जेठ १६ – भारतको राजधानी नयाँदिल्ली लगायतका मुख्य शहरमा माओवादीले आक्रमण गर्ने सम्भावना बढेको सुरक्षा निकायले दावी गरेका छन् ।
आउँदो महिनामा मुख्य शहरका सुरक्षाका हिसाबले कमजोर ठाउँमा आक्रमण गर्ने तयारी गरेको सुरक्षा निकायको ठहर छ ।
केन्द्रीय गृह मन्त्रालयका एक अधिकारीका अनुसार छत्तिसगढ, झारखण्ड र उडिसाको जंगलमा रहेका माओवादीहरुको फोन वार्ताका आधारमा यस्तो जानकारी प्राप्त भएको हो ।
गएको शनिबार छत्तिसगढमा भएको आक्रमणबाट प्रभुत्व स्थापित गर्न माओवादीलाई बल पुगेकाले राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमा ध्यान आकर्षित गर्न र सांगठनिक मनोबल बढाउनका लागि आउँदा दिनमा शहरी क्षेत्रलाई लक्षित बनाउने कोशिस गर्ने सुरक्षा निकायको ठहर छ ।
सुरक्षा अधिकारीहरुले माओवादीलाई पूर्ण रुपमा हराउन प्रभावित क्षेत्रमा अझै दुई तीन वर्षसम्म कारवाही अभियान चलाउनुपर्नेमा जोड दिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
माओवादी विरुद्ध अभियान चलाउनका लागि कम्तीमा पनि २७ हजार अर्धसैनिक बलका जवान तैनाथ गर्नुपर्ने उनीहरुको सुझाव छ । अहिले माओवादी प्रभावित क्षेत्रमा ८२ हजार जवान कार्यरत छन् ।
No comments:
Post a Comment