Image Hosted by ImageShack.us

2014/01/10

जब कुखुराले बाघसँग टक्कर लियो…..

चिनियाँ बन्यजन्तु पार्कमा बाघ र बन कुखुराको लुकामारी उपस्थित मानिसहरुका लागि जति मनोरन्जनात्मक भयो, कुखुराका लागि भने दुःखद रहृयो ।हुन त बाघसँग जोरी खोज्नु उसको सानो साहस थिएन । हेलाङजिआङ प्रान्तको हार्बिनमा रहेको हिउँले ढाकिएको पार्कमा बाघको बथानमा उड्दै आएको कुखुराले एकछिन त छक्याएर बहादुरी नै प्रदर्शन गरेको थियो ।

तर, खेलमा अपवाद बाहेक एउटाको मात्र जित हुन्छ । यहाँ पनि त्यही भयो । कुखुरा एक बाघको पन्जामा पर्‍यो । १४ लाख ४० हजार स्वायर फिटमा फैलिएको यो पार्क साइवेरियन बाघका लागि राम्रो आश्रय स्थल मानिन्छ ।सन् १९९६ मा बनेको यो पार्कमा पाइने साइवेरियन बाघलाई बाघहरुमा पनि शक्तिशाली बाघका रुपमा हेरिन्छ ।

No comments:

Post a Comment