Image Hosted by ImageShack.us

2013/03/13

बलम्बुमा पानीको समस्या

बलम्बु, फाल्गुन २९ -
सामान्यतया डोकोमा पानी बोक्ने चलन गाउँघरमा छ । राजधानीमा यस्ता दृश्य देखिँदैनन् । पानीको समस्या खेपिरहेको चक्रपथभन्दा ५ किलोमिटर दूरीको बलम्बुका महिला भने घन्टौं हिँडेर पानी लिन जान्छन् र डोकोमा गाग्री बोक्छन् ।

पानी, विद्युत्, सडकको सुविधा अझैसम्म गाविसमा पुग्न सकेको छैन । स्थानीय उमा पौडेलले एक ग्रागी पानी ल्याउन पनि घटौं पैदल हिँडेर जाने बाध्यता रहेको बताइन् । 'पानी कहीं पनि छैन निकै समस्या छ, समाधान कसले गरिदेला ?' उनले भनिन् । गाउँमा खानेपानी नहुँदा विशेषगरी महिलालाई बढी समस्या भएको उनले बताइन् । 'पुरुषहरू त आफ्नो काममा जान्छन् पानी नहुँदाको पीडा महिलालाई बढी छ,' उनले भनिन् । गाउँमा खानेपानीको नाममा सानो कुवामात्र भएको भन्दै उनले त्यसैमै एकगाग्री पानीका लागि घन्टौं कुर्नुपर्ने बाध्यता रहेको बताइन् । 'गुम्बाले धारा बनाइदिएको छ, त्यसले मात्र पानी पुग्दैन, त्यो पनि धेरै टाढा छ,' उनले भनिन् । बलम्बु गाविसको ७, ८ र ९ वडामा मानिसले पानीको समस्या वर्षौंदेखि भोग्दै आएको उनले बताइन् । बलम्बुकै प्रकाश केसीले राजधानीको गाविस हुँदा पनि खानेपानी डोकोमा बोकेर ल्याउँछन् भन्दा अचम्म लागेको बताए । 'समस्या वषौर्ंदेखि जस्ताको त्यस्तै छ, दुःख पाएका छौं, यो समस्या कसले बुझिदिने ?' उनले भने । बलम्बुका करिब चार सयभन्दा बढी घरधुरीले वषौर्ंदेखि खानेपानीको समस्या भोग्दै आएका छन् । खानेपानीको समस्या समाधानका लागि डिप बोरिङ एकमात्र विकल्प भएको उनले बताए । 'पानीका स्रोतहरू कहीं पनि छैनन्, अरूभन्दा डिप बोरिङ सबभन्दा उत्तम विकल्प हो,' उनले भने । पूर्व गाविस अध्यक्ष गुणदास महर्जनले पनि खानेपानी समस्या समाधानका लागि एकमात्र विकल्प डिपबोरिङ भएको बताए । 'खानेपानी समस्या समाधान गर्न सकिएको छैन, त्यसका लागि विभिन्न स्तरबाट पहल गरिराखेका छौं, खासगरी दीर्घकालीन स्रोत नै छैन,' उनले भने । ९ वडामा पनि त्यस्तै समस्या रहेको भन्दै 'पुलिङ पद्धति' बाट खोलाको पानी तानेर त्यहाँका बासिन्दा पानी वितरण गरेको उनले बताए । '९ वडाका मानिसको समस्या बल्ल पूरा गरे, अहिले करिब ८ घरको एक धारा छ, अब यहाँका जनताका समस्याका बारेमा पनि सोच्दै छौं,' उनले भने ।

No comments:

Post a Comment