Image Hosted by ImageShack.us

2013/05/23

खाने पानी र डम्पीङ्ग साईड एकै ठाउँले हैजाको खतरा

प्रेम सुनार, गुल्मी जेठ ९ -
गुल्मीको सदरमुकाम तम्घासमा तिसौं हजार उपभोक्ताले पिउने पानीको मुहान र डम्पीङ्ग साईड एकै ठाउँमा रहेको छ । गत विस वर्ष अघिदेखि वनाईएको तम्घास नजिकै ओख्रेनी डम्पीङ्ग साईडमा रहेको पानीको मुहानबाट गत केहि वर्ष यता तम्घास बृहत लिफ्टीङ्ग सिष्टम खाने पानी योजनाको पानी उपभोक्ताहरुलाई खुवाउदै आईएको छ । जुन योजनाको खाने पानी तम्घास वजारबासी सहित बाहिरबाट पढ्न आउने विध्यार्थी , ब्यबसायी, अन्य पेशाका गरी झण्डै तिस हजार उपभोक्ताले पिउने गर्दछन् । डम्पीङ्ग साईडमा कागहरुको वास स्थान छ । त्यहाँ फ्याँकिएको विभिन्न फोहर , त्यो भन्दा पनि हड्डीका टुक्रा त्यसै मुहानमा कागले खसाली दिन्छन् । चारै तिर दुर्घन्धीत छ । त्यस्तो बातबरणको विचमा रहेको मुहानको पानी पिउँदा कुनै दिन उपचार नै गर्न नसक्ने गरी हैजा फैलिने खतरा रहेको तम्घास भ्रमणमा आएका एक बिदेशी डाक्टरले बताएका छन् । ‘हामीले ति डाक्टरलाई घुमाउन लग्यौ’ तम्घास फोहर मैला ब्यवस्थापन तथा बातबरण समितिका सदस्य तारा भुषालले भने ’‘त्यस पानीको मुहान र डम्पीङ्ग साईड संगै देखेपछि ति डाक्टर टक्क उभिएर सोधे तम्घासमा अस्पतालहरु कति छन् ? ’ मैले किन भन्दै अस्पातल एक निजी सहित दुईवटा छन् भनेर भने अनि ति डाक्टरले भने यो पानीबाट कुनै दिन हैजा फैलिने छ र यहाँ उपचार हुन नसकेर कैयौ मान्छेको ज्यान जाने छ डम्पीङ्ग साईड अन्यत्र सार्नुहोस् ’। बिदेशीहरुले समेत यस्तो खतराको संकेत दिई रहेकोे त्यो स्थानबाट डम्पीङ्ग साईड तम्घास ८ को लसुने डाँडाको खोल्सामा सार्न काम सुरु गरेकाृे दुई वर्ष भई सक्दा पनि स्थानियबासीको अवरोधका कारण सार्न सकिएको छैन । तम्घास ८ का करिव १९ घरधुरीका अवरोधका कारण आफुहरुले काम अगाडी बढाउन नसकेको तम्घास फोहर मैला ब्यबस्थापन तथा बातवरण संरक्षण समितिले जनाएको छ । समितिले आज पत्रकार सम्मेलन गरी यस्तो जनाएको हो । ‘हामीले गत बर्ष स्थानियबासीको अवरोधपछि राजनैतिक दल सहितको सर्वपक्षिय बैठक राखी निर्णय गराई लशुने डाँडामा काम सुरु गरेका थियौ’ समितिका अध्यक्ष हरिकुमार श्रेष्ठले भने ‘गत सुक्रबार डोजर लगेर काम सुरु गरिरहेको अवस्थामा स्थानियबासीले अवरोध गरेपछि फेरी स्थगित गर्न बाध्य भएका छौ । ’ ‘स्थानियवासीलाई रोजगार दिने, मोटरबाटो , विद्युत खाने पानी लगायतको सुविधा समेत दिने गत वर्ष स्थानियबासीसंग मौखिक सहमति भएको थियो ’श्रेष्ठले भने ‘स्थानिय सर्व साधरण जनताको हितमा भन्दा पनि त्यहाँका केहि नेताको ब्याक्तिगत लोलुपताका कारण अवरोध गरिएको हो कि भन्ने महशुस भएको छ । ‘ तम्घासका हजारौ उपभोक्ताहरुसंग त्यहाँका १९ घरधुरीले अटेरी गरिरहेका छन डम्पीङ्ग साईड निर्माण समितिका अध्यक्ष रामप्रसाद पन्तले भने धेरै पटक उहाँहरुसंग छलफलमा बसेर उहाँहरुका माग सम्वोधन गर्दा पनि केहि शिप लागेन, हामी हैरान छौ उहाँहरुले खै के चाहेको हो बुझ्नै सकिएन । ’ फोहर मैला ब्यवस्थापन समिति र तम्घास गाविसले आज सयुंक्त बैठक बसी त्यो समस्या समधानका लागि प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालको ध्यानकृष्ट गराउने भएका छन् । ‘अव सिडियो सहित सर्व पक्षिय भेला सोही स्थानमा आयोजना गरी निकास निकाल्नु शिवाय अरु विकल्प छैन दुवै समितिका अध्यक्षले भने ‘दुई वर्ष भयो काम गर्न नसकेपछि उपभोक्तालाई के जवाफ दिने समितिमा बस्नै मन छैन् । ’ तम्घास गाविस सचिव द्रोणराज पन्थीले पनि धेरै पटक गाविस स्तरमा छलफल गर्दा पनि सहमतिमा ल्याउन नसकिएको बताए । ‘यो समस्या तम्घास ८ बेदुखर्कबासीको पनि हो’ पन्थीले भने ‘उहाँहरुलाई बाधा पार्ने गरी डम्पीङ्ग साईड राख्न खोजिए कै छैन ।’ समितिका सचिव कृष्ण भण्डारीले पनि डम्पीङ्ग साईड र खाने पानी एकै स्थानमा हुँदा तम्घास ८ कै उपभोक्ताले पनि त्यहीको पानी पिउने भएकोले हैजाको सामना गर्नु पर्ने हुन्छ यसर्थ त्यहाँका बासीन्दाले यो मानविय संवेदना बुझिदिन जरुरी छ । ’ डम्फीङ्ग साईड निर्माणका लागि समितिले गत वर्ष जिल्ला विकास समितिसंग आन्दोलन गरेर १५ लाख रुपैया छुटाएको थियो तर काम भने गर्नै अवरोधको कारण दर्शाउदै गर्न सकेन । स्थानिय विकाश मन्त्रालय डोलीदार शाखाबाट २ करोड ६१ लाखको योजना परेको भनिएको डम्पीङ्ग साईड निर्माण समिति सर्व पक्षिय नभएको गुनासो उठ्दै आएको छ । तम्घासका सिमित केहि आफु आफुमा तालमेल मिल्ने ब्याक्तिहरु मात्रै समितिमा रहेको भन्दै गुनासो गरिएको हो । त्याति ठुलो करौडौंको योजना जिल्ला स्तरिय दलका नेताहरु, सर्व साधरण उपभोक्ता सहितको निर्माण समिति गठन गरी नयाँ चरणमा स्थानियबासीसंग सहमति गरे निकास निस्कने नेताहरुको बुझाई छ ।

No comments:

Post a Comment