प्रेम सुनार/गुल्मी,श्रावण १२ देश भर अहिले बलत्कारका घटना दिन प्रतिदिन होइन, केही घण्टाको फरकमा सुनिरहेका छन् । यस्तै गुल्मीको बडागाउाका एक ब्याक्तिले आफ्नी १२ वर्षिया छोरीलाई बलत्कार गरेका छन् । बडागाउा ८ निवासी ३९ वर्षिय रामबहादुर कुमालले १२ वर्षिया छोरी सानु कुमाल नाम परिवर्तनलाई वलत्कार गरेको स्वयमले बताएकी हुन् ।
साउन १० गते दिउसो करिव २ वजेको समयमा घरमा कोहि नभएको बेला कुच्चोले दलान बढार्न लागेकी छोरीलाई समातेर भित्र लगी ढोका थुनेर झाडनले मुख थुन्दै बलत्कार गरेको उनले बताईन् । आफुलाई बेहोस हुने गरी घरमा बाबुले बलत्कार गरेको भन्दै उनले धान रोप्ने मेलामा गएकी आमासंग भने पछि आमाले वामीटक्सार प्रहरी कार्यालयमा उजुरी दिएकी थिईन् । प्रहरीले निजलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी आज शनिवार उनकी आमाबाट निज विरुद्ध किटानी जाहेरी दिएकी छिन् ।निजले पनि आफुले बलत्कार गरेको स्विकार गरेका छन् ।
‘ खै त्यस दिन के भयो मलाई त्यस्तो काम गर्न पुगे’– उनले भने । निमित्त जिल्ला प्रहरी प्रमुख प्रहरी निरक्षक निशान्त श्रीवास्तवले अनुसन्धान भई रहेको बताए । निज बालिकाको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । गरिव परिवारकी उनलाई स्थानिय अर्जुन के।सी। लगायतका गाउाबासीले १२ सय रुपैयाँ चन्दा उठाएर उजुरी दर्ता गराउन तम्घास पठाएका थिए । ति वालिका हिड्न सक्दीन् र एकहोरो टोलाएर सुति रहने गरेकी छन् ।
उनको पेन्टी रक्ताम्मे अवस्थामा देखेको बालिकाकी आमाले बताईन् । झाडनले मुख थुनेर त्यतिका बेर सम्म छोरीलाई त्यस्तो काम गरे छन् धन्न छोरीको ज्यान गएन् छ उनले भनिन् त्यो बाउ भा’को अपराधीलाई कडा कार्वाही हुनु पर्छ ।’‘म दश वजे मेलामा हिडे बाबु छोरीले मकै खोल्साउनुस भनेर हिडेकी थिए के थाह बाबुले त्यस्तो कुकर्मा गर्लान भन्ने उनले रुदै भनिन् । बालिका सानै देखि पौष्टीक आहर नपाएका कारण दुब्ली, पातली छन् । उनको शाररिक विकास पनि भएको छैन् ।
No comments:
Post a Comment