Image Hosted by ImageShack.us

2013/04/23

चट्याङमा परी खोटाङमा एक बालकको ज्यान गयो, चार घाइते

खोटाङ, वैशाख १०- चट्याङमा परी खोटाङमा एक बालकको ज्यान गएको छ भने चारजना घाइते भएका छन्। सोमबार राति परेको चट्याङले दिप्लुङ-९ का मङ्गलध्वज राईको १३ वर्षीय छोरा निशान राईको घटनास्थलमै ज्यान गएको हो।

खाना खाएर आगो तापिरहेको अवस्थामा मङ्गलध्वजको घरमै परेको चट्याङले उनका आठ वर्षीय छोरा गणेश राई, ३९ वर्षीय भाइ सन्तोष राई, साइनोले भतिज पर्ने १३ वर्षीय सियाहाङ राई र सोही गाविसको वडा नम्बर ७ बस्ने ५० वर्षीय रामकुमार राई घाइते भएका छन्।

घाइते सबैको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको इलाका प्रहरी कार्यालय चिसापानीका प्रहरी सहायक निरीक्षक बच्चुराम बुढाथोकीले जानकारी दिए । घाइते सबैको अवस्था खतरामुक्त रहेको पारिवारिक स्रोतले जनाएको छ। रासस

No comments:

Post a Comment