Image Hosted by ImageShack.us

2013/11/06

हामीलाई वहुमत दिनुहोस् एक वर्षमा नै संविधान दिन्छौ : प्रचण्ड


म्याग्दी, कात्तिक १४

एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) आसन्न दोस्रो संविधान सभाको निर्वाचनमा आफ्नो पार्टीले स्पस्ट बहुमत ल्याए एकवर्ष भित्रमै नेपाली जनतालाई नयाँ संविधान दिने दाबी गरे।

एकिकृत नेकपा माओवादी म्याग्दीले बिहीबार बेनीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले पहाडी क्षेत्रवाट २०६४ सालको संविधान सभाको निर्वाचनमा पनि नेकपा एमालेले वहुमत ल्याएको वताउँदै यसपालीको संविधान सभामा पनि स्पष्ट बहुमत ल्याउने र एक वर्षभित्रमा संविधान जारी गर्ने वताए।

हजारौं जनताको बलिदानीपछि २०६४ सालमा संविधानसभाको निर्वाचन भएको स्मरण गर्दै यो पटक एकीकृत माओवादीको ठूलो त्यागपछि मात्रै संविधानसभा निर्वाचन हुन लागेको भन्दै यसको सदुपयोग गर्न आग्रह गरे।

अहिलेको समय भनेको अवसर र चुनौती दुबै भएको हुनाले सबैले एमाओवादीलाई सहयोग गर्न अध्यक्ष प्रचण्डको आग्रह थियो। चुनावी सभाका क्रममा प्रचण्डले अहिले देशैभरि एमाओवादीको पक्षमा जनलहर चलिसकेको हुनाले स्पस्ट बहुमत आउने कुरामा आफू विश्वस्त रहेको बताए ।
कार्यक्रममा एमाओवादी म्याग्दीका सेक्रेटरी गोविन्द गौडेल, उम्मेदवार लोकेन्द्र विष्ट,लगायतले बोलेका थिए।

No comments:

Post a Comment