नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले आहृवान गरेको आम हड्ताल बिहानैदेखि प्रभाव परेको छ । बन्दका कारण यातायात, बजार, पसल, शिक्षण संस्था ठप्प भएका छन् । सडकमा बन्दकर्ताको उपस्थिति पातलो भए पनि भयका कारण सवारी चलेका छैनन् ।
खिलराज नेतृत्वको सरकारले मंसिर ४ गतेका लागि तोकेको संविधानसभा निर्वाचन बहिस्कारको घोषणा गरेको मोर्चाले बन्दलगायतका विरोधका कार्यक्रम गरेर बिथोल्ने प्रयास गरेको छ । बन्दका क्रममा विभिन्न जिल्लामा सवारी तोडफोड भएका छन् भने केही ठाउँमा शंकास्पद वस्तु फेला परेको छ । प्रहरीले तीन दर्जनभन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।
दोलखामा अरनिको यातायात सेवा समितिको तीन वटा बसमा आगजानी गरेको छ । त्यस्तै भक्तपुरमा शान्ति मन्त्रालयको एउटा जीपमा पनि आगजानी गरेको छ । समितिका सचिव श्याम लामा का अनुसार दोलखा बसपार्कमा पार्किङ गरिराखेको बा ३ ख १८०६, बा २ ख ३५३४ नम्बरको बसमा र सानोठिमीमा ना ३ ख ३७११ नम्बरको आगजानी भएको छ ।
यात्रु बाहक सवारीमा आगजानी भएपछि सुरक्षा नभएको भन्दै कोटेश्वर पूर्वका जिल्लामा सञ्चालन हुने बस ठप्प छ । तीन वटा बस जलाएपछि असुरक्षाको महसुस गरेर सवारी सञ्चालन नभएको हो । यातायात सुचारु गर्न बसपार्कमा बिहान बस तयारी अवस्थामा राखेपनि व्यवसायीले असुरक्ष्ँका कारण सेवा सञ्चालन गर्न नमानेको उनले बताए ।
त्यस्तै भक्तपुरको खरिपाटीस्थित शान्ति मन्त्रालयको बा. १ झ. ७०८४ नम्बरको पार्किङ्ग गरिराखेको गाडीका राती एक बजे आगजनी गरि फरार भएका छन् । आगजनी गरेको थाहा पाए लगत्तै स्थानियले आगो नियन्त्रणमा लिएकाले गाडी आशिक क्षति भएको प्रहरीले जनाएको छ ।
त्यस्तै सानोथिमि एसओएस नजिकैको एक वालुवा डिपोमा रोकिराखेको बसमा आगजनी गर्दा बस पूर्ण रुपमा जलेर नष्ट भएको छ । भक्तपुरका एसपी जगतमान श्रेष्ठले आगो लगाउने समूहको खोजी भइरहेको बताए । राजधानीमा केही सवारी तोडफोड गरिएको छ भने आधा दर्जन स्थानमा शंकास्पद वस्तु फेला परेको छ । काठमाडौंको त्रिपुरेश्वरस्थित नेपाल विद्युत प्राधिकरण अगाडि राखिएको बम डिस्पोज गरिएको छ ।
बुद्धनगर, गोंगबु, धापासी, डिल्लीबजारमा पनि शंकास्पद वस्तु भेटिएका छन् । यद्यपी त्यहाँ बम भेटिएनन्, कुकरमा भूस राखिएको तथा खतरा भनेर बोरा राखिएको भेटिएको छ । कोटेश्वरमा नागरिक दैनिकको बा ४ च ४८७२ नम्बरको गाडी तोडफोड गरिएको छ ।
सुविधानगर तीनकुनेमा पार्किङ गरिएको बा ६ च ५५११ र बा ३ च ७८२२ सवारी तोडफोड गरिएको छ । तीनकुनेमै टि्रटन कलेजमा पार्किङ गरिएको बा ४ च २४३२ सेन्ट्रो कार र ग्लोबल कलेज अगाडि रहेको कांग्रेस सम्पर्क कार्यालय तोडफोड गरिएको महानरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी अर्जुनचन्द ठकुरीले जानकारी दिए ।

No comments:
Post a Comment