Image Hosted by ImageShack.us

2013/05/20

गरिब घर परिवार पहिचान तथा परिचय पत्र वितरण कार्य बागलुङमा सुरु

कविता घर्ति मगर,बागलुङ जेठ ५ -
नेपाल सरकारले सुरु गरेको गरिब घरपरिवार पहिचान तथा परिचय पत्र वितरण कार्य बागलुङमा सुरु भएको छ । जिल्लामा गरिविको रेखा मुनि रहेकालाई पहिचान गरि परिचय पत्र वितरण गर्ने उद्धेश्यले कार्यक्रम सुरु भएको हो । गरिवलाई सरकारी सुविधाको सहज पहुँच र आर्थिक स्तर बृद्धि गर्नका लागि गरिवघर परिवार पहिचान गरि परिचय पत्र वितरण हुने स्थानिय विकास अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिनुभयो । गरिवि घर परिवार पहिचान तथा परिचय पत्र वितरण कार्यको लागि जिल्लामा आवश्यक गणक र सुपरिवेक्षको व्यवस्था गरिएको छ भने उनिहरुलाई आज देखि ४ दिने अभिमुखि करण तालिम सुरु भएको छ । बागलुङमा आगामि ८ गते देखि गणक सुपरिवेक्षक पारिवारीक विवरण संकलनका लागि प्रत्येक गाविसमा पुग्ने स्थानिय विकास अधिकारी तथा गरिव घर परिवार पहिचान तथा परिचय पत्र वितरण व्यवस्थापन जिल्ला समन्वय समितिका संयोजक पौडेलले जानकारी दिनुभयो । गरिव घर परिवार पहिचान कार्यक्रम सम्बन्धी जानकारी दिन आज आयोजित गोष्ठीमा पहिलो चरणमा देशका २५ जिल्लामा उक्त कार्यक्रम लागु भएको जानकारी गराइएको थियो । गरिवि घर परिवार पहिचान तथा परिचय पत्र वितरणका लागि बागलुङमा १ सय ८५ गणक र सुपरिवेक्षक परिचालन हुने र १ महिना भित्र विवरण संकलनको कार्य सकिने कार्यक्रम संयोजक इश्वरी ढकालले जानकारी दिनुभयो । प्रत्येक घरमा गई पारिवारीक विवरण संकलन गर्ने र विवरणका आधारमा आगामि भदौ १ गते देखि परिचय पत्र वितरण कार्य सुरु हुने ढकालले जानकारी दिनुभयो ।

No comments:

Post a Comment