Image Hosted by ImageShack.us

2013/01/16

भारतमा फेरि बालिका बलात्कृत


एजेन्सी, माघ २ ।


भारतको दिल्लीस्थित एक बसमा भएको सामुहिक बलात्कारको घटनाले भारतभरमा भएको तीव्र विरोध सेलाउन नपाउँदै अर्को बलात्कारको घटना बाहिर आएको छ । 

गोवाको भास्को–डि–गामा शहरमा एक ७ वर्षीया बालिका बलात्कारको शिकार भएकी समाचार एजेन्सी बीबीसीले जनाएको छ । 

समाचारका अनुसार बालिका उनकै विद्यालयको शौचालयमा बलात्कारको शिकार भएकी हुन् । प्रहरीले घटनामा संलग्नको ‘स्केच’ तयार गरेको र छानबिन सुरु गरेको जनाइएको छ । 

बलात्कृत बालिकाको पहिचान भने गोप्य राखिएको बताइएको छ घटना सार्वजनिक भए लगत्तै पीडितका परिवारसहित अन्य व्यक्तिहरुले विद्यालय प्रशासनको लापरवाही विरुद्ध प्रदर्शन गरेको पनि जनाइएको छ ।

No comments:

Post a Comment