Image Hosted by ImageShack.us

2013/01/05

तौल् घटाऊदै एश्वेर्या


एजेन्सी, पौष २० 
बलिउडकी नायिका ऐश्वर्या राय बच्चन पुनः फिल्म खेल्न उत्सुक रहेकी दाबी गरिएको छ । पुनः फिल्ममा अभिनय गर्नका लागि ऐश्वर्या यतिबेला आफ्नो शरीरको तौल घटाउन लागि परेकी जनाइएको छ ।
भारतीय सञ्चारमाध्यमहरुले एश्वेर्या यतिबेला सुन्दर देखिन र ‘स्लीम’ हुन आफ्नो तौल घटाउनतर्फ लागेकी दाबी गरेका छन् । ऐश्वर्या गर्भवती भए लगत्तै फिल्म दुनियाँबाट टाढा भएकी थिइन् । अहिले उनकी छोरी एकवर्ष पुरा भएकी छिन् र अब भने पुनः ऐश्वर्या फिल्मक्षेत्रमा फर्किन लागेकी जनाइएको हो ।

ऐश्वर्याले खेल्ने फिल्मको घोषणा अप्रिल महिनामा हुन
सक्ने समेत दाबी गरिएको छ भने अहिले ऐश्वर्या फिल्म निर्माताहरुसँग छलफल गरिरहेकी बताइएको छ । तर, ऐश्वर्याले भने यस विषयमा कुनै पनि प्रतिक्रिया दिन नचाहेको जनाइएको छ ।

No comments:

Post a Comment