Image Hosted by ImageShack.us

2013/06/19

जहाज दुर्घटना सपना झैं लागिरहेछ'

govinda pahadiकाठमाडौ, जेष्ठ २ - जोमसोममा हुने एक कार्यक्रममा भाग लिन म पर्वतको कुस्माबाट पोखरा आएर सिधै जहाज चढेर जाँदै थिए । म गैरसरकारी महासंघको केन्द्रीय सदस्य भएकाले संस्थासँग सम्बन्धित कार्यक्रममा भाग लिन हिंडेको थिएँ ।
बाटोमा जहाजबाट देखिने प्राकृतिक सुन्दरताको अवलोकन गदै हिमालको फोटो खिच्दै जाँदा मन निकै हर्षित भएको थियो । म जहाजको सबै भन्दा पछिल्लो सिटमा थिए । जहाज जोमसोम विमानस्थलमा अवतरण गर्दै थियो ।
जहाज टर्न गरेर झर्ने क्रममा जोडसँग हल्लिदै धावनमार्गबाट रफ्तारमा अघि बढ्यो । तर जब जहाज धावनमार्ग छाडेर हल्लिदै अघि बढ्यो अनि गडबढीको संकेत जस्तो लाग्यो । जहाज निकै जोडसँग हल्लिदै अघि बढेपछि विमानपरिचारिका निकै डराएर के भयो भन्दै कराउन थालिन् । उनको चिच्चाहटले म पनि डराएँ ।
जहाजको गति निकै रफ्तारमा अघि बढ्यो र कन्ट्रोल हुन सकेन । ड्याङ्ग आवाजसहित कालि गण्डकीको तीरमा बजारियो । जहाज खसेपछि अव मरियो भन्ने सोचें । नजिकै रहेकेा आकस्मिक द्वारबाट निस्कन खोजें तर मेसो पाइन । बाहिर निस्कनका लागी झोला बोकेर मान्छे कुल्चँदै अगाडिको भागबाट झ्याम्मै कालीमा फाल हानें । जोमसोमबाट अहिले हेलिकप्टरमा पोखरा अस्पतालमा ल्याइपुराएपछि नयाँ जीवन पाएको अनुभव गरेको छु ।

(मुस्ताङको जोमसोम भएको जहाज दुर्घटनामा परेका पहाडीसँग पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा शिव शर्माले गरेको कुराकानी)

No comments:

Post a Comment