Image Hosted by ImageShack.us

2013/01/23

अमेरिका उडिन् रेखा

नायिका रेखा थापा चलचित्र यात्रामा लागेपछि पहिलो पटक अमेरिका उडेकी छिन् । अमेरिकामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन उनी वुधबार बेलुकी त्यतातर्फ लागेकी हुन् । चलचित्र बिकास बोर्डको अध्यक्ष बन्नका लागि दौडधुप गरिरहेकी रेखा करिब डेढ महिना अमेरिका बस्ने बताइएको छ । 

नमस्ते अमेरिका २ ले आयोजना गर्न लागेको विभिन्न १६ वटा कार्यक्रममा भाग लिन रेखा अमेरिका तर्फ लागेकी हुन् । माघ २७ गतेसम्म अमेरिका बसेर रेखा मलेसिया पुग्ने छिन् । यसपश्चात उनी पुन ः फागुन ५ गते मलेसियाबाट अमेरिका तर्फ लाग्ने छिन् । फागुन २० गतेसम्म नेपाल र्फकने योजना रेखाको छ । उनी हिमग्याप लामा का साथ अमेरिका तर्फ लागेकी हुन् ।

No comments:

Post a Comment