Image Hosted by ImageShack.us

2013/01/06

जागिर लगाइदिने प्रलोभन देखाइ किशोरीमाथि बलात्कार

झापा,पुष २२ । मोरङ इन्द्रपुरकी एक १८ बर्षीया किशोरीमाथि शनिवार बलात्कार भएको खुलासा भएको छ । इन्द्रपुरकै करिव ३५ बर्षिय कमल सुवेदीले ती किशोरीलाई जागिर लगाइदिने प्रलोभन देखाइ इटहरीको एउटा होटलमा लगेर बलात्कार गरेको खुलासा भएको हो । जागिर लगाइदिने भन्दै सुवेदीले आफूलाई इटहरीको ब्लूडाइमण्ड होटलमा लगेर बलात्कार गरेको पिडीत किशोरीले बताइन् । जागीरसम्वन्धी सल्लाह गर्नुछ भन्दै होटलको कोठामा बोलाएर आफूलाई जबरजस्ती बलात्कार गरेको पिडीतले आफ्ना आफन्तलाई सुनाएपछि आफन्त शनिवार इलाका प्रहरी कार्यालय इटहरीमा जाहेरी दिएका छन् । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक श्याम सारु मगरले घटनाको अनुसन्धानपछि मुद्दा दर्ता गर्ने बताउनुभयो 
-radioallnepal-

No comments:

Post a Comment