Image Hosted by ImageShack.us

2013/01/23

नातिले छतबाट खसाल्दा हजुरआमाको मृत्यु

९ माघ, पोखरा । 
आफ्नै नातिले घरको छतबाट खसाल्दा पोखरामा मंगलबार एक बृद्धाको मृत्यु भएको छ । पोखरा उपमहानगरपलिका वडा नं. ८ सिमलचौरमा आफ्नै नातिले आज बिहान छतमा घाम तापिरहेकी ७८ वर्षीया सितौली गुरुङलाई छतबाट खसाल्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृतकका २४ वर्षीया नाति विक्रम गुरुङले मंगलबार मध्याहृ उनलाई २ तले घरको छटबाट भुइमा खसाएको प्रत्यक्षदर्शीले जनाएका छन् । विक्रमलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बृद्धाको शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। विक्रम लागुपदार्थ सेवनमा संलग्न रहेको स्थानीयले जनाएका छन् ।

No comments:

Post a Comment