Image Hosted by ImageShack.us

2013/01/23

यौन सम्पर्क गर्न नमानेपछि तातोपानी खन्याईयो


बैतडी, माघ ९ - 
यौन प्रस्ताव नमानेपछि एक युवकले आफ्नै भाउजुको शरीरमा तातो पानी खन्याएका छन् ।

दशरथचन्द नगपालिका-५ बस्कोटकी मीना टमटालाई देवर दिपक टमटाले शरीरमा तातो पानी खन्याएका हुन् । देवरले यौन सम्पर्क राख्न प्रस्ताव गरेपछि गाली गर्दै प्रतिकारमा उत्रिएपछि तातो पानी खन्याएको पीडित महिलाले बताइन् ।

उनको शरीरको बाया भाग जलेको छ । पुरै हात, शरीर र खुट्टा जलेकी मीनाको जिल्ला अस्पतालमा उपचार भएको थियो ।

परिवार र गाउँको बेईज्जत हुने डरले घटना गोप्य राखेका छन् । अधिकारकर्मी तथा नागरिक सचेतना केन्द्रको प्रयासमा घटना गाउँमै मिलाएको छ ।

२५ वर्षीया ती महिला पनि सचेतना केन्द्रकी सदस्य हुन् । परिवारले नै घटनाबारे बोल्न नचाहेपछि कारबाहीका लागि पहल गर्न नसकेको सचेतना केन्द्रकी संयोजक पार्वती टमटाले बताइन् ।

No comments:

Post a Comment