Image Hosted by ImageShack.us

2013/01/17

कतारमा हत्या


खोटाङ, माघ ३ - 

५ महिनाअघि कतारमा हत्या गरिएका खोटाङ छितापोखरी ५ का ४३ वषर्ीय तीर्थ खड्काको परिवार बिचल्लीमा परेका छन् । भदौ १ मा कतारको दोहामा हत्या गरिएका खड्काको परिवार अहिले आर्थिक संकटमा छन् । आर्थिक अभावकै कारण उनका छोराछोरीलाई विद्यालय पठाउनसमेत समस्या भएको भाइ राजन खड्काले बताए । 

श्रीमान्को ज्यान गएपछि ३९ वषर्ीया श्रीमती सुमित्रा बिरामले थला परेकी छन् । श्रीमान्को हत्यापछि निराश बनेकी सुमित्रा मुटुरोगी हुन् । गाउालेले उपचारका लागि सहयोग संकलन गरे पनि अपुग भएको तीर्थका बाबु जमानसिंहले बताए । 'बिहान-बेलुकी खान पुग्दैन, बुहारी पनि बिरामी परिन्,' ९० वषर्ीय जमानसिंहले भने, 'नानीहरू भोकभोकै बस्न बाध्य छन् ।' तीर्थका पाँच छोरी र दुई छोरा छन् । 

ठूली छोरी पार्वती -१६ वर्ष) कक्षा ८, माइली छोरी विमला -१४ वर्ष) कक्षा ७ मा स्थानीय जनसेवा माविमा पढ्दै थिए । त्यस्तै जेठा छोरा धिराज -१२ वर्ष) कक्षा चारमा, साइँली छोरी प्रमिला -१० वर्ष) कक्षा ४, काइँली छोरी विपना -७ वर्ष) कक्षा २, कान्छा छोरा दिपेन र कान्छी छोरी पवित्रा -४ वर्ष) कक्षा १ मा अध्ययनरत थिए ।

No comments:

Post a Comment