- कान्तिपुर संवाददाता , काठमाडौं
चैत्र २२, २०७२- कांग्रेस संसदीय दलको बैठकले सरकार स्यमं कालाबजारी, तस्करी र भष्ट्राचारीलाई बढवा र संरक्षण दिने काममा लागेको बताउँदै दैनिक उपभोग्य बस्तुको सहज आपूर्ति गर्न र सुशासनको प्रत्याभूति दिन आग्रह गरेको छ । 'सरकारको यस्तो जनविरोधी कार्यको भत्र्सना गर्दै त्यस्ता गतिविधि तत्काल रोक्न जोडदार माग गर्दछ' कांग्रेस संसदीय दलको निर्णयमा भनिएकोसरकार भूकम्पबाट ज्यू-धन एवं घरवास गुमाएका पिडित परिवारलाई राहत वितरण तथा पुनः निर्माणमा कार्य अघि बढाउन गैरजिम्मेवार एवं उदासिन बनिरहेको ठहर कांग्रेसले गरेको छ । उसले अविलम्ब राहत र पुनःनिर्माणको प्रभावकारी कार्य गर्न माग पनि गरेको छ ।संसदलाई छलेर सरकारले दीर्घकालीन प्रभाव पार्ने किसिमको अध्यादेश ल्याउन लागेको भन्दै कांग्रेसले त्यस्तो कार्य नगर्न सरकारलाई चेतावनी दिएको छ । सरकारले नयाँ संविधान अनुसार पुनरावेदन अदालतलाई उच्च अदालतमा रुपान्तरण गर्ने प्रयोजनको लागि अध्यादेशको तयारी गरेको थियो । प्रमुख प्रतिपक्ष कांग्रेसको विरोधपछि अध्यादेश नल्याउने निर्णयमा सरकार पुगेको छ । तत्कालिन सभापति एवं दलका नेता सुशील कोइरालाको निधनपछि पहिलोपटक बसेको दलको बैठकले स्वर्गिय कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको छhttp://bit.ly/1ov84sr
No comments:
Post a Comment