काठमाडौं, भाद्र ६ - क्यारेबियन टापु अरुबामा भएको मिसेज युनिभर्स- २०१३ मा सहभागी नेपाली प्रतियोगी मिना घिमिरे दुर्घटनामा घाइते भएकी छन् । अरुबामा नेपाली नगण्यमात्र रहेकाले ढिलो सूचना आएको हो ।
मिसेज् नेपाल- २०१३ घिमिरे नेपालको प्रतिनिधित्व गर्दै अमेरिका गएकी थिइन् । प्रतियोगिता सकिएको भोलिपल्ट साउन २९ गते बाटो काट्नेक्रममा उनी दुर्घटनामा परेकी हुन् । उनको साउन ३० गते फर्कने टिकट थियो ।
अरुबामा रहेका छत्रबहादुर मैनालीले दिएको जानकारी अनुसार घिमिरेको अरुबा हस्पिटलमा उपचार भइरहेको छ । उनको स्वास्थ्य सुधारोन्मुख रहेको मैनालीले जानकारी दिए ।
घिमिरेको स्वास्थ्य उपचार खर्च आयोजकले नै व्यहोरिरहेको छ । घिमिरे काठमाडौंको बौद्ध पिपलबोटमा स्नेहा किड्स होमकी सञ्चालक हुन् । घिमिरेका श्रीमान् मोहनले बिहीबार बिहान आफूले श्रीमतीसँग कुरा गरेको बताउँदै अझै चार साता अस्पतालमा बस्नुपर्ने बताए ।
मिसेज युनिभर्स- २०१३ को उत्कृष्ट १० मा परेकी उनले मिसेज इन्टेलिजेन्ट विधामा अवार्ड जितेकी थिइन् ।
No comments:
Post a Comment