Image Hosted by ImageShack.us

2013/01/27

धेरै रोएको भन्दै बाबुले नै चपाएर खाइदिए छोरीको नाक र ओठ

१४ माघ, एजेन्सी
भारतको राजस्थानमा एक बाबुले आफ्नै ५ महिनाकी छोरीको नाक र माथिल्लो ओठ रिसले चपाएर खाइदिएका छन्। छोरी लगातर रोएपछि उनले रिसले यस्तो कर्तुत गरेका हुन्। राजस्थानको बिकानेर जिल्लामा भादर सिंह नाम गरेका व्यक्तिले यसरी आफ्नै छोरीको नाक र ओठ खाएका हुन्। हाल ५ महिने बालिका अवस्था नाजुक रहेको छ, उनले अब ठुलो प्लास्टिक सर्जरीबिना बोल्न नसक्ने चिकित्सकहरुले जनाएका छन्। ३६ वर्षिय भादर सिंहले रक्सी सेवन गरेको समयमा यस्तो घट्ना घटाएका थिए। उनलाई हाल प्रहरीले पक्राउ गरेको छ, उनलाई १० वर्ष देखि जन्मकैद सम्मको सजाय हुन सक्ने बताइएको छ।



radioallnepal

No comments:

Post a Comment