Image Hosted by ImageShack.us

2013/01/14

रेखा हजुरआमा बनिन !


मुम्बइ, पुस १५,

रेखा हजुरआमा बनिन !

निर्माता निर्देशक इन्द कुमारको फिल्मबाट रेखा छिट्टै नै ठुलो पर्दामा फर्किन लागेकी छन् । यो कुराको चर्चा अहिले बलिउडमा चलिरहेको छ । यस फिल्मको सुटिङ १० डिसेम्बरबाटनै शुरू भैसकेको छ ।

खास कुरा के भने यस फिल्ममा रेखाले एक हुजरआमाको भूमिकामा अभिनय गरेकी छन् । यो पहिलो पटक हुनेछ कि ‌रेखाले आफ्नो उमेर अनुसारको रोलमा काम गरेकी छन् । 

इन्द्र कुमारका अनुसार जब यो स्क्रिप्ट उनको हातमा पर्यो, त्यतिबेला उनको दिमागमा रेखाको नामनै पहिला आएको थियो । जब उनले यस फिल्मको स्क्रिप्ट रेखालाइ सुनाए, रेखाले तुरून्तै यसमा अभिनय गर्न स्विकृति दिएकी थिइन् । 

यो फिल्म महिला सशक्तिकरणमा आधारित रहेको छ । जसमा रेखाको इमेज आफैंमा पनि मेल खाने किसिमको रहेको कुरा इन्द्र कुमारले बताएका छन् । यो फिल्म एक फ्यामिली इन्टरटेनर हो । फिल्म महिलाहरूको इज्ज़त र उनीहरूको शक्तिमाथि आधारित रहेको छ । 

यस फिल्ममा रेखाका साथमा रणधीर कपूर , अनुपम खेर र शरमन जोशी देखिनेछन् । यो फिल्म सन २०१३ को मध्य तिर प्रदर्शनमा आउने कुरा निर्माताले बताएका छन् ।

No comments:

Post a Comment