गंगा राज पण्डित, बाजुरा बैशाख १४ -
माटोको ढिस्कोले पुरीएर जयवागेश्वरीमा आज विहान दुई बालिकाको मृत्यु भएको छ । मुत्यु हुनेमा जयवागेश्वरी गाविस–१ पीपल गाँउकी चन्द्र बुढाकी ११ वर्षिया छोरी शुक बुढा र मन्देवी धामीकी ८ वर्षिया छोरी प्रमिला धामी रहेकी छन् । घर पोत्नका लागि माटो लिन गएका बेला माटोको डिस्कोले पुरीएर बालिकाको मृत्यु भएको स्थानीय भरत कुंवरले खबर दिनु भएको छ । शनिवारको दिन भएकाले दुबै बालिका गाँउ नजिकै घर पोत्नका लागि माटो लिन गएकी थिइन् । मृतक बालिका गाँउमै रहेको कुर्पेकोट निमाविमा शुक बुढा कक्षा ५ र प्रमिला धामी कक्षा ३ मा अध्ययनरत थिईन । बालिकाको मृत्यु पछि गाँउ नै शोकाकुल भएको छ । दुई तिन दिन देखिको अविरल पानीले जमिन गल्कीएकाले एक्कासी माटो खन्ने क्रममा माथि बाट डिस्को खेसेर मृत्यु भएको बताइएको छ ।
No comments:
Post a Comment