Image Hosted by ImageShack.us

2013/10/29

यसरी मारिन आफ्नै श्रीमतीले श्रीमानलाई(हेर्नुस भिडियो )

धादिङको जिल्लाको नलाङ गाउँ विकास समितिमा आज श्रीमतीले आफ्नै श्रीमानलाई धारीलो हतियार प्रहार गरि हत्या गरेकी छिन् । नलाङ २ खर्क बस्ने चन्द्रकुमारी अर्याले आज बिहान आफ्नै श्रीमान नन्द प्रसाद अर्याललाई हसिँया प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

घरायसी विवादको कारण हत्या गरिएको स्थानीयले बताएका छन् । विहान साडे नौ बजे घरमा बसीरहेको ५५ बर्षिय श्रीमानलाई पछाडीबाट ४ पटक सम्म घारीलो हतियार प्रहार गरि हत्या गरीकी हुन् ।

घट्नामा संलग्न चन्द्रकुमारी अर्याललाई प्रक्राउ गरि आवश्यक अनुसन्धान भईरहेको छ । उता मृतका छोरा फणिन्द्र अर्यालले हत्यारा संलग्न रहेकी आफ्नै आमालाई कारबाहीको लागी जिल्ला प्रहरी कार्यलय धादिङमा उजुरी दिएका छन् ।

No comments:

Post a Comment