Image Hosted by ImageShack.us

2013/07/28

अब कैदी जेलबाहिर, जागिर खाँदै परिवारसँग बस्न पाउने

१० साउन, काठमाण्डौं । राम्रो आचरण भएका कैदीले जेलबाहिर गएर जागिर खान पाउने र परिवारसँगै जेलमा बस्न पाउने गरी खुला कारागार अवधारणा लागू हुने भएको छ । यो अवधारणा यसैबर्षदेखि लागू गर्न लागिएको हो ।

पाँच बर्षभन्दा लामो प्रयासपछि सरकारले यस वर्ष खुला कारागार निर्माणका लागि बजेट छुट्टयाएसँगै सरकारले सुधि्रएका कैदीलाई निगरानीमा राखेर स्वतन्त्रता दिन लागेको नयाँ पत्रिका दैनिकमा खबर छ । बजेट आएसँगै ५/६ महिनाभित्रै खुला कारारगार सञ्चालनमा ल्याइने कारारगार व्यवस्था विभागका महानिर्देशक शम्भु कोइरालाले बताए ।

तीन सयजना राख्न सकिने गरी सरकारले यसअघि नै खुला कारागार निर्माण प्रक्रिया अघि बढाइसकेको छ । बाँकेको गनाहपुर गाविसमा खुला कारागार निर्माणका लागि विभागले जग्गा समेत तय गरेको छ।

‘खुला कारारगारमा कैदीहरु परिवारसहित बस्न पाउनेछन्,’ विभागका महानिर्देशक कोइराला भन्छन्, ‘तर उनीहरुले अन्य कैदीले जस्तो राज्यबाट पाउने सुविधा पाउँदैनन् । आफै काम गर्नुपर्ने हुन्छ ।’ खुला कारागारमा दिनभर जेलबाहिर गएर बस्न सक्छन भने साँझ जेलमै र्फकनुपर्ने हुन्छ ।

No comments:

Post a Comment