प्रहरी टोलीमाथि महिलाको आक्रमण;
अपराधीलाई भगाएको छ । अपहरण समबन्धी मुद्दामा अदालतद्वारा सजाय तोकिएका रामेश्वर मरबैतालाई हतकडी सहित भागेका छन् ।
अपराधी पक्राउ गर्न गएको प्रहरीटोली र नरसिंहका महिलाबीच केही बेर अघि झडप भएको थियो । त्यही क्रममा पक्राउ परेका अपराधी भाग्न सफल भए ।
झडपमा परी तीनजना प्रहरी घाइते भएका छन् । केही वर्ष अघि अपहरणको मुद्दामा जिल्ला अदालतद्धारा सजाय पाएका नरसिंह ६ का मरबैतालाइ पक्राउ गर्न आज बिहान सादा पोसाकका प्रहरी उनको घरमा पुगेका थिए ।
मरबैतालाइ हतकडी लगाएर ल्याउन खोजेपछि स्थानिय महिलाहरुले प्रहरीमाथि आक्रमण गरेका थिए । ठूलो संख्यामा स्थानीय महिलाहरुले आक्रमण गरेपछि ६ जनाको संख्यामा रहेका प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालयमा खवर गरेका थिए ।
सदरमुकाम इनरुवावाट चार किलोमिटरको दुरीमा रहेको नरसिंह क्षेत्रमा ब्यापक संख्यामा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ । प्रहरीले हतकडी सहित फरार मरबैतालाइ घर घरमा खोजिरहेपनि अहिले सम्म फेला पर्न सकेको छैन् ।
डिएसपी लक्ष्मण गिरीले फरार अपराधी पक्राउ गर्न सादा पोसाकका गएको प्रहरी माथि आक्रमण भएको भन्दै हतकडी सहित भागेका अपराधीको खोजी भइरहेको जनाए ।

No comments:
Post a Comment