Image Hosted by ImageShack.us

2016/04/08

उपचार अभावमा दुई वर्षमा ६ को अकाल मृत्यु

चैत्र २६, २०७२- नगरपालिका भन्नेवित्तिकै स्वास्थ्य, शिक्षा, सडकलगायत पूर्वाधार पुगेको ठाउँ भन्ने आम बुझाइ छ । तर, जयपृथ्वी नगरपालिकाका मयाना र सुइल गाउँका बासिन्दाले सामान्य औषधि उपचारका लागि पनि आठ घण्टा हिँड्नुपर्ने बाध्यता छ ।
नजिकै स्वास्थ्य चौकी छैन । दुई सय पाँच परिवारका एक हजार तीन सयभन्दा बढीको बसोबास छ । उपचार अभावमा दुई वर्षयता गाउँका गर्भवती महिला र बालबालिका गरी ६ जनाले ज्यान गुमाइसकेको स्थानीयवासी बताउँछन् ।
गत जेठमा सुत्केरीपछि अत्यधिक रक्तस्राव भएकी ३० वर्षीया जानुदेवी बोहरालाई सदरमुकाम ल्याउँदै गर्दा बाटोमै ज्यान गयो । सोही महिना २८ वर्षीया सन्जादेवी जेठाराको साल अडकियो । उनले पनि बोहराकै नियति भोग्नुपर्‍यो ।
२०७१ वैशाखमा मयानाकी २६ वर्षीया बासमतीदेवी धामी र मंसिरमा ३५ वर्षीया वसन्तीदेवी धामीको अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भयो । बास्मतीको पेटमा शिशु उल्टो परेको र वसन्तीको साल अडकिएको स्थानीय जयबहादुर धामीले बताए ।
उनले समयमै उपचार नपाउँदा १२ वर्षीया वीरेन्द्र धामी र ९ वर्षीया सरोज धामीको पनि ज्यान गएको बताए । नजिक उपचारको व्यवस्था नभएका कारण ज्वरो आउँदा गाउँमै जडिबुटी र धामीझाँक्री गरेका यी दुवै बालकको टाइफाइडका कारण मृत्यु भएको थियो ।
गाउँमै स्वास्थ्य चौकी नभएका कारण स्थानीयवासीले सदरमुकाम चैनपुरस्थित स्वास्थ्य चौकी र जिल्ला अस्पताल सिमखेत धाउनुपर्ने भएकाले धेरैले सामान्य बिरामीको उपचार नै नगर्ने र बिरामी बढी भएमा गाउँमै धामीझाँक्रीको भर पर्ने गरेको महिला स्वास्थ्य स्वयंसेविका गुनमति धामीले बताइन् ।
‘चार घण्टा जान र चार घण्टा फर्किन समय लाग्छ, सदरमुकाम जाँदा केही नभए ५/७ सय खर्च पनि हुन्छ,’ उनले भनिन्, ‘त्यही भएर धेरैजसोले सामान्य बिरामी हुँदा उपचार नै गर्दैनन् ।’ उनले बिरामी लिएर गएमा एक दिनमा फर्किन नसक्ने र उतै बस्नु पर्दा सामान्य बिरामीका लागि पनि हजारौं खर्च गर्नुपर्ने बाध्यता रहेको बताइन् ।
‘एक चक्की सिटामोलका लागि पनि हामीले ८ घण्टा हिँड्नुपर्छ,’ मयानाका डबलबहादुर धामीले भने, ‘नगरपालिकाका बासिन्दा भनेर के गर्नु हजुर, सामान्य ज्वरो आउँदा दुई दिन सदरमुकाम बस्नुपर्छ ।’ चैनपुरस्थित स्वास्थ्य चौकी मयानामा सारेर सेवा दिनुपर्ने स्थानीयवासीको माग छ । पटकपटक नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय धाइसकेका छन् ।
सुइल मयानामा बडास्तरीय स्वास्थ्य केन्द्र स्थापनाका लागि जिविस मार्फत स्वास्थ्य मन्त्रालयमा सिफारिस गरिए पनि स्वीकृत भएर नआएको जयपृथ्वी नगरपालिकाका निमित्त कार्यकारी अधिकृत पूर्णबहादुर खडकाले बताए ।


http://bit.ly/1MiS8oY

2016/04/05

खाना पकाउने ग्यास आयात गर्न नेपाल आयल निगमले ५० बुलेट थप्ने भएको छ

खाना पकाउने ग्यास आयात गर्न नेपाल आयल निगमले ५० बुलेट थप्ने भएको छ । नाकाबन्दी खुलेको दुई महिना बित्दा ग्यास अभाव कायमै रहेपछि आपूर्ति बढाउन तत्काल बुलेट थप्ने निर्णयमा कम्पनी पुगको हो ।
निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार अप्रिल महिनाका लागि भारतीय आयल कर्पोरेसन्स (आईओसी) सँग करिब ४० हजार टन ग्यास माग गरिएको छ । ती ग्यास ढुवानी गर्नका लागि पनि बुलेट थप्न लागिएको हो । अहिले ग्यासको मासिक कोटा करिब ३० हजार टन तोकिएको छ ।
‘अप्रिल महिनामा करिब ४० हजार टन माग गरेका छौं, अहिलेकै बुलेटबाट सबै ल्याउन समय लाग्न सक्छ,’ निगमका प्रवक्ता घिमिरेले भने, ‘थप ग्यास आयात गर्न तत्काल थप ५० वटा बुलेट थप्ने तयारी छ ।’ निगमका अनुसार राम बात्राले ३५ र सतीश शर्माले १५ बटा बुलेट दिने लागेको हुन् ।
दुवै भारतीय ट्रान्सपोर्टर हुन् । निगमका अनुसार अहिले ५ सय २३ वटा मात्रै बुलेट छन् । तीमध्ये करिब १० प्रतिशत बिग्रेका र प्रयोगविहीन छन् । ती बुलेटबाट मासिक करिब ३० हजार टन मात्रै ग्यास आयात गर्न सकिन्छ । जसले गर्दा बुलेट थप्न आवश्यक रहेको व्यवसायीको दाबी छ ।
‘बरौनीमा ग्यास लोड भएको करिब एक सातामा काठमाडौं आइपुग्छ, अहिले भएको बुलेटले करिब ३० हजार टन मात्रै आयात गर्न सक्छन्,’ एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेले भने, ‘ग्यासको कोटा बढे बुलेटको संख्या पनि बढाउन आवश्यक छ ।’
एक बुलेटमा १८ टन ग्यास हुन्छ । त्यसबाट साढे १२ सय सिलिन्डर ग्यास हुन्छ । ग्यास ढुवानी गर्नुपरे व्यवसायीले भारतको ट्रान्सपोर्टरमार्फत बुलेट भाडामा लिन्छन् । यस्तो क्रम ४० वर्षदेखि जारी छ । व्यवसायीका अनुसार भारतका ७ वटा ट्रान्सपोर्टरबाट भाडामा लिएर ग्यास ढुवानी हुन्छ ।
निगमका अनुसार ढुवानीमा कुनै समस्या नभएकाले अप्रिलमा कोटाभन्दा बढी आयात गर्ने आयोजना छ । ‘ग्यासको कोटा ३० हजार टन हुँदा करिब २८ हजारसम्म आयात भएको छ, आईओसीले ४० हजार टन ग्यास दिए करिब ३५ देखि ३६ हजार टन आयात गर्न सकिन्छ,’ प्रवक्ता घिमिरेले भने, ‘यसले बजार व्यवस्थापनमा केही सहज होला ।’
आफ्नै बुलेट नहुँदा भारतीय ट्रान्सपोर्टरको दु:ख सास्ती भने खेप्नुपरेको छ । ट्रान्सपोर्टरको दु:ख सास्ती र ढुवानीबाट अर्बौं रुपैयाँ बाहिरिन थालेपछि निगमले ग्यास कम्पनीलाई ग्यास बुलेट खरिद गर्न स्वीकृतिसमेत दिएको छ ।
प्रवक्ता घिमिरेका अनुसार व्यवसायीहरूलाई ४ सय ५० बटा बुलेट बनाउन स्वीकृति दिइएको छ । कुन/कुन उद्योग र कति परिमाणमा बनाउनका लागि संघलाई जिम्मा दिएको निगमले जनाएको छ ।
संघका अध्यक्ष घिमिरेले कम्पनी छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको बताए । ‘मुलुकमा ४ सय ५० वटा बुलेट भए ढुवानीका लागि पर्याप्त हुन्छ, सरकारको अनुमतिअनुसार संघले सोहीअनुसार तयारी गरेको छ,’ उनले भने ।
ती बुलेटहरू भारत र चीनबाट ल्याइने उनले बताए । शिव घिमिरेका अनुसार एउटा बुलेट बनाउँदा करिब एक करोड रुपैयाँ लाग्छ । सरकारले भन्सार छुट दिए करिब ७० लाख रुपैयाँ जतिमा तयार हुन्छ ।
बुलेट खरिद प्रक्रिया उद्योगकै लागि भएकाले सरकारले भन्सार छुट दिनुपर्ने उद्योगीहरूको माग छ । ‘छुटका लागि आपूर्ति मन्त्रालय र निगममार्फत अर्थ मन्त्रालयमा पत्रचार गरेका छौं,’ अध्यक्ष घिमिरेले भने, ‘अर्थले छुट दिएलगत्तै काम सुरु गर्छांै ।’ यस्तै भारतबाट मागअनुसार ग्यास आयत हुन नसकेपछि सरकारले तेस्रो मुलुकबाट पनि ल्याउने गृहकार्य गरेको छ ।

मन्त्रालयका अनुसार ग्यासको माग बर्सेनि १३ देखि १५ प्रतिशतले बढेको छ । सोहीअनुसार भारतीय आयल कर्पोरेसन्स (आईओसी) ले ग्यास दिन नसकेपछि तेस्रो मुलुकबाट ल्याउने तयारी गरेको हो । तेस्रो मुलुकबाट ग्यास आयात गर्दा पनि बुलेट थप्न आवश्यक रहेको अध्यक्ष घिमिरेको भनाइ छ ।

पौडेलको प्रस्तावक प्रकाशमान, समर्थक शशांक कोइराला



http://bit.ly/1V5XLsV

कालाबजारी र तस्करीलाई सरकारले बढवा दियो: कांग्रेस



http://bit.ly/1ov84sr

परीक्षाकेन्द्रमै स्लाइन र अक्सिजन लिएर एसएलसी दिँदै विद्यार्थी

भुषण यादव, वीरगन्ज
चैत्र २३, २०७२- पर्साको निर्मलबस्तीस्थित नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय केन्द्रमा एसएलसी दिइरहेका विद्यार्थी बिरामी परेका छन् ।
परीक्षास्थलमै स्लाइन र अक्सिजन लगाएर उनीहरुले परीक्षा दिइरहेका छन् । मगंलबार ६ जना छात्र/छात्रा बिरामी परेका छन् । सोमबार ७ जना बिरामी परेका थिए । आज जिल्ला शिक्षा अधिकारी रामविनय कुमार सिंह, जनस्वास्थ्य र चिकित्सकको टोली केन्द्रमा पुगेका छन् ।
विद्यार्थीमा पेट दुख्ने, सास रोकिने, ब्लड प्रेसर कमको समस्या देखिएको छ । परीक्षाको बेला त्रास र तनावमा रहेका विद्यार्थी बिहान खाली पेट परीक्षा दिन आउँदा बिरामी परेको डा. जावेद अख्तरले बताए । परीक्षा कोठामा क्रस भेन्टिलेसन पनि छैन् ।
सदरमुकाम वीरगन्जबाट करिब ४२ किलोमिटर दुरिमा रहेको केन्द्रमा ३ विद्यालयका २ सय ४० जना विद्यार्थीले एसएलसी दिइरहेका छन् ।
तस्बिरहरुः भुषण यादव
प्रकाशित: चैत्र २३, २०७२


http://bit.ly/1V5Va2n

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी संसदीय

काठमाडौं
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी संसदीय दलको नेतामा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । सिंहदरबारस्थित दलको कार्यालयमा उनले दर्ता गरेको उम्मेदवारीमा प्रस्तावक फर्मुल्लाह मन्सुर छन् भने समर्थक पद्मनारायण चौधरी छन् ।

मन्सुर सभापति निर्वाचनको मुखमा देउवा पक्षमा लागेका नेता हुन् भने चौधरी सभापति निर्वाचनमा नेता रामचन्द्र पौडेल पक्षमा थिए ।

दलको नेताका लागि नेता पौडेलले पनि केही बेरमा उम्मेदवारी दर्ता गराउँदैछन् ।

दलको नेताको निर्वाचन भोलि हुँदैछ ।

2016/04/04

Nepali Congress (NC) has amended its Parliamentary Party

Kathmandu
The largest party in Legislature-Parliament, Nepali Congress (NC) has amended its Parliamentary Party statute.
At a meeting held at Naya  Baneshwor in Kathmandu on Monday, NC chief whip Chin Kaji Shrestha tabled the proposal . The meeting was presided over by Kulbahadur Gurung as the senior-most member of the party.
The Parliamentary Party statute has amended certain terminologies. The term Interim Constitution 2063 has been replaced by Constitution, Constituent Assembly has been replaced by Legislature Parliament, and 5 development regions has been changed by 7 federal states.
NC is preparing to hold its elections to the post of PP leader as the position remained vacant following the demise of NC President Sushil Koirala. The elections to the post of PP leader are scheduled for April 6 and the election to NC PP committee will take place on April 8.
It has been learnt that NC President Sher Bahadur Deuba and senior leader Ram Chandra Poudel are vying for the post of PP leader.

Meanwhile, the NC leaders at the meeting of the parliamentary party committee today said that the proposal to amend the statute will be sent to the party central working committee meeting to be held today itself for approval. 

Nepal earthquake child survivors 'being sold' in UK as domestic slaves

गत वैशाख १२ को ७.६ रेक्टर स्केलको शक्तिशाली गोरखा भूकम्पपछि नेपाल प्रतिदिन सरदर ४० वटा परकम्प जाने गरेका छन् ।
उक्त भूकम्पपछि परकम्प जाने क्रम जारी छ । हालसम्म ४ रेक्टर स्केलभन्दा माथिका ४४५ परकम्प गएका छन् । अहिले दैनिक ४ रेक्टर मुनिका सरदर ४० वटासम्म भूकम्प गइरहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
त्यसो त, वैशाख १२ को भूकम्पअघि पनि नेपालमा दिनहुँ ४ रेक्टर मुनिका १२ देखि १५ वटा भूकम्प गइरहेका हुन्थे । यद्यपि तिनको अभिलेख राखिन्नथ्यो ।
ठूलो भूकम्पपछि परकम्प आउनेक्रम जारी रहेको र अहिले पनि दैनिक ३० देखि ४० वटासम्म भूकम्प गइरहेको केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताए ।  
'वैशाख १२ को ७.६ रेक्टरको भूकम्पपछि हालसम्म गइरहेका परकम्प भनिए पनि भूकम्प नै हो,' उनले भने ।  
गोरखा भूकम्पपछि सुरुको एक महिनासम्म दिनमै ४ रेक्टर स्केलभन्दा मुनिका एक हजार ३०० सम्म भूकम्प (परकम्प) गएका थिए भने लामो समयसम्म दैनिक ५०० वटा भूकम्प गएका थिए ।
पछिल्लो समय परकम्प कम हुँदै गएको छ । ठूलो भूकम्प गएपछिको अवस्थामा लामो समयसम्म परकम्प नगएमा ठूलो भूकम्प जाने खतरा भएकाले परकम्प समय समयमा गएकै राम्रो हुने विज्ञहरु बताउँछन् ।
केन्द्रको विवरणअनुसार वैशाख १२ को भूकम्पअघिका वर्षहरुमा ४ रेक्टर स्केलभन्दा माथिका वार्षिक २५ देखि ६० वटा भूकम्प गएका थिए ।
यसैबीच आज बिहान ९ बजेर ४० मिनेट जाँदा बाजुरा केन्द्रविन्दु भएर ४.३ रेक्टर स्केलको अर्को भूकम्प गएको केन्द्रले जनाएको छ ।

कांग्रेस संसदीय दलको विधान स‌ंशोधन

कांग्रेस संसदीय दलको संसद भवन, नयाँ बानेश्वरमा बसेको बैठक संसदीय दलको विधान संशोधन गर्ने प्रस्ताव पारित गर्दै सकिएको छ ।

बैठकमा प्रमुख सचेत चिनाकाजी श्रेष्ठले विधान संशोधनको प्रस्ताव प्रस्तुत गरेका थिए भने बैठकको अध्यक्षता जेष्ठ सदस्यको हैसियतमा कुलबहादुर गुरुङले गरेका थिए ।

विधानमा संशोधनमा विशेषगरी अन्तरिम संविधान–२०६३ को सट्टा संविधान, संविधानसभाको सट्टा व्यवस्थापिकका संसद, ५ विकास क्षेत्रको सट्ट ७ प्रदेशलगायतका शब्दमा परिमार्जन भएको छ । त्यस्तै समावेसी समुहबाट निर्वाचित भएका १५ जना सदस्य हुने र पहिले ६ जना मनोनयन हुनेमा ९ जना हुने व्यवस्था गरिएको छ ।

अब केही बेरमा कांग्रेसको केन्द्रिय समितिको बैठक पनि संसद भवन मै बस्दै छ र सो बैठकले संसदीय दलले पारित गरेको विधान संशोधनलाई अनुमोदन गर्ने छ ।

बैठकले चैत २४ गते संसदीय दलको नेता र २६ गते संसदीय कार्यसमितिको निर्वाचन गर्ने पनि निर्णय गरेको छ । दलको नेताको निर्वाचनमा सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पाैडेल उम्मेदवार बन्ने करिब निश्चित छ ।c