बेलायतमा भ्यागुतोको अनौठो प्रजाती भेटिएको छ । सुन्तले पहेँलो रंगका उक्त भ्यागुतो अहिलेसम्म काँही नदेखिएको बताइएको छ । घुम्नका लागी परिवारसँग निस्किएका ५५ वर्षीय स्टिभ अटकिनले उक्त अनौठो भ्यागुतो भेटेका हुन् ।
उनले एकै ठाऊँमा हिऊँमा फसिरहेको अवस्थामा ती भ्यागुता भेटिएका थिए । उनले त्यहाँ रहेका ४ भ्यागुतालाई उद्धार गरेका थिए भने उनले घर लगेपछी एक भ्यागुता मरेको थियो । उनले भ्यागुताहरू हिँऊमा फसिरहेका थिए । पहिले त उनले ती भ्यागुतालाई खेलौना सम्झेका थिए तर जब उनी नजिक पुगे उनी नै आश्चर्यमा परे । उनी भन्छन्, 'मैले मेरी पत्नीलाई भ्यागुता फसिरहेको बताए र उनले मलाई भ्यागुताको उद्धार गर्न आग्रह गरिन् । मैले ती सबैलाई एउटा पानी भएको भाँडोमा राखे ।
त्यसपछी उनले ती भ्यागुतालाई घरमा लगे र डेर्बाइसायर वाइल्ड लाइफ ट्रस्टमा फोन गरेर भेटेका भ्यागुता बारे जानकारी दिएका थिए । यसबारे थाहा पाएर त्यहाँका विज्ञहरु नै चकित भएका थिए ।
हेरौ नयाँ सुन्तले रंगका भ्यागुताहरूका केही तस्विरहरू...




No comments:
Post a Comment