- कुलचन्द्र न्यौपाने , काठमाडौं

चैत्र २३, २०७२- नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी संसदीय दलको नेतामा आफ्नो उम्मेदवारी दर्ता गरएका छन् । सभापति शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गरेको केहीबेरमा पौडेलले उम्मेदवारी दिएका हुन् ।पौडेलको उम्मदेवारीमा प्रस्तावक पूर्वमहामन्त्री प्रकाशमान सिंह छन् भने समर्थक महामन्त्री शशांक कोइराला छन् ।एक महिनापहिले भएको सभापति निर्वाचनमा पौडेल देउवासँग पराजित भएका थिए । दलको नेताको निर्वाचन भोलि हुँदैछ । २६ गते संसदीय कार्यसमितिको निर्वाचन हुँदैछ ।
http://bit.ly/1V5XLsV
No comments:
Post a Comment