Image Hosted by ImageShack.us

2013/06/12

चक्रे मिलनसँग एक करोड धरौटी माग

Chakre Milanकाठमाडौं, जेष्ठ २९ - विशेष अदालतले सम्पत्ति शुद्धीकरण अनुसन्धान आयोगले मुद्दा चलाएका डन चक्रे मिलनसँग एक करोड रुपैयाँ धरौटी माग गरेको छ ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश केदारप्रसाद चालिसे र सदस्यद्वय मोहनरमण भट्टराई र भूपेन्द्रप्रसाद राईको इजलासले चक्रेकी श्रीमती इन्दिरासँग पनि २ लाख रुपैयाँ धरौटी माग गरेको छ । चक्रे मिलन लागु औषध कारोबार मुद्दामा कारागारमा थिए । उनी श्रीमतीसँगै बिहान १० बजे अदालतमा हाजिर भएका थिए ।
अदालतले धरौटी माग गरेकी श्रीमती इन्दिरा धरौटी बुझाएर रिहा हुने भएकी छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को अनुसन्धानका आधारमा विभागले मुद्दा दायर गरेकामध्ये तेस्रो स्थानमा रहेका पर्शुराम बस्नेतसँग विशेषले २ करोड रुपैयाँ मागेको थियो । उनी धरौटी बुझाउन नसकेपछि जेलमा छन् ।
चक्रेसँग ७ करोड ८ लाख रुपैयाँ बराबरको अवैद्य सम्पत्ति रहेको विभागले दायर गरेको मुद्दामा उल्लेख छ ।
विभागले जेठ ५ गते अवैद्य सम्पत्ति आर्जन गरेका डनहरु गणेश लामा, दीपक मनाङे, पर्शुराम बस्नेत, चक्रे मिलन र अभिषेक गिरीविरुद्ध सम्पत्ति शुद्धीकरण निवारण ऐनअन्तर्गत मुद्दा दायर गरेको थियो ।

No comments:

Post a Comment