Image Hosted by ImageShack.us

2013/01/25

२० भन्दा बढी विद्यार्थीसँग यौन दुर्ब्यवहार गर्ने शिक्षक पक्राउ


लस एन्जल्स, माघ ११ (एजेन्सी) - लस एन्जल्स युनिफाइड स्कुलमा ४० वर्ष अध्यापन गराएका एक शिक्षकलाई २० भन्दा धेरै विद्यार्थीसँग यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्रेको छ।
चार कक्षामा पढाउने उनीमाथि कक्षा कोठामै यौन दुर्व्यवहारको आरोप लागेपछि प्रहरीले नियन्त्रणमा लिएको हो। रोवर्ट पिमेन्टल नामका यी शिक्षकमाथि १० महिनाको अनुसन्धान पूरा भएपछि प्रहरीले पक्रेको हो। उनीमाथि १५ वटा मुद्दा दायर भएका छन्। अदालतले उनीसामु १ करोड १० लाख अमेरिकी डलर बराबरको धरौटी माग गरेको छ।


यी शिक्षकमाथि एक युवतीसँग यौन दुर्व्यवहारको केस पनि रहेको छ तर त्यो प्रमाणित भइनसकेको प्रहरीले जनाएको छ।


५७ वर्षको उमेरमा गत मार्च महिनामा शिक्षण पेशा छाडेका उनीमाथि स्कुले छात्राहरुले आरोप लगाएका थिए। उनलाई यौन गतिविधिकै कारण स्कुलबाट हटाइएको थियो।

No comments:

Post a Comment