Image Hosted by ImageShack.us

2013/01/22

१३ वर्ष छोरी लाइ बलात्कार गर्ने कस्तो बुवा

८ माघ, हेटौंडा । 
आफ्नै छोरीलाई बलात्कार गर्ने भैसेका शुक्रबहादुर नेगीलाई जिल्ला अदालत मकवानपुरले १८ वर्ष जेल सजायको फैसला सुनाएको छ । साथै छोरीलाई २ लाख षतिपूर्ति दिन आदेश दिएको छ ।


न्यायाधीश टेकनारायण कुँवरको इजलासले सोमबार नेगीले १३ वर्षीया छोरीलाई बलात्कार गरेको ठहर गरेको हो । इजलासले नाबालिकलाई बलात्कार गरेकोमा ८ वर्ष र हाडनातामा जबरजस्ती करणी गरेकोमा १० वर्ष गरी १८ वर्षको कैदको फैसला सुनाएको हो ।

नेगीले गत वर्ष माघमा घरमा कोही नभएको मौका छोपी खुर्पा देखाएर छोरीको बलात्कार गरेका थिए । पीडितले आमालाई भनेपछि स्थानीयले नेगीलाई पक्राउ गरी प्रहरीकोमा बुझाएको थियो ।

No comments:

Post a Comment