काठमाडौँ- इस्लामको अपमान गरेको अभियोग लगाई जेल राखिएका नेपाली शिक्षक दोर्जे गुरुङलाई रिहा गरिएको दोहान्युजले जनाएको छ। उनलाई रिहा गर्न उनका साथी, सहकर्मी र विद्यार्थीहरुसहितले अन्तर्राष्ट्रिय अभियान चलाएका थिए।
'कतार एकेडेमी स्कुल'मा कार्यरत रसायनशास्त्रका शिक्षक गुरुङ लाई उनको आफ्नै विद्यार्थीले धार्मिक अनादर गरेको आरोप लगाई पक्राउ गराएका थिए।
उनी दुई वर्षदेखि कतारको विद्यालयमा पढाउँदै थिए। विद्यार्थीहरुले उनलाई ज्याकी च्यान जस्तो देखिने भनी जिस्काउने गरेको र यसै क्रममा विद्यार्थीसँग सामान्य विवाद भएको, २३ अप्रिलमा खाना खान लाग्दा एक जना विद्यार्थीले कुममा हात राखेर नाकमा औंलाले घोचिदिएपछि दोर्जेले हप्काएपछि विद्यार्थीहरुले प्रहरीमा उजुरी गरी पक्राउन लगाएको त्यहाँको मिडियाले जनाएको थियो।
उजुरीपछि विद्यालय प्रशासनले निश्कासन गरेका उनी स्वदेश फर्कने तयारी गर्दैगर्दा पक्राउ परेका थिए। उनलाई अदालतमा समेत उपस्थित गराइएको थियो। अभियोग प्रमाणित भए उनले सात वर्षसम्मको सजाय भोग्नुपर्ने हुनसक्थ्यो।
यसअघि उनले अस्ट्रेलिया, बेलायत र अमेरिकामा समेत पढाएका थिए।
No comments:
Post a Comment