोर्न फिल्महरू हेर्नुहुन्छ भने, सावधान हुनुपर्ने भएको छ । हजुर हालै गरिएको एक सर्भेमा देखिए अनुसार पोर्न फिल्महरू हेर्नाले मानिसलाइ यसको लत नै लाग्ने गरेको पाइएको छ । यसरी तपाइँ दैनिक रूपमा पोर्न फिल्महरू हेर्न थाल्नु हुन्छ, जसले पुरूषहरूलाइ मानसिक र शारीरिक रूपबाट समेत नाकारात्मक प्रभाव पार्ने गर्दछ । यसका साथै बेडमा गएपछि उनीहरूको परफर्मेन्स पनि नकारात्मक हुने गर्दछ ।
सर्भेका अनुसार, अनलाइन पोर्न फिल्महरू हेर्ने पुरुषहरू धेरै उत्तेजित हुने गरेका कारण उनीहरूको सामान्य सेक्सुअल एक्टिभि‌टी समेत प्रभावित हुने गर्दछ । जसको कारण उनीहरू सामान्य रूपबाट उत्तेजित हुनमा पनि समस्या आउने गरेको देखिएको छ । यसको कारण के भने पोर्न हेर्नाले दिमागको सेन्टरमा हुने न्यूरोट्रान्समीटर कमजोर हुने गर्दछ, जसको कारणले प्यारडाक्सिकलमा प्रभाव पर्दछ । यसले तपाइँको दिमागले सामान्य प्रतिक्रियाहरू पनि दिन सक्दैन ।

एक सेक्सोलोजिस्टले बताए अनुसार पोर्नोग्राफीबाट रोमान्स र प्लेजरमा कमी आउने गर्दछ, किनभने पोर्न नेचुरल सेक्स हैन । यसैले जो मानिसहरू यस कुरालाइ बास्तविक जिवनमा अपनाउँदछन, उनीहरू सेक्सबाट असन्तुष्ट हुने गर्दछन । पोर्नको लतको शिकार मानिसहरूले पोर्न सामग्री हेर्न बाट बच्नु पर्दछ । अथवा कुनै डक्टरको मद्दतले यस लतबाट छुटकारा पाउनु आवश्यक देखिएको छ ।

सामसुङद्वारा ग्यालेक्सी ट्याब-3 सार्वजनिक

सामसुङद्वारा ग्यालेक्सी ट्याब-3 सार्वजनिकश्रावण ५, इलेक्ट्रोनिक उपकरण बनाउने कोरियाली कम्पनी सामसुङले आफ्नो बहु्प्रतीक्षित ट्याबलेट-ग्यालेक्सी ट्याब-3 सार्वजनिक गरेको छ । जुन अबको साताबाट बिक्रीका लागी स्टोर्सहरूमा उपलब्ध हुने बताइएको छ । कम्पनीले यस ट्याबलेटलाइ दुइ संस्करण भ्वाइस एण्ड डाटा र वाईफाई पेश गरेको छ ।

ग्यालेक्सी ट्याब-3 (311) मा 8 इन्चको स्क्रीन रहेको छ । यो ट्याबलेटमा नवीनतम एन्ड्रोइड जेलीबीन 4.2 अपरेटिङ सिस्टम रहेको छ । यसमा 1.5 गीगाहर्ट्‍ज को डुअल कोर प्रोसेसर लगाइएको छ । ट्याबलेटमा 16 जीबी को आन्तरिक मेमोरी छ जसलाइ एक माइक्रो एसडी कार्डको प्रयोग गरि 64 जीबी सम्म बढाउन सकिन्छ । कम्पनीले यस ग्यालेक्सी ट्याब-3 (311) को मूल्य ४१००० रूपैया राखेको छ । त्यसैगरि वाई-फाई संस्करणको मूल्य भने ६७००० रूपैयाँमा उपलब्ध हुने बताइएको छ ।


2013/07/17

मृगौलापीडित निर्देशक भन्छन्- 'चलचित्र क्षेत्रबाहेकको सहयोग लिन्नँ'

shiva regmi
काठमाडौं, श्रावण २ - दुवै मृगौलाले काम गर्न छोडेपछि मृगौला प्रत्यारोपण गर्ने तयारीमा रहेका निर्माता/निर्देशक शिव रेग्मीले फिल्म क्षेत्रबाहेकको सहयोग स्वीकार नगर्ने बताएका छन् ।
सेलिब्रेटी भएका नाताले उनलाई उपाचारार्थ सहयोग गर्न ब्यक्तिगत रुपमा सहयोगी हात आए पनि उनले स्वीकारेका छैनन् । 'हाम्रो परिवारभित्र (चलचित्र क्षेत्र) का संघ संस्थाबाट तथा संस्थागत रुपमा सहयोग गर्न चाहनु हुन्छ भने अवश्य तयार छु,' चलचित्र पत्रकार संघका पदाधिकारीसँग बुधबार उनले भने, 'तर ब्यक्तिगत रुपमा आएको सहयोगचाहिा म स्वीकार्न सक्दिन ।'
रेग्मीलाई बुधबार नै चलचित्र पत्रकार संघले सम्मानस्वरुप ५० हजार रुपियाँ हस्तान्तरण गरेको छ ।
उनको स्वास्थ्योपचारमा सहयोग पुर्‍याउन न्यूज फिल्मीका पत्रकार अनुप भट्टराईले संकलन गरेको रकम अनामनगरस्थित उनकै निवासमा संघमार्फत रेग्मीलाई हस्तान्तरण गरिएको हो ।
संघका अध्यक्ष विदुर गिरीको नेतृत्वमा गएको संघको टोलीले रेग्मीको स्वास्थ्य अवस्थाका बारेमा जानकारीसमेत लिएको थियो । चिकित्सा क्षेत्रका छोराछोरी भएका कारण घरमै दैनिक आठ घण्टाको अन्तरमा डाइलसिस -शरीरमा अनावश्यक रहेको पानीलाई कृत्रिम तरिकाले फ्याल्ने काम) गरिरहेका उनलाई उनकै कान्छा भाइ सरोज रेग्मीले एउटा मृगौला दिंदैछन् ।
मृगौलामा समस्या देखिएपछि गत फाल्गुन २३ गतेदेखि उनको दैनिकी अस्पताल र घरमा मात्र सीमित भएको छ ।
यूकेमा रहेकी रेग्मीकी शुभचिन्तक तथा प्रशंसक ईशा गुरुङले बिरामी निर्देशकको उपचारका लागि उपलब्ध गराएको रकम उनलाई हस्तान्तरण गरिएको हो ।

2013/07/03

बस दुर्घटनामा १७ जना गम्भीर घाइते

हेटौँडा, असार १९ - काठमाडौँबाट जनकपुरतर्फ गइरहेको ना३ख ६०५५ नं को यात्रुबस हेटौँडा–नारायणघाट सडकखण्डको ज्यामिरेमा आज बिहान २ बजे अनियन्त्रित भई सडकमा पल्टिँदा १७ जना यात्रु गम्भीर घाइते भएका छन् । घाइतेको चितवन जिल्लाको शिक्षण अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
उक्त बसका तीन यात्रु हेटौँडा अस्पतालमा सामान्य उपचार गराई घर फर्किएको जिल्ला प्रहरीको नियन्त्रण कक्षले जनाएको छ ।
बसका चालक र सहचालक दुर्घटनालगत्तै फरार भएकाले प्रहरीले उनीहरूको खोजी गरिरहेको मनहरि इलाका प्रहरी कार्यालयले जनाएको छ ।

पोलबाट खसेर मृत्यु

बैतडी, असार १९ - विद्युत लाईन मर्मतमा गएका कर्मचारीको पोलबाट खसेर मृत्यु भएको छ ।
दुर्गाभवानी-७ का मिठ्ठु लावडको बुधबार दिउँसो घर नजिकैको पोलमा लाइन मर्मत गर्दा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । लावड नेपाल विद्युत प्राधिकरणको बैतडी वितरण केन्द्रमा कार्यरत थिए ।