Image Hosted by ImageShack.us

2013/03/25

मलेसियामा ६ नेपालीको हत्या

मलेसिया, चैत्र १२ -  
मलेसियाको जोहोरस्थित पासिर गुडाङमा रहेको एक कम्पनी होस्टलमा हतियारधारी समूहले आक्रमण गरी ६ जना नेपालीको हत्या गरेको छ । सामान्य विवादमा स्थानीय युवाले हतियार सहित होस्टेलमा प्रवेश गरी आक्रमण गरेको हो ।

घट्नको पुष्टी गर्दै नेपालका गृह तथा परराष्ट्र मन्त्री माधव घिमिरेले ६ जनाको मृत्यु भएको बताएका छन् । उनले घाइते १८ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको भन्दै अस्पतालमा भर्ना बिरामी हेर्नका लागि मलेसिया स्थित नेपाली दूतावासका कर्मचारी चक्र सुवेदीलाई पठाइएको बताए ।

घट्नाबारे थप बुझ्न त्यहाँस्थित परराष्ट्र मन्त्रालयमा कार्यवाहक राजदूत लेखनाथ भट्टराईलाई पठाईको छ भने काठमाडौंस्थित
मलेसियन राजदूतलाई परराष्ट्र मन्त्रालय बोलाइएको घिमिरेले बताए ।

तामान चिन्ताना स्थित भेन्चर कम्पनीनजिकै रहेको अर्को एक कम्पनी-होस्टलमाझगडाले उग्र रुप लिएपछिअहिले त्यस क्षेत्रतनावग्रस्त छ । त्यहाँ कसैलाई पनि प्रवेश दिइएको छैन । ूशुरुमा एक स्थानीययुवासंग सामान्य विवाद भएपछि नेपालीमाथि हतियारधारीले होस्टलमै प्रवेश गरि आक्रमण गरेको रहेछ,' नामनबताउने शर्तमा नजिकैको अर्का एक कम्पनीमा कार्यरत नेपालीले टेलिफोनमा भने । घटनाका घाइतेहरुको त्यहाँको सुल्तान इस्माइल अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

'हामी बेलुकाबसमा कोठामा आउँदै गर्दा हुलकाहुल मान्छेहरु चिच्याउँदै भागदौड गरिरहेका थिए । हातमा तरबार र चक्कुलिएका मान्छेहरु
होस्टल परिसरमै थिए ।'नजिकैको अर्को कम्पनीमा कार्यरत एक नेपालीयुवाले भने 'त्यसपछि हामी आफ्नो कोठामा आएपछि विभिन्न हल्लाहरु चलिरहेका छन् । केहीबुझ्न सकीएको छैन ।'

उनका अनुसार होस्टलको ब्लक २० मा सो घटना भएको थियो । आइतबार बेलुका करिब ७ बजे भएको सो घटनामा स्थानीयहरु पनि घाइते भएका छन् र घटनापछि केही बेरमै प्रहरी घटनास्थल पुगेको थियो । घटनानियन्त्रणमालिन केही राउण्ड हवाइफायर समेत गर्नुपरेको बताइएको छ ।

घटनास्थल राजधानी क्वालालम्पुरबाट करिब ३ सय ४४ किमी 
पश्चिममा पर्दछ । घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ ।

No comments:

Post a Comment