Image Hosted by ImageShack.us

2013/01/30

१ घण्टा भित्र ४३१ किलो मिटर चल्ने बुगत्ति वेयरों कार { फोटो }




क्या तुमने कभी एक Bugatti ब्रोशर के माध्यम से leafing किया गया है और सोचा था कि "मैं चाहता हूँ वहाँ एक कार है जो अधिक से अधिक महंगा था, लेकिन धीमी की तुलना में, एक वेरॉन?" नहीं, न तो हम.
लेकिन (वैसे infinitesimally छोटे) बंद मौका है कि इस तरह के एक सोचा था कि अपने मन में प्रवेश किया है, हम आप के लिए खबर के दो टुकड़े है. एक, आप पूरी तरह से, असाध्य पागल हो, और दो​​, तुम्हारी प्रार्थना का जवाब दिया गया है.
यह LykanHypersport, एक £ 2.2m लेबनान hypercar है जो दुनिया की सबसे महंगी कार बन सकता है जब यह कतर मोटर में प्रदर्शन पर चला जाता है इस सप्ताह शो के लिए सेट कर दिया जाता है है.
एक अपवित्र लेक्सस LFA और ऑडी R8 mish मैश जो स्पष्ट रूप से सीधे लाइनों के लिए एक FETISH के साथ एक आदमी के द्वारा बनाया गया था - के रूप में आप तस्वीरों से देख सकते हैं, LykanHypersport 
एक unprepossessing बात है.



कार कोणीय bodywork के नीचे आप एक मध्य घुड़सवार जुड़वां टर्बो इंजन फ्लैट छह जो 750bhp विकसित खोजने हूँ. यह 2.7 सेकंड में 62mph करने LykanHypersport रॉकेट करने के लिए पर्याप्त है (इसके विपरीत, यह काफी सस्ता वेरॉन 2.5 सेकंड में प्रबंधन) और पर 242mph के एक शीर्ष गति (25mph Bugatti की तुलना में धीमी).
लेकिन प्रदर्शन के आंकड़े केवल आधी कहानी बताओ, है LykanHypersport अपील / अपील की कमी के रूप में लागू हटाने के लिए रहस्य के रूप में विवरण में निहित है. अंदर पर, आप एक 3 डी holographic डैशबोर्ड प्रदर्शन और सीटें जो कर रहे हैं चमड़े मिलता है, तो हम आपको नहीं बच्चे सोने के धागे के साथ एक साथ सिले. बाहर पर, आप आत्महत्या दरवाजे और एलईडी रोशनी जो पफ पिताजी शौचालय सीट से अधिक हीरे के साथ encrusted हैं मिलता है.
तो, अगर आप एक मध्य पूर्वी तेल व्यापारी के वंश का होना होता है और अपने आप को पहियों का एक नया सेट खरीदने फैंसी, LykanHypersport आप के लिए कार हो सकता है. लेकिन आप तेजी से कार्रवाई करने के लिए निर्माता के रूप में ही इस साल सात कारों के निर्माण की योजना के लिए होगा.

मंगो मुल्य बिश्वो को नम्बर १ स्पोर्ट कार { फोटो }




दोहा, कतर एक फर्म की गई कारों लेबनान, डब्ल्यू मोटर्स जो लायक था £ २.२ मिलियन कतर अंतर्राष्ट्रीय मोटर में प्रदर्शन पर (RM10.65 लाख) मंगलवार को यहां दिखाएँ.

ऑनलाइन समाचार पत्र MailOnline आज के अनुसार, LykanHypersport स्पोर्ट्स कार Bugatti Veyron लागत की तुलना में महंगा है 1.5 मिलियन पाउंड (RM7.26 लाख).

यह 1 अरब देशों में किए गए खेल गाड़ी थी.

हालांकि, अभी तक मैच LykanHypersport Bugatti Veyron गति.

LykanHypersport स्पोर्ट्स कार प्रति घंटे 0 2.8 सेकंड की अवधि में 100 किलोमीटर (किमी / घंटा) से एक गति है.

कार की अधिकतम गति 395 किमी / घंटा है.

Bugatti Veyron स्पोर्ट्स कार 2.5 सेकंड के भीतर 0 से 100 किमी / घंटे की गति दर्ज की गई.

कार की अधिकतम गति 431,072 किमी / घंटा है.

LykanHypersport स्पोर्ट्स कार इतालवी कंपनी मैग्ना Steyr, RUF ऑटोमोबाइल, Studiotorino, Viotti, और ID4MOTIO के साथ सहयोग में उत्पादन किया गया था.

केवल सात कारों जो इस वर्ष में जारी किया जाएगा. - एजेंसियां

१० लाख दिए जवानी


हरेक तीन जनामध्ये एक जना बेलायती पैसाका लागि जोसुकैसँग पनि सेक्स गर्न तयार हुन्छन्। अध्ययनअनुसार ३५ प्रतिशत बेलायतीले १० लाख पाउण्ड आफ्नो हातमा राखिदिने जोसुकैसँग आफू यौनक्रिडा गर्न तयार हुने बताएका छन्। झन्डै १४ करोड २४ लाख रुपैयाँमा जोसुकैलाई जवानी सुम्पिन तयार हुने बेलायतीहरू सयमा ३५ जना भए पनि अरु

६५ जनाले भने पैसाका लागि आफ्नो अस्मिता नबेच्ने बताए। आफूले कुनै पनि बहानामा पार्टनरलाई धोका दिन नसक्ने उनीहरूको भनाइ छ। अनलाइनबाट गरिएको सर्वेक्षणअनुसार ४५ प्रतिशत बेलायतीले फोन सेक्सको मज्जा लिने गरेका छन्। त्यस्तै १४ प्रतिशतले सेक्सका बेला आफ्नी पूर्व मायालुलाई सम्झन्छन् भने ५ प्रतिशतले सेक्सकै बेला आफ्नो कार्यालयका सहकर्मीलाई सम्झन्छन्। अध्ययनअनुसार बेलायतीहरूले हप्तामा ३ देखि ४ पटकसम्म यौनसम्पर्क गर्छन्। २ प्रतिशत बेलायतीले अहिलेसम्म आफूले १ सयभन्दा बढी जनासँग यौनसम्पर्क गरेको बताएका छन्। २२ प्रतिशत बेलायतीले भने अहिलेसम्म कन्डम प्रयोग गरेका छैनन्।

कार चलाउने रोबोट यस्तो

कार हुनेहरु कतिले आफै चलाउँछन् त कतिले ड्राइभर राख्छन् । तर अब न त कारधनीआफैले कार चलाउने दुख गर्नु पर्नेछ न त, तलब खुवाएर ड्राइभर राख्नु पर्नेछ ।

त्यसो भए कार अब आफै गुड्छ त ?होइन । कार आफै गुड्दैन रोबोटले कार चलाउनेछ ।


हो मान्छेले चलाउनु नपर्ने र रोबोटले चलाउने कार अब निकट भविष्यमै सडकमा गुड्नेछ । भलै हाम्रो नेपालमा गुड्न अझै कैयौँ वर्ष लाग्ला । तथापि अमेरिकाको स्टानफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरु रोबोटले चलाउने कारको निर्माणमा जुटिरहेका छन् ।

अनुसन्धानकर्ताहरु यस्तो कार बनाउने प्रयासमा जुटिरहेका छन् जसमा कारलाई रोबोटिक्स प्रविधिमा ढालिनेछ । यसको मतलब कारमा रोबाट ड्राइभर हुनेछ जसले सबै खाले ट्राफिक नियमको पालना गर्दै सुरक्षित रुपमा गाडि चलाउनेछ ।

अनुसन्धानकर्ताहरुले रोबोटले चलाउने कारको नमूनाअर्थात् प्रारम्भिक रुप केही समयभित्रैमा सार्वजनिकगर्न सकिएपनि साँच्चीकै सडकमा गुड्ने खालको रोबोट कार पाउनअझै एक दशकजतिभने कुर्नुपर्ने बताएका छन्

भोकले गालेपछि बाउले खाए आफ्नै सन्तान

परमाणु हतियारको विकाशमा लाग्दै पश्चिमा विश्वलाई आयलकायल पारिरहेको उत्तर कोरियाली जनता भोकमरीको चरम चपेटामा परेको खबर सार्वजनिक भएको छ । त्यहाँ भोकमरी यति नराम्ररी फैलिएको छ कि भोकले ग्रस्त भएपछि एक जना उत्तर कोरियाली पुरषले आफ्ना दुइजना बच्चालाई मारेर मासु खाएका छन् । बच्चालाई मारेको आरोपमा ती पुरुषलाई फाँसीको सजाय दिएको छ सरकारले । समाचार अनुसार उत्तर कोरियामा भोकमरी यतिधेरै फैलिएको छ कि त्यहाँ मान्छेले मान्छे खाने अवस्था उत्पन्न भएको छ । भोकमरीकै कारण मानिसहरुले चिहानबाट मान्छेका लास निकालेर समेत खाने गरेका छन् 

सन्डे टाइम्स पत्रिकामा छापिएको खबर अनुसार हालै भोकमरी ग्रस्त एक वृद्धले भोकमरीबाटै मरेको नातिको लास चिहानबाट निकालेर त्यसको मासु खाएर भोक शान्त पारेका छन् । उत्तर कोरियाका जेलहरुमा समेत भोकमरी फैलिएको र मान्छेले मान्छे खाने घटना सुरु भैसकेको समाचार छ ।

एसिया प्रेसको समाचार अनुसार भोकमरीबाट उत्तर कोरियाका विभिन्न प्रान्तमा गरी १० हजार भन्दा बढि मानिसको ज्यान गैसकेको छ । उत्तरी र दक्षिणी हवांगइ प्रान्तबाट अन्नजफत गरेर सरकारले राजधानी पूराएकाले ती क्षेत्रमाभोकमरी फैलिएको बताइउको छ ।

स्मरण रहोस् यसअघि सन् १९९० मा उत्तर कोरियामा भएको भिषण अनिकालमा परी साढे ३ लाख जनाले ज्यान गुमाएका थिए ।

पशुपतिनाथमा १० महिनाको भेटी ७ करोड


१७ माघ, काठमाण्डौं । सरकारले ‘पशुपति मन्दिर तथा पुजा व्यवस्था नियमावली’ लागू गरेपछि दश महिनामै झन्डै सात करोड रुपैयाँ भेटी संकलन भएको छ ।

गत बर्ष सरकारले पशुपति मन्दिरमा दैनिक भक्तजनहरुबाट जम्मा हुने भेटी पारदर्शी बनाउन ‘मन्दिर तथा पुजा व्यवस्थापन नियमावली २०६८’ लागू गरेको थियो । नियमावली लागू भएपछि दश महिनामा ६ करोड ७६ लाख ९४ हजार ५ सय ४८ रुपैयाँ आम्दानी भएको कान्तिपुर दैनिकमा खबर छ ।


जसमा भेटीबाट ४ करोड २४ लाख ३१ हजार ९ सय ८ रुपैयाँ र विशेष पुजावापत २ करोड ५२ लाख ६२ हजार ६ सय ४० रुपैयाँ संकलन भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । गत चैत्र २६ गतेदेखि सरकारले मन्दिर तथा पूजा व्यवस्थापन नियमावली लागू गरेको थियो कोषको आर्थिक शाखाका अनुसार आर्थिक बर्ष २०६७/६८ मा ९६ लाख र आर्थिक बर्ष २०६८/६९ मा १ करोड १२ लाख रुपैयाँ संकलन भएको थियो ।

2013/01/28

झाडी सफा गर्दा करोडौं आम्दानी !

१५ माघ, काठमाण्डौं । बर्षेनी आगलागीबाट सखाप हुने झाडी सफा गरी एउटै गाउँले करोड कमाउँछ भन्दा आश्चर्य लाग्न सक्छ । तर, सिन्धुपाल्चोक अत्तपुर ८ सिक्रेका बासिन्दाले झाडी सफा गरेर नै करोडौं रुपैयाँ कमाएका छन् ।

उनीहरुले आफ्नो सामुदायिक वनमा रहेका गैरकाष्ठ पदार्थबाट -झाडी) बायो बि्रगेट तयार पारेर बिक्री गर्छन । अत्तरपुरका वडा नम्बर ७, ८ र ९ का झन्डै दुईसय स्थानीयबासीले प्रत्यक्ष रोजगारी समेत पाएका छन् । जसमा झन्डै ४५ प्रतिशत महिला छन् । गाउँमा रहेका चारवटा बायो बिग्रेट उद्योगबाट रोजगारीको व्यवस्था रहेको खबर नयाँ पत्रिकाले छापेको छ । सिक्रे बि्रकेट उद्योगका व्यवस्थापक देवबहादुर श्रेष्ठले उद्योगमा आठघन्टा काम गर्ने कामदारले प्रतिदिन पाँच सय रुपैयाँ कमाउने कामदारले बताएका छन् ।

फेसबुकका मालिक जुकरबर्गले राजनीति गर्ने

फेसबुकका मालिक तथा सहसंस्थापक मार्क जुकरबर्ग राजनीतिमा लागेका छन् । नेपालमा भएको भए यस्ता चर्चित व्यक्तिलाई कुनै पार्टीले ठूलै पद दिएर भित्राउँथ्यो होला । तर जुकरबर्ग भने एक जना नेताको कार्यकर्ता बनेर राजनीतिमा पाइला हाल्न लागेका हुन् ।
जुकरबर्ग अर्को महिनादेखि न्यु जर्सी राज्यका गभर्नर क्रिस क्रिस्टीको चुनावी अभियानमा होमिन लागेको फेसबुकले पुष्टी गरेको छ । अर्बपति जुकरबर्ग क्रिसको चुनावी अभियानका लागि खर्च जुटाउने कार्यक्रमहरुमा सहभागि हुनेछन् ।

यसै क्रममा मध्य फेब्रुअरीमा उनको क्यालिफोर्नियास्थित पालो अल्टोमा रहेको घरमा एक कार्यक्रमको आयोजना हुनेछ । न्यू जर्सी राज्यका गभर्नर क्रिस्टी समेत सहभागि हुने उक्त कार्यक्रम आगामी गभर्नरको चुनाव र त्यसको प्रचार अभियानका विषयमा केन्द्रीत हुनेछ । स्मरण रहोस् रिपब्लिकन पार्टीका क्रिस्टीलाई अमेरिकाका भावी राष्टपतिका प्रत्यासी समेत ठानिएको छ ।

रिपब्लिकन पार्टीको कार्यकर्ता बनेका पति जुकरबर्ग भावी राष्टपतिलाई बोलाएर घरमा राजनीतिक कार्यक्रम गर्न लागेको प्रति जुकरबर्गकी पत्नी पि्रस्सीला पनि खुसी रहेको एएफपीले जनाएको छ ।

स्मरण रहोस् जुकरबर्ग र क्रिस्टी ३ वर्षदेखि मिल्ने साथीको रुपमा रहेका छन् । जुकरबर्गको घरमा हुने चुनावी कार्यक्रमबाट ३ हजार ८ सय अमेरिकी डलर रकम उठ्ने अपेक्षा गरिएको छ ।

हेरौं पानीमुनी बनेको अनौठो होटेल

युनाईटेड अरब इमिरेट्स खाँडी मुलुकमा सबैभन्दा विकसित देशका रूपमा चिनिन्छ । युएई विश्वका पर्यटकहरुको एक प्रमुख गन्तव्य पनि हो । वर्षेनी यस देशमा घुम्न आउनेको संख्या बढ्दो छ । समुन्द्री किनारमा निकै सहज रूपमा मस्ति गर्न

पाइने युएईमा मानिसहरू पानीमुनीको होटेलको मजा पनि लिन आउने गर्छन् ।
सुन्दा आश्चर्य लागेपनि यो सत्य हो की युएईमा पानी भित्र एक निकै सुन्दर होटेल छ जुन पानी बाहिर भएका सुन्दर होटेलहरू भन्दा कम छैन । पानी भित्र र बाहिर दुवै रूपमा रहेको होटेलले धेरैको मन तानेको छ । युएईमा आउने पर्यटकहरू यो पानीमुनीको होटेलमा रहन निकै रूचाउने गरेको बताइएको छ ।
यो होटेल पोल्याण्डको डिप ओसन टेक्नोलोजी नामको कम्पनीले स्विस कम्पनी बिग इन्भेस्ट कन्सल्ट एजी कम्पनीको सहयोगमा निर्माण गरेको हो । यो होटेलमा दईवटा पाटा छन् । एक पाटोबाट अर्को पाटोमा जानका लागी पानीभित्रै भर्याङ र लिफ्टको प्रयोग गरिएको छ । पर्यटकहरूका लागि बस्नका लागी यो होटेलमा २१ वटा 

कोठाहरू रहेका छन् ।
हेरौ पानीमुनीको यो होटेलेको सौन्दर्य तस्विरमा...



2013/01/27

फेसबुक सफा गर्ने फेसवास

के तपाइँको फेसबुक प्रोफाइल फोहोर भएको छ ? अर्थात् नचाहिने खालका, अश्लील लाग्ने धेरै सामाग्री पोष्ट भएका छन् वा सेयर भएका छन् जुन तपाइँ हटाउन चाहनुहुन्छ र फेसबुकलाई चिटिक्क पार्न चाहनुहुन्छ ।

त्यसो हो भने चिन्ता नलिनुस् एउटा यस्तो एप्लिकेसन आइसकेको छ जसले तपाइँको फसबुक प्रोफाइललाई सफा गरिदिनेछ । फेसवास नामको यो एप्स फेसबुक प्रयोगकर्तामाझ निकै लोकप्रिय हुने अपेक्षा गरिएको छ।

फेसवासले तपाइँको फेसबुक वालमा पोष्ट भएका कमेण्ट, तपाइँको स्टाटस अपडेट, तपाइँले ट्याग गरेका वा तपाइँलाई ट्याग गरिएका, पोष्ट गरेका फोटोका कमेण्ट, शेयर गरेका लिंक तथा लाइक गर्ने लिंकहरुमा गइ खोजतलास गर्नेछ । यसरी खोजतलास गर्दा फेला परेका अश्लील शव्द तथा आपत्तिजनक वा अश्लील खालका तस्वीरहरु स्क्यान गरेर हटाइदिनेछ । त्यस्तै तपाइँ आफैले कुनै खास शव्द आफ्नो फेसबुक प्रोफाइलबाट हटाउन चाहनुभयो भने पनि त्यसको जिम्मा फेसवासलाई दिन सक्नुहुन्छ ।

यो प्रविधि अमेरिकाको केन्ट विश्वविद्यालयका ३ जना विद्यार्थीले विकशित गरेका हुन् । अमेरिकाको पेन्सिल्भेनिया विश्वविद्यालयमा आयोजित प्रविधि मेलामा यो एप्लिकेसन लञ्च गरिएको हो । कम्प्युटर साइन्सका विद्यार्थीहरु क्यामडेन, ड्यानियल र डेभिडले आफुहरुले विकशित गरेको एप्स खासगरी युवापुस्ताको लागि निकै उपयोगी हुने दाबी गर्छन् । आफ्ने फेसबुकमा सेयर भएका, ट्याग भएका वा पोष्ट भएका आपत्तिजनक सामाग्रीहरु आफ्ना अभिभावक, मान्यजन तथा हाकिमले देख्न नपरोस् भन्नका लागि यो टूल्स उपयोगी हुने उनीहरुको भनाई छ ।

सुन्तला रंगका अनौठा भ्यागुता

बेलायतमा भ्यागुतोको अनौठो प्रजाती भेटिएको छ । सुन्तले पहेँलो रंगका उक्त भ्यागुतो अहिलेसम्म काँही नदेखिएको बताइएको छ । घुम्नका लागी परिवारसँग निस्किएका ५५ वर्षीय स्टिभ अटकिनले उक्त अनौठो भ्यागुतो भेटेका हुन् ।

उनले एकै ठाऊँमा हिऊँमा फसिरहेको अवस्थामा ती भ्यागुता भेटिएका थिए । उनले त्यहाँ रहेका ४ भ्यागुतालाई उद्धार गरेका थिए भने उनले घर लगेपछी एक भ्यागुता मरेको थियो । उनले भ्यागुताहरू हिँऊमा फसिरहेका थिए । पहिले त उनले ती भ्यागुतालाई खेलौना सम्झेका थिए तर जब उनी नजिक पुगे उनी नै आश्चर्यमा परे । उनी भन्छन्, 'मैले मेरी पत्नीलाई भ्यागुता फसिरहेको बताए र उनले मलाई भ्यागुताको उद्धार गर्न आग्रह गरिन् । मैले ती सबैलाई एउटा पानी भएको भाँडोमा राखे ।

त्यसपछी उनले ती भ्यागुतालाई घरमा लगे र डेर्बाइसायर वाइल्ड लाइफ ट्रस्टमा फोन गरेर भेटेका भ्यागुता बारे जानकारी दिएका थिए । यसबारे थाहा पाएर त्यहाँका विज्ञहरु नै चकित भएका थिए ।
हेरौ नयाँ सुन्तले रंगका भ्यागुताहरूका केही तस्विरहरू...



देव-देवीलाई संकट पर्‍यो ! कसले जोगाउने ??

बिहान उठ्नेबित्तिकै सबै देवीदेवताको दर्शन एकसाथ एकै ठाउँमा गर्न पाए कस्तो हुन्थ्यो भनेर कसैले तपाईंलाई प्रश्न गर्यो भने सायद भन्नुहुनेछ, असम्भव । तर काठमाडौं महानगरपालिका १२ वडा टेकु पचलीको बागमती नदी किनारामा अवस्थित सानो टोलका बासिन्दाका लागि भने दशकौंदेखि यो असम्भव कुरा सम्भव हुँदै आएको छ । किनभने, यस टोलका बासिन्दाले सबै देवीदेवताको दर्शन एकै थलोमा गर्दै आएका छन् ।

‘सबै देवीदेवताले यहाँ बास गर्नुभएको छ’, सो क्षेत्रका स्थानीयको एउटै भनाइ हुन्छ– ‘दर्शन गर्न हामीलाई अन्त कतै जानै पर्दैन । यो सानो ठाउँमा सबै देवीदेवताकोे एकै ठाउँमा दर्शन गर्न पाइन्छ ।’
तर यी क्षेत्रका मूर्ति नियमित रूपमा तस्कर तथा मूर्ति चोरहरूको निसाना बन्दै आएपछि भने स्थानीयबासीमा अहिले चिन्ता बढ्न थालेको छ ।

अहिलेसम्ममा यहाँका थुप्रै मूर्ति चोरी भइसकेका छन् भने कैयौं मूर्ति चोरीको असफल प्रयास पनि भएका छन् ।
केही वर्षअघि मात्रै यहाँको एक ढुंगानिर्मित आकर्षक गरुडको मूर्ति चोरी भयो । त्यस्तै गरी कुमार तथा अन्य स–साना पत्थर मूर्ति पनि गायब भए । तर, यी मूर्ति कसले चोरेर कहाँ पु¥यायो भन्नेबारे भने सम्बन्धित निकायलाई कुनै चासो छैन । स्थानीय स्वयम् पनि यसबाट बेखबर छन्।

आजको दिनसम्म त आँगनमै सबै देवीदेवताको दर्शन गर्दै आएका छौं’, नाम उल्लेख नगरिदिन अनुरोध गर्दै एक स्थानीय महिलाले भनिन्– ‘मूर्ति चोरी हुने क्रम बढ्दो रूपमा रहेकाले अब यो सुविधाबाट वञ्चित हुनुपर्छ जस्तो लाग्छ ।’ उनका अनुसार यहाँ चारैधामका देवीदेवता छन् । मुक्तिनाथ होस् कि जगन्नाथ, रामेश्वर होस् या द्वारिका चारैधामका देवताको यहाँ एकैमण्डपमा दर्शन गर्न पाइन्छ ।

‘इशंखुनारायण, चाँगुनारायण, विशंखुनारायण र शेषनारायण, कृष्ण, राम, लक्ष्मण, बुद्ध, विष्णु, शिव आदिदेखि जयन्ती, मंगला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, धात्री, स्वहाः, स्वधाजस्ता भएभरका सबै देवीदेवताका मूर्ति यहाँ रहेका छन्’ –यस क्षेत्रका नियमित दर्शनार्थी अष्टनारायण श्रेष्ठ भने । श्रेष्ठका अनुसार यस क्षेत्रमा बारम्बार मूर्ति चोरीको प्रयास भइरहन्छ । त्यसमध्ये कतिपय प्रयास सफल भएको छ भने कतिपय विफल पनि हुँदै आएको छ ।

संस्कृतिविद् मुकुन्द अर्यालका अनुसार टेकुदोभानदेखि थापाथलीको किनारासम्म पहिले अनगिन्ती मूर्ति थिए । ती मूर्तिलाई पंक्ति बनाएर राख्ने हो भने टुँडिखेलमा पनि नअटाउने उनको भनाइ छ । मूर्ति चोरी हुने प्रवृत्तिका कारण नदी किनाराका यस्ता महत्त्वपूर्ण सम्पदा आज लगभग नाश भइसकेको छ । ‘टेकु दोभानदेखि थापाथलीसम्मका बागमती किनारामा कुनै समय असंख्य मूर्ति थिए’, संस्कृतिविद् अर्यालले भने– ‘ती मूर्तिलाई लाम लगाएर राख्ने हो भने एउटा टुँडिखेलले पुग्दैन । तर मूर्ति चोरी हुने क्रमसँगै यी मूर्ति अहिले कहाँ पुगे कसैलाई थाहा छैन ।’

यस क्षेत्रको सुरक्षाको जिम्मा लिएको महानगरीय प्रहरी वृत्त कालिमाटी, १२ वडा कार्यालय र महानगरपालिकाको सम्पदा विभाग तथा गुठी संस्थान सबै जिम्मेवार निकायसँग सम्पर्क गर्दा सबै बेखबर देखिए ।

‘जिम्मेवार निकाय यसरी बेखबर रहिरहँदा यहाँका धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण मूर्तिलाई चोरी र तस्करीको निसानाबाट जोगाउने जिम्मेवारी कसको हो ?’ –स्थानीयको सामूहिक गुनासो छ ।

रेश २ ले कमायो २ दिनमै ३५ करोड

सन् २०१३ को सुरुवाती महिना बलिउड नगरीका लागि फाइदाजनक देखिएको छ । बर्षको सुरुवातमा प्रदर्शनमा आएका केही सिनेमा असफल भएपनि रेश २ ले राम्रो सुरुवात गरेको छ । समिक्षकको राम्रो साथ नपाएपनि रेश २ ले शुक्रबार र शनिबार ३५ करोडको व्यापार गरेको छ ।
शुक्रबार १५.१० करोडको व्यापार गरेको यो सिनेमाले शनिबार १९.७५ करोडको व्यापार गरेका हो । यस्तै रेश २ ले ओभरसिजमा पनि राम्रो सुरुवात गरेको छ । सिनेमाले ओभरसिजमा ७.३५ करोड को व्यापार गरेको हो । आइतबार यसको व्यापार अझ बढ्ने बिश्लेषण गरिएको छ । ३ दिनमा ५० करोडको व्यापार गरेको खण्डमा रेश २ ले १०० करोडको व्यापार सजिलै गर्ने दाबी धेरैको छ । दिपिका पादुकोण, सैफ अलि खान, जोन अब्राइम, ज्याक्लिन, अमिशा पट्टेल, अनिल कपुर लगायतका स्टारहरुले अभिनय गरेको यो सिनेमा सन् २००८ मा तयार भएको रेश को सिक्वेल हो ।

३३ नेपाली बालबालिका दिल्लीमा अलपत्र

कुलमणि ज्ञवाली, भैरहवा ।
भारतको राजधानी दिल्लीमा ३३ जना नेपाली बालबालिका अलपत्र परेका छन् ।
प्रवासी नेपालीहरुको सामाजिक संस्था प्रवासी नेपाली मित्र मञ्चका अनुसार त्यहाँका विभिन्न वालगृहमा आश्रित छ जना बालिका र २७ बालकहरु स्वदेश फर्किने प्रतीक्षामा छन् । करिव एक बर्षदेखि आश्रित वालवालिकाहरुको ठेगाना नखुल्दा स्वदेश फर्काउन कठिन भएको मञ्चका अध्यक्ष दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो ।

चाइल्ड वेलफेयर नामक बालगृहमा नेपालको सागरनाथ गाउँ घर बताउने १२ वर्षीया लक्ष्मी थापा, राजवास २ सिन्धुली घर बताउने १२ वर्षीया विना तामाङ्ग, रानी विराटनगर घर बताउने १२ वर्षीया चन्दा चौधरी, भगवतीपुर घर बताउने १२ वर्षीया सरिता रहेका छन् । त्यस्तै केलकारी बाल गृहमा दुई बालिका रहेका छन् ।
चाइल्ड वेलफेयरमा १५ जना, सलाम वालक ट्रष्टमा ७ जना, डनबस्को बालगहृमा चार जना, अन्तोदय बाल गृह लालपतनगरमा एक बालक रहेको अध्यक्ष अर्यालले जानकारी दिनुभयो ।

बाँदरको हातमा आइप्याड

बाँदरको हातमा नरिवल भन्ने उखान त सुनैकै हो । सायद यो उखान अब पूरानो भैसक्यो जस्तो छ । धनी देशहरुका हकमा भने बाँदरको हातमा नरिवल होइन कम्प्युटर तथा मोबाइल जस्ता अत्याधुनिक साधन पर्न थालिसकेका छन् । यसको प्रमाण हो अमेरिका । अमेरिकाको नेसनल चिडियाखानाको बाँदरलाई आइप्याड दिइएको छ । चिडियाघरका ओरांगओटनहरु अहिले आइप्याड खेलाउन र त्यसमा भएका विभिन्न गेम खेल्नमा मस्त छन् । 


चिडियाखानाका कर्मचारी बिकी म्यालिन्स्कीका अनुसार यी जनावरको दैनिकीमा केही परिवर्तन होस्, नयाँ कुरा सिकुन् र अल्छि नबनुन् भन्नका लागि उनीहरुलाई आइप्याड बाडिएको हो । यसअघि ती ओरांगओटनलाई विभिन्न खालका खेलौनाका साथै खेल खेलाइने गरिएको थियो । आइप्याड दिएसँगै ओरांगओटनहरुले विभिन्न दश खालका गेम एप्सहरु सिकिसकेका छन् । म्युजिक बजाउने, चित्र खिच्ने जस्ता खेल खेल्नमा उनीहरु माहिर भैसकेका छन् । ३६ वर्षका बोनी आइप्याडमा डम बजाएर मिठो संगित निकाल्न खप्पिस बनिसको छ । 

१६ वर्षको क्याली पियानो बजाउँछ । एप्स फर एप भन्ने अभियान अन्तरगत एक संरक्षणवादी संस्थाले यी ओरांगओटन बाँदरलाई आइप्याड उपलब्ध गराएको छ । ओरांगओटनलाई जैविक रुपमा मानिसको सबैभन्दा नजिकको बाँदर प्रजाति मानिन्छ ।

अमेरिकाको सरकारी वेवसाइटनै ह्याक

बासिङ्टन (अमेरिका), माघ १४ - 
कम्प्युटर ह्याकरहरुको समूह एनोनिम्सले अमेरिकी सरकारी वेवसाइट ह्याक गरेका छन् । शनिबार ह्याक गरिएको वेवसाइटको होमपेजमा उनीहरुले धम्कीपूर्ण भिडियो राखेका छन् ।

ह्याक गरेको मुद्दा चलिरहादा गत महिना आत्महत्या गरेका इन्टरनेटकर्मी आरोपन स्वार्जको मृत्युको बदला

लिन ह्याक गरेको ह्याकरले भिडियोमा भनेका छन् । ह्याक गरिएको बेवसाईट अमेरिकाको सेन्टेसिङ कमिशनको हो । यसले अदालतलाई सजाय सुनाउनका लागि बिभिन्न निर्देशिका बनाएर दिने गर्छ ।

'स्वार्जलाई बाध्य बनाएर मारिएका हो । उनले जित्नै नसक्ने खल खेल्न बाध्य बनाइएको थियो', भिडियो सन्देशमा भनिएको छ । ह्याकरहरुले आफूसाग बिभिन्न न्यायाधीशबारेको गोप्य तथ्यहरु रहेको दाबी गरेका छन् । उनीहरुले यो ह्याकिङलाई सांकेतिक भनेका छन् । ह्याकरहरुले यो आक्रमणलाई अपरेशन लास्ट रिसोर्ट नाम दिएका छन् ।

बेवसाइटको भिडियो हटाइएको छ । सरकारी अधिकारीहरुले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् । यो समूहले यअसघि पनि बिभिन्न सरकारी वेवसाइट ह्याक गर्दै आएका छन् ।

धेरै रोएको भन्दै बाबुले नै चपाएर खाइदिए छोरीको नाक र ओठ

१४ माघ, एजेन्सी
भारतको राजस्थानमा एक बाबुले आफ्नै ५ महिनाकी छोरीको नाक र माथिल्लो ओठ रिसले चपाएर खाइदिएका छन्। छोरी लगातर रोएपछि उनले रिसले यस्तो कर्तुत गरेका हुन्। राजस्थानको बिकानेर जिल्लामा भादर सिंह नाम गरेका व्यक्तिले यसरी आफ्नै छोरीको नाक र ओठ खाएका हुन्। हाल ५ महिने बालिका अवस्था नाजुक रहेको छ, उनले अब ठुलो प्लास्टिक सर्जरीबिना बोल्न नसक्ने चिकित्सकहरुले जनाएका छन्। ३६ वर्षिय भादर सिंहले रक्सी सेवन गरेको समयमा यस्तो घट्ना घटाएका थिए। उनलाई हाल प्रहरीले पक्राउ गरेको छ, उनलाई १० वर्ष देखि जन्मकैद सम्मको सजाय हुन सक्ने बताइएको छ।



radioallnepal

२१ जनालाई मृत्युदण्ड तोक्दा ३० को ज्यान गयो, ३०० घाइते

कायरो, माघ १४ (एजेन्सी)- 
फुटबलको विषयलाई लिएर भएको पोर्ट दंगामा संलग्न रहेका २१ जनालाई मृत्युदण्डको सजाय सुनाएपछि भएको भिडन्तमा परी ३० भन्दा बढीले ज्यान गुमाएका छन्। दोषी ठहर गरिएकाका आफन्त र सुरक्षाकर्मीबीच भिडन्त भएको सरकारी टेलिभिजनले जनाएको छ। 'पोर्टमा भिडन्त भएपछि त्यहाँको स्वास्थ्य मन्त्रालयले एयर एम्बुलेन्स पठाएको छ,' मन्त्रालयका प्रवक्ता अहमद ओमरले भने। शनिबार फौजदारी अदालतले पोर्ट हिंसामा संलग्न रहेका २१ लाई मृत्युदण्डको सजाय सुनाएको थियो। गत फेब्रुअरीमा फुटबल मैदानमा भएको हिंसामा परी ७० जनाको मृत्यु भएको थियो। दोषी ठहर गरिएकाका आफन्तले जेलमा नै आक्रमण गर्न थालेपछि स्थिति तनावग्रस्त बनेको थियो।

महिला पत्रकारलाई यौन दुर्व्यवहार

विराटनगर, माघ १४-
विराटनगरस्थित वि एफएममा कार्यरत एक महिला पत्रकारमाथि यौन दुर्व्यवहारको प्रयास भएको छ। जिल्ला

प्रहरी कार्यालय मोरङका अनुसार सो एफएमका समाचार प्रमुख भक्त राईले एफएमको समाचार कक्षमा २२ वर्षीया पत्रकार महिलामाथि दुर्व्यवहारको प्रयास गरेको किटानी उजुरी परेको जनाएको छ। समाचार प्रमुख राईमाथि कारबाहीका लागि नेपाल पत्रकार महासङ्घ मोरङ शाखामा पनि पीडित महिला पत्रकारले उजुरी गरेको महासङ्घबाट थाहा भएको छ।

एकहप्ता अगाडि भएको सो घटनाको विभिन्न सङ्घ सङ्गठनले पनि आपत्ति जनाउँदै प्रमुख राईमाथि कडा कारबाही गर्न माग गरेका छन्। अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) मोरङले पनि घटनाको भर्त्सना गर्दै कारबाहीको माग गरेको छ। सङ्घकी अध्यक्ष लता न्यौपानेद्वारा जारी विज्ञप्तिमा महिलामाथि बढ्दै गएको हिंसाप्रति प्रहरी प्रशासन गम्भीर नभएको आरोप लगाएकी छिन्। रासस

पत्रकार सुरक्षामा संवेदनशील हुन आग्रह

सुर्खेत, माघ १३ -
असुरक्षाका कारण विस्थापित भएर दुई दिनदेखि सुर्खेत आएका दैलेखका पत्रकारलेे ७ बुँदे अडान राख्दै एकीकृत माओवादी र सरकारले लिखित प्रतिबद्धता नजनाएसम्म दैलेख नर्फकने जनाएका छन् ।

दैलेख घटनाको छानबिन गर्न सरकारद्वारा गठित समितिसँग शनिबार पत्रकार महासंघ दैलेखका अध्यक्ष पुष्कर थापाले ७ बुँदे अडान सार्वजनिक गर्दै पत्रकारको सुरक्षामा सुरक्षा संयन्त्र संवेदनशील हुन आग्रह गरेका हुन् । दैलेख पुगेर सुर्खेत आएका छानबिन टोलीसमक्ष असुरक्षाका कारण विस्थापित पत्रकारहरूको तर्फबाट आफ्ना भनाइ राख्दै अध्यक्ष थापाले एकीकृत माओवादीको जिल्ला सम्मेलनमा सुर्खेतबाट डीआईजीले नै स्कर्टिङ गरेर माओवादीका हतियारधारी वाईसीएल कार्यकर्तालाई दैलेख पुर्‍याएकोमा गुनासो गरे । 

वाईसीएलले पत्रकारलाई होटलमै खोजी गर्नु, आफू निकटका बाहेक अन्य पत्रकारलाई माओवादीको सम्मेलनमा प्रवेश नदिइएको उल्लेख गर्दै १० पत्रकारलाई डेकेन्द्र बनाइदिने धम्की दिइनु र त्यसको १० मिनेट नबित्दै हाम्रो तेस्रो आँखा दैनिकको कार्यालय तोडफोड गरिनुले एमाओवादी पत्रकारप्रति आक्रामक रहेको उनीहरूले बताए । 

डेकेन्द्र हत्याका आरोपीलाई प्रहरीले पक्राउ गरेलगत्तै दुवै माओवादीका जिम्मेवार नेताहरूले पत्रकारसँग हातपात प्रयास गरेको, जिल्लामा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख नभएको मौका छोपी छानीछानी पत्रकारमाथि आक्रमण गर्ने योजना बुनिएको सूचना पाएपछि जिल्लामा बसेर पत्रकारित गर्न असहज ठानेर विस्थापित हुनुपरेको शनिबार सार्वजनिक भएको ७ बुँुदेमा उल्लेख छ । 

विस्थापित पत्रकारहरूको ७ बुँदे अडान सरकारद्वारा गठित छानबिन समितिलाई बुझाइएको छ । गृह मन्त्रालयका सहसचिव एवं समितिका संयोजक लक्ष्मीप्रसाद ढकालले अडानपत्र लिँदै दैलेखको अवस्था जस्तो छ, त्यस्तै प्रतिवेदन बुझाइएने आश्वासन दिए । टोलीमा नेपाल प्रहरीका डीआईजी गोपाल भण्डारी, सशस्त्र प्रहरीका डीआईजी उत्तम खड्का र अनुसन्त्रानका डीआईजी दिलिप रेग्मी रहेका छन् । 

टोलीलाई पत्रकारहरूले दैलेख घटनाको मुख्य कारण प्रधानमन्त्री बाबुराम भट्टराई नै भएको आरोप लगाए । साथै उनीहरूले माओवादी कार्यकर्तालाई स्कर्टिङ गरेर दैलेख पुर्‍याउने डीआईजीलगायत उच्च सुरक्षा अधिकारीलाई निलम्बन गरी कारबाही गर्नुपर्नेमा जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई सरुवा गरी कारबाही गरेकोमा आक्रोश पोखेका छन् । 

पत्रकार महासंघका केन्द्रीय सचिव जगत नेपालले दलहरू बीचको विवादलाई मात्र नभई प्रधानमन्त्रीको उपस्थितिमा एकीकृत माओवादीका कार्यकर्ताद्वारा ज्यान मार्ने धम्की दिएकै कारण जिल्लै छोडेर पत्रकार विस्थापित भएको घटनालाई छानबिन समितिले सम्बोधन गर्न आग्रह गरेका छन् । छानबिन समितिका संयोजक ढकालले आफूहरूलाई दिइएको सात दिनको अवधिमा पत्रकार विस्थापितको विषयलाई नभई माघ १० गते भएको घटनाको छानबिन गरी प्रतिवेदन पेस गर्ने मात्र अधिकार दिइएको बताए । 

पत्रकार महासंघका केन्द्रीय सदस्य सूर्यमणि गौतमले दैलेख घटना र पत्रकार विस्थापितको विषयमा छानबिन गर्न पहिला प्रहरीका क्षेत्रीय प्रमुख र क्षेत्रीय प्रशासकलाई निलम्बन गरी कारबाही सुरु गर्न माग गरेका थिए । विगत दुई दिनदेखि विस्थापित पत्रकारलाई सुरक्षा र पुनस्र्थापनाका लागि महासंघले प्रयास जारी राखेको बताउँदै सचिव जगत नेपालले विस्थापित पत्रकारको पुनस्र्थापनाका लागि महासंघले तीन वटा विकल्पमा छलफल गरिरहेको जानकारी दिए ।

निजी खर्चमा गाउँमा मोटरबाटो

चिपुर (डडेलधुरा), माघ १४ - 
छिमेकी बगरकोट गाविसमा मात्र मोटर हुँइकिएको देख्दै आएका दुर्गम चिपुर गाविसका बासिन्दा शुक्रबार सदरमुकामदेखि ४० किमि टाढाको आफ्नो गाउँमा पहिलोपल्ट मोटरको लस्कर लागेपछि दंग परे । सबैलाई अचम्म पार्ने चुरो कुरो त यो थियो कि, एक २७ वर्षे युवकले व्यक्तिगत खर्चमा गाउँमा मोटर पुग्ने बाटो बनाएका थिए । उनी थिए, स्थानीय किशोर बिष्ट, जसले 'हैसियतभन्दा ठूलो रकम' २० लाख खर्चेर ५ किमि बाटो खनी दुर्गम आफ्नो गाउँ चिपुरलाई मोटर हुँइकिन सक्ने बनाएका थिए ।

'चट्टान फोडेर समाज सेवा गर्ने युवालाई सलाम छ,' सडक उद्घाटन गर्न आइपुगेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भावुक हुँदै भने, 'समाज र देशप्रति जिम्मेवारीबोध गर्ने मान्छेको खडेरी परेका बेला यस्ता युवाले नै समाज डोर्‍याउन सक्छन् । म यिनै युवाको चर्चा सुनेपछि मोटरबाटो उद्घाटन गर्न मात्र होइन, अभिनन्दन गर्न पनि आएको हुँ ।' आफूले आफ्नो गाउँमा मोटर पुर्‍याउन नसके पनि एक युवाले आफ्नो गाउँमा मोटरबाटो पुर्‍याएर उदाहरण पेस गरेको देउवाले बताए ।

'संकटकालमा म माओवादी र सेना दुवैबाट पीडित भएर विस्थापित भएँ,' अभिनन्दनपछि बिष्टले भने, 'मैले आफूले जग्गा र मोबाइल कारोबारबाट कमाएको पैसा खन्याएर यो मोटरबाटो बनाएको हुँ । नेताहरूले ठूला कुरा मात्र गर्ने तर काम नगर्ने प्रवृत्तिप्रति मेरो यो प्रहार पनि हो, मेरो हैसियतभन्दा ठूलो रकम भए पनि सामाजिक अभियान सुरु होस् भनेर बाटो खनें ।' युवा समाजसेवी बिष्टले दुर्गम चिपुरमा मोटरबाटो पुर्‍याएपछि अब डडेलधुरामा एकमात्र रुपाल गाविस मात्र मोटरबाटोविहीन छ । उत्साहित उनले उद्घाटन कार्यक्रममा रुपाललाई पनि मोटरबाटोसँग जोड्ने घोषणा गरे । चिपुर गाविसका पूर्वअध्यक्ष कमल सिंह भाटले सरकारले गर्न नसकेको काम एक युवाले गरेर देखाएको बताए 

ढुंगाले हानी दाजुको हत्या


पाँचथर, माघ १४ - 
पाँचथर मेमेङ ९ का दयाविर साउदेनले ढुंगा प्रहार गरी आफ्नै दाजुको हत्या गरेका छन् । साउदेनले गए राति दाइ ५७ बर्षीय दिलमानलाई टाउकोमा ढुंगा प्रहार गरी हत्या गरेका हुन ।

प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका ५० बर्षीय दयाविरले अंशबण्डाको विषयमा विवाद हुँदा दिलमानलाई ढुंगा प्रहार गरेका थिए । छिमेकमा भएको विवाहमा भोज खाएर फर्किंदै गरेका उनीहरुबीच विवाद बढेपछि दयाविरले आक्रमण गरेको स्थानीयले बताएका छन् । दयाविरलाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

2013/01/26

खुकरी प्रहर गरि ज्वाईको हत्या

१३ माघ, पाँचथर । 
पाँचथरको लुङरुपामा जेठानले ज्वाईको हत्या गरेका छन । लुङरुपा २ का नरेश थुलुङ राईलाई जेठान सजिन्द्र नेम्वाङले खुकरी प्रहर गरि हत्या गरेका हुन । स्थानिय एक घरमा विवाह भोजमा सहभागि भएर फर्किदै गर्दा नेम्वाङले खुकुरी प्रहार गरी हत्या गरेका जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक याम पौडेलले जानकारी दिए । हत्या गरेपछि नेम्बाङ फरार रहेको प्रहरीले जनाएकोछ ।

मलेसियामा दुबै खुट्टा गुमाएका नेपाली युवाको वेदना

जीन्दगीलाई सुखी र सम्पन्न बनाउने योजना बनाएर चार महिना अगाडि मात्रै मलेसिया आएका दोलखा जिल्ला च्यामा गाविस- ४ का गणेशवहादुर फुयाँल क्षेत्री अहिले दुबै खुट्टा छिनेको अवस्थामा मलेसिायस्थित एक अस्पतालको शैय्यामा पल्टेर आफ्नो कहालीलाग्दो बाँकी जीवनबारे सोचिरहेका छन् ।

पुत्राजया अस्पतालको बेड न २२ मा दुबै खुट्टा गुमाएर ओछ्यान परेका गणेशले भने- ‘के गर्नु, उसले पनि जानेर गरेको हैन, मेरो कर्म त्यस्तै रै’छ कसलाई के दोष दिनु ?’ आफ्ना दुबै खुट्टा गुमाएर पनि कसैलाई दोष नदिने विचित्रको अवस्थामा छन् गणेश यतिबेला ।

आठ कक्षामा पढ्दा बुबा बितेपछि परिवारको जिम्मेवारी सम्हाल्न पुगेका गणेश परिवारलाई सम्पन्न बनाउने सपना साँचेर केही वर्ष अगाडि मलेसियाको पेनाङमा आएका हुन् । शुरुमा उनको काम राम्रै थियो । मलेसियामा कमाएको पैसाले उनले गाउँमै खुद्रा पसल पनि थापे, उद्यमी बन्नु पर्छ भनेर कुखुरा फार्म पनि खोले ।

नेपालको परिस्थितिले उनलाई उद्यमी बनिरहन दिएन । दिनदिनै भइरहने आन्दोलन र बन्दले गर्दा उनले पालेका कुखुरा दानासमेत खान नपाएर मर्न थाले । लाखौं रुपैयाँ घाटा भएपछि उनी उद्यमी बन्ने सपना बीचैमा त्यागेर विदेशतिर हानिने निश्कर्षमा पुगे ।

मनमा जोश र जाँगर भएर पनि आर्थिक अवस्था कमजोर भएकाले जति नै संघर्ष गर्दा पनि सफलता भन्ने चिज उनको पोल्टामा कहिल्यै परेन । फलस्वरुप उनी चार महिना अगाडि मात्रै काठमाण्डौमा रहेको डिस्टिनेशन मेनपावरलाई एक लाख १० हजार रुपैयाँ बुझाएर मलेसिया आई पुचोङमा रहेको बसका पार्टपूर्जा निर्माण गर्ने कम्पनीमा काम गर्न थाले । नेपालमा मेन पावरले भनेजस्तो त कहाँ हुन्थ्यो र ? तै पनि उनले सन्तोष मानेर काम गरिरहे ।

तर, डिसेम्बर १० तारिखका दिन उनको जीवनमा ठूलो बज्रपात भयो । करिव १० बजेतिर उनका बंगालादेशी साथी फोकलिपमा सामान राखेर कतै लैजाँदै थिए । उनले पनि त्यसैमा लिफ्ट लिएर जाने बिचार गरे । तर, त्यसमा बस्दाबस्दै चलिरहेको फोकलिप ब्याक भयो र उनका दुबै खुट्टा च्यापिए । ‘म जोडले चिच्याएँ, साथीहरु दौडिँदै आउनुभयो । बोसलाई खबर गरेपछि मलाई अस्पताल लगिएछ’ गणेशले घटनाक्रम सुनाए-’ जतिबेला म होसमा आएँ, त्यतिबेला मेरा दुबै खुट्टा घुँडाबाटै काटिसकिएका रहेछन् ।’

उपचारका लागि कम्पनीले राम्रै सहयोग गरेको भए पनि सधैं उनलाई परिवारको चिन्ताले सताउन थालेको छ । ‘कम्पनीले तिमीलाई सहयोग गर्छ, चिन्ता नलेउ भनेको छ ।’ गणेशले भने-’तर मन त कहाँ मान्दोरहेछ र ।’ अस्पतालको शैय्यामा बसेर तीन छोरी, एक छोरा, श्रीमती र घरपरिवारलाई सम्झँदै उनले भने ।

सपाङग र सकुशल शीरर लिएर विदेशिएका गणेश अब अपाङ्ग शरीर लिएर नेपाल र्फकनेछन् । राज्यले विदेशमा अपाङ भएकाहरुलाई स्वदेश फर्किएपछि केही उद्यम गर्नका लागि विनाधितो सहयोग गर्नुपर्ने उनको धारणा छ । सधैं साथीभाइहरुको भलो चिताउने सहयोगी गणेश अहिले अस्पतालबाटै यस्तो सहयोगको अपेक्षा गरिरहेका छन् ।

कलिलै उमेरमा आमा बन्ने बढ्दै

बैतडी, माघ १३ - 
प्रजनन अधिकार र चेतनाका नाममा बर्सेनि लाखौं रकम खर्चिने गरिए पनि जिल्लामा उमेरै नपुगी आमा बन्नेको संख्या बढ्दो छ । अघिल्लो वषर् को तुलनामा यसको संख्या बढेको हो । यो वर्ष १९ प्रतिशत महिला २० वर्ष नपुग्दै आमा बनेका छन् । गत वर्ष यो संख्या १७ प्रतिशत थियो ।

गत वर्ष पहिलो पटक गर्भ जााच गराउन आएका दुई हजार ५ सय ४५ महिलामध्ये ४ सय ७५ गर्भवती २० वर्षमुनिका थिए । जिल्लामा वर्षमा ६ हजार ८ सय ५८ महिला गर्भवती हुने गरेको तथ्यांक छ । सानै उमेरमा गर्भवती हुनेमा दुर्गम भेगका र दलित तथा विपन्न वर्गका महिलाको संख्या बढी छ । विपन्न समुदायमा चेतना अभावका कारण सानै उमेरदेखि गर्भवती हुुने गरेको स्थानीय बताउँछन् ।

महिला सचेतना, प्रजनन स्वास्थ्य र अधिकार लगायतका कार्यक्रम गर्न दर्जनभन्दा बढी सरकारी गैरसरकारी निकायले बर्सेनि लगानी बढाए पनि उपलब्धि हुन सकेको छैन । प्रजजन स्वास्थ्यमा लगानी बढे पनि बाल आमाको संख्या बढ्नु चिन्ताजनक विषय भएको परिवार नियोजन संघका शाखा प्रबन्धक चे तराज फुलारा बताउँछन् । 'संख्या घट्नुपर्नेमा बढ्दै गएको छ,' प्रबन्धक फुलाराले भने, 'सामाजिक मान्यता र पारिवारिक दबाब मुख्य कारण भएकाले ग्रामीण तह सम्म चेतना बिस्तारमा जरुरी छ ।'

यहाँको समुदायमा रजस्वला नहुँदै छोरीको बिहे गर्ने परम्परा कायम छ । रजस्वला भएकी छोरीको कन्यादान हुन नसक्ने अन्धविश्वासले ग्रामीण समुदायमा सानै उमेरमा बिहे गर्ने गरेको अधिकारकर्मी बताउँछन् । साथै सन्तान जन्माउने इच्छा पुरुषको नियन्त्रणमा हुने गरेको महिला अधिकारकर्मी बताउँछन् । 'सन्तान जन्माउन महिलाले आफू निर्णय गर्न सक्ने अवस्था छैन ।' बाल विवाह र छाउपडीविरुद्ध काम गर्दै
आएकी महिला उत्थान समाजकी अध्यक्ष कृष्णा बिष्टले भनिन्, 'पारिवारिक दबाब र सामाजिक मान्यताका कारण सानैमा आमा बन्ने बाध्यता देखिन्छ ।'

कलिलो उमेरमा आमा बन्नेमध्ये कतिपय स्वास्थ्य संस्थामा जचाउन नआएका हुन सक्ने स्वास्थ्य कार्यालयको अनुमान छ । 'धेरैजसोले गर्भवती जाँच गराउँदैनन् ।' स्वास्थ्य कार्यालयका परिवार नियोजन सुपरभाइजर डिल्ली जोशीले भने, 'गर्भ जाँच गराउनेको संख्या बढेकाले यो तथ्यांक बढेको हो ।' चे तना बढ्दै गएकाले जचाउन आउनेको संख्या बढेको स्वास्थ्य कार्यालयको दाबी छ । कम उमेरमा बच्चा जन्माउने महिला र शिशुको स्वास्थ्यमा समस्या देखिने गरेको छ । पाठेघर खस्ने, रक्त अल्पता हुने सँगै मृत्यको समेत जोखिम हुने गरेको स्वास्थ्यकर्मी बताउँछन् । जिल्लामा प्रजनन र स्वास्थ्यका क्षेत्रमा खर्च हुने बजेट यकिन तथ्यांक कसैसित छैन । जिविसका सामाजिक शाखा प्रमुख तथा निमित्त स्थानीय विकास अधिकारी नविनचन्द्र पाण्डेय तथ्यांक नदिने भएकाले लगानीको विवरण संकलन हुन नसकेको बताउँछन् ।

जिल्ला विकास समिति, महिला तथा बालबालिका कार्यालय, स्वास्थ्य कार्यालय, जर्मन विकास नियोग (जीआईजेड), सेभ द चिल्ड्रेन, संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष -यूएनएफपीए), गरिबी निवारण कोष, परिवार नियोजन संघ, केयर नेपाललगायतका एक दर्जनभन्दा बढी सरकारी तथा गैरसरकारी निकायले स्वास्थ्य र प्रजनन अधिकारका क्षेत्रमा काम गर्दै आएका छन् ।

श्रीमतीलाई बन्चरो प्रहार


महेन्द्रनगर, माघ १३ - 
कञ्चनपुरको दैजी ७ हात्तीथलाका चन्दबहादुर धामीले बिहीबार ३७ वर्षीया श्रीमती पार्वतीलाई उल्टो बन्चरो प्रहार गरी घाइते बनाएकाछन् ।
मुखमा उल्टो बन्चरो प्रहार गरेपछि गम्भीर घाइते पार्वतीको महाकाली अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।
लामो समयदेखि आफ्नै भाइबुहारीसँग अवैध सम्बन्ध राख्दैआएका चन्द्रबहादुरले यसअघि पनि विभिन्न पटक पार्वतीलाई कुटपिट गर्दै आएको छिमेकी बताउँछन् । 'बिहीबार पनि बुहारीसँगको अवैध सम्बन्धकै कारण विवाद भएपछि चन्द्रबहादुरले पार्वतीलाई उल्टो बन्चरो प्रहार गरेका हुन्,' पीडित महिलाका दाजु नाता पर्ने कमल खड्काले भने, 'घाइते श्रीमतीलाई उपचारका लागि पीडक आफंैले डेन्टल अस्पतालमा लिएर आएको अवस्थामा प्रहरीलाई खबर गरी चन्द्रबहादुरलाई पक्राउ गरिएको हो ।' घटनामा संलग्न चन्द्रबहादुरकी बुहारी बिश्ना धामीलाई पनि शुक्रबार प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले घटनास्थलबाट बन्चरोसमेत बरामद गरेको छ ।

पार्वतीको अधिकांश दाँत झरेको तथा गिजा जिब्रोमा चोट लागी ओठमुख सुन्निएर बोल्न नसक्ने अवस्था रहेको छ । 'यसअघि चारपटक गाउँमै पुगेर सम्झाइबुझाई दुवै पक्षलाई मेलमिलाप गराएका हौं,' अस्पताल पुगेकी महिला अधिकार रक्षक सञ्जालकी अध्यक्ष भारती सिंहले भनिन्, 'बुहारीसँगकै अवैध सम्बन्धका कारण पार्वतीको यो हविगत भएको हो ।' उनले पार्वतीको महिला हिंसासम्बन्धी घटनामा आफूहरू पीडकलाई हदैसम्मको सजाय माग गर्ने बताइन् । पार्वतीका दुई छोरा र १ छोरी छन् । घटनाको जानकारी पाएपछि पीडित महिलाका माइतीहरू पनि अस्पताल पुगेका छन् । तिहारतिर बहिनी पावर् ती माइत आएका बखत चन्द्रबहादुरले बुहारीसँग अनैतिक सम्बन्ध राखेर आफूलाई कुटपिट गर्ने गरेको बताएकी थिइन्,' कैलालीको मालाखेती ९ वसन्तपुरबाट आएका पार्वतीका दाजु गोपालसिंह खड्काले बताए । 'बुहारीसँगै बस्छ, मलाई कुटपिट गर्छ भनेकी थिइन्,' उनले भने । 

चन्द्रबहादुरका भाइ डेढ वर्षअघि भारततिर रोजगारीका लागि गएपछि उनीहरूबीच अवैध सम्बन्ध कायम भएको छिमेकी बताउँछन् । 'गाउँभरि सबैलाई थाहा छ,' छिमेकी चन्द्रबहादुर बोहराले भने, 'भाइ भारतबाट घर आयो भने दाजु चन्द्रले दुई दिन पनि बस्न दिँदैन, उतै पठाउँछ ।'
जिल्ला प्रहरी कार्यालयमा पीडित महिलाका नातेदार कमल खड्काको ठाडो निवेदनका आधारमा प्रहरीले चन्द्रबहादुर र उनकी बुहारीलाई नियन्त्रणमा लिएको प्रहरी निरीक्षक चतुर्भुज ओझाले बताए । 'पीडितका तर्फबाट कुन मुद्दामा कारबाही माग गर्ने हो जाहेरी प्राप्त भएपछि कारबाही प्रक्रिया अघि बढाइने उनले बताए ।

Panchthar banda called off after 4 days


KATHMANDU, Jan 25: Panchthar banda enforced over the arrest of six persons on charge of slaughtering an ox has been called off after four days, Friday. Long and small routes vehicles have resumed their service from today, District Administration Officer Kosh Hari Niraula said. However, Panchthar chairman of Nepal Federation of Indigenous Nationalities (NEFIN) Birkha Bahadur Waiba said that though the banda has been called off they would continue with sit-in protests. On January 10, six locals Dal Bahadur Gurung, Deepak Angmo, Ramesh Nembang, Shuv Chandra Rai, Binod Nembang and Pramish Guragain were arrested on the charge of slaughtering cow. NEFIN and various other organizations had called the banda demanding the withdrawal of the cases against the accused.

यसरी मारेँ श्रीमती


पाल्पा, माघ १२- 
पाल्पा रामपुरकी २८ वर्षीया सोनु श्रेष्ठको हत्यामा उनकै पति ओम श्रेष्ठ संलग्न रहेको खुलेको छ। पतिले घरमै सोनुको हत्या गरेर शव बोरामा पोको पारेर कालीगण्डकीमा फालिदिएको प्रहरी बयानमा स्वीकारेका छन्।

प्रहरीले शुक्रबार तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा ओमले हत्या स्वीकारेको भिडियो फुटेज सार्वजनिक गरिएको थियो। 'मैले रातको समयमा घाँटी थिचेर मारेँ, बोरामा पोको पारेर बाईकमा राखेर परेवाघाटबाट काली नदीमा फालिदिएँ।' उनले शव पानीमा नतैरियोस् भनेर शव पोको पारेको बोरामै करिव २५ किलोका दुईवटा ढुंगा समेत पोको पारेर गण्डकीमा फालेको बताए। प्रहरीले हत्यामा प्रयोग भएका बोरा, टर्च लाईट, डोरी, मोटरसाईकल समेत बरामद गरेर सार्वजनिक गरेको छ। ओमले आफूले भनेको नमान्दा रिस उठेर पत्नीको हत्या गरेको बताएका छन्।

घटनाको अनुसन्धानमा खटिएको क्षेत्रीय प्रहरी कार्यालय पोखराका एसपी मनोज न्यौपानेले घटनामा अन्य व्यक्तिहरुको समेत संलग्नता बारे अनुसन्धान जारी रहेको बताए। 'अनुसन्धान सकिएको छैन,' उनले भने 'उनी एक्लैले यो सबै गरे या अरुको समेत संलग्नता थियो भन्ने अनुसन्धान जारी छ।'

पाल्पाका प्रहरी प्रमुख डिएसपी स्थानेश्वर रेग्मीले ओमकी जेठी पत्नी कृष्णादेवी श्रेष्ठलाई समेत नियन्त्रणमा लिएर अनुसन्धान थालिएको बताए। पुस ४ गतेदेखि बेपत्ता सोनुको शव गत शनिबार बिहान ११ बजे कालीगण्डकी किनारमा भेटिएको थियो। हत्या प्रकरणलाई लिएर रामपुरमा प्रदर्शन भएपछि २७ घण्टे कर्फ्यु लगाउनु परेको थियो भने २३ जना प्रहरी र प्रदर्शनकारी घाईते भएका थिए। स्थानीयले प्रहरी कार्यालय नियन्त्रणमा लिएर तोडफोड र आगजनी गरेका थिए।

2013/01/25

घर फर्किंदै गरेका व्यापारीको टाउकोमा गोली प्रहार

नेपालगन्ज, माघ १२- 
गए राति अज्ञात समूहको गोली प्रहारबाट नेपालगन्जमा एक व्यवसायी गम्भीर घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार रामनगर निवासी २८ वर्षीय गौरव मल्ल घरतर्फ गइरहेको समयमा अज्ञात समूहले उनलाई एक्कासि गोली प्रहार गरेको थियो। टाउकामा गोली लागेका मल्लको नेपालगन्ज शिक्षण अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि भारतको लखनऊ लगिएको छ। 
रासस

भारतमा आमाले बेचिन ११ वर्षीया छोरी

हरेक आमाबाबुलाई आफ्नो सन्तान आफूभन्दा पनि प्रिय लाग्छ । तर, भारतमा एक आमाले आफ्नी ११ वर्षीया छोरीलाई बेचिदिएकी छिन् ।


भारतको राजस्थान राज्यको झरखण्डकी एक महिलाले आफ्नो छोरीलाई लिलामीमा राखेर साढे ६ लाख भारुमा बेचेकी छिन् । खरिद विक्रि सम्झौता दश रुपैयाँ स्टाम्प कागजमा गरिएको छ र रकम किस्तामा दिने सहमति भएको छ । पहिलो किस्ता बराबर २ लाख भने आमाले लिइसकेकी छिन् ।

जन्म दिने आमाले बेचेको थाहा पाएपछि बालिका विरोध गर्दै बस्तीबाट भागेकी थिइन् । किनकेलमा संलग्नहरुले उनीलाई लखेटेपछि एक होटलमा पसेकी बालिका फर्निचरमा लुकिन र त्यहाँ रहेका कसैले पुलिसलाई खबर गरिदियो ।

प्रहरीले बालिकाको आमासँग खरिदकर्तालाई पनि पक्राउ गरेको छ । पक्राउ परेकी ती क्रुर आमाले भने पञ्चालयले आफूमाथि लगाएको साढे ४ लाखको जरिवाना तिर्न आफूले छोरीलाई बेच्न खोजेको बताएकी छिन्।

उनका अनुसार बालिकाको विवाह माधोपुरमा एकसाग पक्का गरिएको थियो । तर, आमाले केही समयमा नै छोरीलाई फिर्ता ल्याएपछि गाउँ पञ्चायत बस्यो र उक्त कदमलाई गलत ठहर गर्दै अर्थिक जरिवाना तोक्यो । युवतीको परिवारलाई केही पैसा दिएर विवाह गरिन्छ ।

बालिकाले आफूलाई आमाले बेचेको र कन्जरी बस्तीमा लगेर अनैतिक कार्य गर्न दबाव दिएको बताएकी छिन् । आफूलाई कुटपिट समेत भएको भन्दै उनले मुम्बईमा बेच्ने कुरा भएपछि आफू भागेको प्रहरी समक्ष बनाएकी छिन् । बालिकालाई अहिले बालिका गृहमा राखिएको बीबीसीले जनाएको छ 


यीनी हुन अफ्रिकाको पहिलो अरबपति महिला

अंगोलाका राष्ट्रपतिका जेठी छोरी अफ्रिकाको पहिलो अरबपति महिला बनेकी छिन् । अमेरिकी पत्रिका फोब्र्सले राष्ट्रपति जोसे एड्डओर्डाका ४० वर्षीया इजबेल डास सान्टोसलाई अफ्रिकाको पहिलो अरबपति महिला घोषणा गरेको हो ।

उनी थुप्रै पोर्चुगली र्फमका लगानीकर्ता हुन्, जसमा केबल टीभी पनि छन् । फोब्र्सका अनुसार एक अंगोलिनय बैंकले उनलाई अरबपति घोषणा गरेको हो ।

उनले सबैभन्दा पहिला अुआण्डामा ‘मिआमी बीच’मा रेष्टुराँ खोलेकी थिइन् । अंगोलाका अधिकांश मानिसहरु भने गरिब छन् ।

सन् २००२ पछि अंगोला अफि्रकाको तेल उत्पादकका रुपमा देखापर्‍यो र तिब्र गतिमा आर्थिक विकास भइरहेको छ ।

राष्ट्रपति जोसेको परिवार पछिल्लो ३३ वर्षदेखि सत्तामा छ र अर्थ व्यवस्थाको ठूलो हिस्सा उनीहरुको नियन्त्रणमा छ ।

खाना मुखमा हाल्ने वित्तिकै ढुङ्गा बन्ने कस्तो अचम्म


आम्मै !!! कस्तो भुत्ले कुर्सी


बाल्यकालमा बाउआमाले सुनाएका कथा जिन्दगीभर नै सम्झनामा आइरहन्छन् । यस्ता उपदेशात्मक कथाहरु कहिलेकाहीँ मार्गदर्शन बन्छन् त कहिलेकाहीँ मनमा डर बनेर बसिरहन्छन् । सिँगापुरका एक जना मानिसले आफ्नी हजुरआमाले आफु सानो छँदा सुनाउने गरेको एक दन्तेकथाबाट प्रभावित भएर अनौठो भुत्ले कुर्सीको निर्माण गरेका छन् ।

३६ वर्षका ज्यासन गोहले यस्तो भुत्ले कुर्सी बनाएका हुन् जसलाई विश्वमै पहिलो भुत्ले कुर्सी मानिएको छ । सानोमा खाना खान मन नगर्ने र पस्किएको खाना खेलाइरहने बानी भएका गोहलाई तर्साउन उनकी हजुरआमाले माछाको भिमकाय भकुण्डोको कथा सुनाएर तर्साउने रहेछिन् ।

यदि खाना खेलाइरह्यौं भने यो ठूलो भुत्ले डल्लो राक्षस बन्नेछ र तिमीलाई निल्नेछ भनेर हजुरआमाले तर्साउने गरेको उनलाई अहिलेपनि याद छ । हजुरआमाले सुनाउने गरेको कथाबाटै प्रभावित भएर उनले यो भुत्ले भकुण्डे कुर्सीको डिजाइन तयार गरेका हुन् । उनले यो कुर्सीको नाम म्वाइ राखेका छन् ।

हेरौँ यो भुत्ले कुर्सी :





आजको राशिफल] 25 January 2013


आफन्तले फकाएर दिल्लीको कोठीमा बेचे


हेटौंडा, माघ १२ - 
मित दाजुले फकाएर दिल्लीको कोठीमा बेचे, कल्पनासमेत थिएन, उद्धार गरेर बिहीबार यहाँ ल्याइएकी युवतीले भनिन्, 'अस्मिता लुटियो ।' सुकौरा ८ की १६ वर्षीया किशोरीलाई मितदाजु र भाउजूले गत भदौ ८ मा विभिन्न प्रलोभन देखाएर अर्को दिन कोठी पुर्‍याएर बिक्री गरेका थिए ।

किशोरीको घर र मितदाजुको ससुराली नजिकै थियो । किशोरीलाई भाउजूले सुत्न बोलाइन् । सुत्न गइन्, निदाउन पाइनन् । दाजुभाउजूले अनेक प्रलोभन देखाए । चितवनमा गएर पसल थाप्ने भनेर उनलाई ९ गते बिहान गाउँबाट भगाए । उनीसँग गाउँकी एक युवती पनि थिइन् । उसलाई बाटैबाट फर्काए । 'मलाई फर्काउने कोही पनि भएन,' उनले भनिन्, 'म चितवन पुगेँ ।'

उनलाई भगाउने हर्नामाडी ४ का २१ वर्षीय लक्ष्मणी घिमिरे र १९ वर्षीया पत्नी सानुमाया स्याङ्तान हुन् । घिमिरेसँग दाजुले मित लगाएका थिए दम्पतीले किशोरीलाई एक रात आफन्तकोमा राखे । आफन्तले आमाको तिलहरी चोरेर आएको भनेर त्यहाँबाट भोलिपल्ट निकालिदिए । भदौ १० गते बिर्तामोड पुगँे । तीन दिन बिर्तामोडको होटलमा बसेपछि घिमिरे दम्पतीले चौथो दिन सबिता राई भन्नेलाई जिम्मा लगाएर भागे  सबिताले उनलाई घुम्न जाने भन्दै भारतको सिलगुढी पुर्‍याइन् ।

सिलगुढीमा आफूजस्तै ५ जना केटी फेला परे । एक रात त्यहाँ राखेपछि ६ जनालाई एक महिला र एक पुरुषले घुम्न जाने भनेर दिल्लीको ठम्बुस्थित कोठीमा पुर्‍याएको उनले बताइन् । 'नचाएर अनेक खालको काम गर्नुपर्‍यो,' उनले भनिन्, 'मार्ला भन्ने डर, बाध्य भएर मान्नै पर्‍यो  ६ कक्षामा पढाइ छाडेकी किशोरीको कोठामा इलामकी विवाहित अधबंैसे महिला पनि थिइन् । 

दलालको प्रलोभनमा उनी बेचिइएकी थिइन् । किशोरी र महिलाबीच दुःखसुखका कुरा हुन्थे । एक दिन कोठी मालिक्नीको छोराको मोबाइल फेला पारेर महिलाले आफू बेचिएको पतिलाई जानकारी गराइन् । इलाम घर भएका पति खोज्दै कोठीमा पुगे । मालिक्नीले १७ हजार भारु दिएपछि मात्र लैजान पाइन्छ भनी । पैसा तिर्न लगाएर कोठीबाट उद्धार भइन् । उनीहरूसँगै बिर्तामोड आएर माइती नेपालको सहयोगमा किशोरी बिहीबार हेटौंडा आइपुगेकी हुन् । उनी माइती नेपालको संरक्षणमा छिन्।

बाबु-आमा, दिदीबहिनी र दाजुहरू भेट्न उनी हतारिएकी छन् । आफ्नो घटना सुनाउँदा उनी पटक-पटक डाँको छाडेर रुँदै भनिन्, 'मलाई बिक्री गर्ने अपराधीलाई जेल हाल्नुपर्छ ।' बिक्री गर्ने घिमिरे दम्पती जेलमा छन् भन्ने कुरा उनलाई जानकारी छैन । उनीहरू जेलमा छन् भनेर जानकारी दिएपछि उनको अनुहारमा देखिएको पीडा र आक्रोशमा थोरै भए पनि परिवर्तन आएको थियो । घिमिरे दम्पतीलाई प्रहरीले उनलाई बिक्री गरेको आरोपमा गत कात्तिक २७ गते नेपालगन्जबाट पक्राउ गरेको थियो । जिल्ला अदालतको आदेशअनुसार उनीहरू पुर्पक्षका लागि थुनामा छन् ।

ल्यापटप र मोवाईल चोरी बाट बचाऊ


ल्यापटप र मोवाईल चोरी र लुटपाट गर्ने गिरोह काठमाडौंमा सक्रिय



nepal Bhitrako Khabar,{ video }

२० भन्दा बढी विद्यार्थीसँग यौन दुर्ब्यवहार गर्ने शिक्षक पक्राउ


लस एन्जल्स, माघ ११ (एजेन्सी) - लस एन्जल्स युनिफाइड स्कुलमा ४० वर्ष अध्यापन गराएका एक शिक्षकलाई २० भन्दा धेरै विद्यार्थीसँग यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्रेको छ।
चार कक्षामा पढाउने उनीमाथि कक्षा कोठामै यौन दुर्व्यवहारको आरोप लागेपछि प्रहरीले नियन्त्रणमा लिएको हो। रोवर्ट पिमेन्टल नामका यी शिक्षकमाथि १० महिनाको अनुसन्धान पूरा भएपछि प्रहरीले पक्रेको हो। उनीमाथि १५ वटा मुद्दा दायर भएका छन्। अदालतले उनीसामु १ करोड १० लाख अमेरिकी डलर बराबरको धरौटी माग गरेको छ।


यी शिक्षकमाथि एक युवतीसँग यौन दुर्व्यवहारको केस पनि रहेको छ तर त्यो प्रमाणित भइनसकेको प्रहरीले जनाएको छ।


५७ वर्षको उमेरमा गत मार्च महिनामा शिक्षण पेशा छाडेका उनीमाथि स्कुले छात्राहरुले आरोप लगाएका थिए। उनलाई यौन गतिविधिकै कारण स्कुलबाट हटाइएको थियो।

आजको राशिफल] 24 January 2013

नेपाली चमत्कार video जापान मा

मजा ले हेर्नु होला है हाम्रो नेपाली परम्परा अनुसार को फेस्टिवल भिडीओ

2013/01/24

दशरथ रंगशालामा खेलाडीहरु फुटबल खेल्न छोडेर भिडन्तमा ब्यस्त

ज्ञानेन्द्रले भने,’मुलुक बिग्रियो, बनाउन गाह्रो छ’

११ माघ, काठमाडौं । 
पूर्वराजा ज्ञानेन्द्रले मुलुकको बिग्रँदो अवस्थाप्रति गहिरो चिन्ता व्यक्त गर्नुभएको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाको विशालनगरस्थित घरमा बुधबार साँझ एकजना पत्रकारसँग लामो कुराकानी गर्दै पूर्वराजा ज्ञानेन्द्रले मुलुकको अवस्थाप्रति चिन्ता व्यक्त गर्नुभएको हो ।

कमल थापाका एकमात्र छोरा सुवास थापाको विवाहको निम्तो मान्न पूर्वराजा ज्ञानेन्द्र शाह थापानिवास पुग्नुभएको थियो । त्यहाँ पूर्वराजा शाहले पत्रकार युवराज घिमिरेसँग निकै लामो कुराकानी गर्नुभएको थियो ।

मुलुकलाई बिगारेर यो अवस्थासम्म पुर्‍याउन विदेशीहरुले निकै ठूलो कसरत गरेको र अब मुलुकलाई सुधार्न योभन्दा बढ्ता मेहनत गर्नुपर्ने पूर्वराजाको भनाइ रहेको स्रोत बताउँछ ।

हिजो पूर्वराजालाई, आज नागरिकलाई

पूर्वराजालाई राप्रपा अध्यक्ष थापाका छोराको विवाह भोज बुधबारै खुवाइए पनि अन्य नागरिकका लागि भने आज बेलुका ५ बजेदेखि आमी अफिसर्स क्लब भद्रकालीमा छुट्टै भोजको आयोजना गरिने भएको छ । विवाह निकै तडक-भडकका साथ गरिएको स्रोत बताउँछ ।

ठूला होटलहरुको नेटवर्कसँग सम्बन्धित बीड कन्सल्टेन्सीमा काम गर्ने थापापुत्र सुवासको विवाह डिल्लीबजारस्थित भोजन गृहका मालिक भरत बस्नेतकी जर्मनबाट एमबीए अध्ययन गरेर र्फकेकी छोरी शुभेच्छा बस्नेतसँग भएको हो