Image Hosted by ImageShack.us

2013/03/15

नेपाली जनसम्पर्क समिति नेदरल्याण्डसको चौथो अधिबेसन तयारि पुरा

नेपाली काँग्रेसको विदेशस्थित शाखा नेपाली जनसम्पर्क समिति नेदरल्याण्डसमको अधिबेशनको तयारी पुरा भएको छ । मार्च 4,2013 तारिखका दिन हुने भनिएको अधिबेशन बिबिध कारण बस तथा नेपाली कांग्रेस केन्द्रिय कार्यालयको अनुरोधमा मार्च 18, 2013 का दिन हुने पक्का भएको छ। Tussenmeer 68, 1069 DS, Amsterdam को हलमा बिहान 11:00 बजे देखि हुने अधिबेशनको तयारी पूरा भएको र उक्त अधिबेशनमा केन्द्रको तर्फ बाट प्रमुख अतिथिको रुपमा केन्द्रिय सदस्य तथा जनसम्पर्क समिति समन्वय बिभाग प्रमुख अर्जुन जोशी आउने समेत नेपाली जनसम्पर्क समिति नेदरल्याण्डसका अध्यक्ष ठाकुर प्रसाद शर्माले जानकारी दिनुभयो।

नेदरल्याण्डस स्थित विभिन्न सहरहरुमा बसोबास गर्नुहुने सम्पूर्ण प्रजातान्त्र प्रेमी इच्छुक साथीहरुले मिति 10 मार्च 2013 सम्म संस्थाको साधारण सदस्यता लिनको लागि तथा नवीकरण गर्नु हुनको लागि नेपाली जनसम्पर्क समिति नेदरल्याण्डको तर्फबाट हार्दिक आह्वान समेत गरिएको छ।

साथै उक्त अधिवेशनका लागी नेदरल्याण्डसमा रहनुभएका नेपाली काँग्रेसप्रति आस्था राख्ने समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको उत्साहजनक सहभागिताका लागि नेपाली जनसम्पर्क समिति नेदरल्याण्डसको तर्फबाट हार्दिक आह्वान गरिएको छ।

No comments:

Post a Comment