Image Hosted by ImageShack.us

2013/01/03

पुस २० भित्र सहमति नभए आन्दोलन : विपक्षी


काठमाडौ, पुस १७ - 
सरकारबाटै वैशाख-जेठभित्र निर्वाचन हुन नसक्ने भनी आएको धारणाप्रति विपक्षी कांग्रेस-एमालेले आपत्ति जनाएका छन् । विपक्षी कांग्रेस-एमाले सहितका विपक्षी गठबन्धनले सहमतिका लागि राष्ट्रपतिले दिएको पुस २० भित्रको समयसीमाभित्र सहमति नजुटे आन्दोलनमा जाने बताएका छन् । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सहमतिका लागि प्रधानमन्त्री नै बाधक बनिरहेको बताए । 'वैशाख-जेठमा निर्वाचन हुन नदिन प्रधानमन्त्री बाधक बनिरहेका छन् । उनले पदबाट हटेर छिटो निकास दिनुपर्छ,' नेपालले भने, 'संवैधानिक निकाय रिक्त हुँदैछ । त्यसले स्थिति झनै भयावह बनाउँदैछ । प्रधानमन्त्रीले चाँडै सत्ता छाडेर निकास दिनुपर्छ ।' 

कांग्रेस केन्द्रीय सदस्य मिनेन्द्र रिजालले पनि प्रधानमन्त्री र सरकार कहिल्यै निर्वाचनको पक्षमा नरहेको बताउँदै सामान्य विषय निकालेर प्रधानमन्त्रीले बन्न लागेको सहमति बिथोलेको बताए । 'प्रधानमन्त्रीले निर्वाचन चाहेर संविधानसभा विघटन गरेको होइन । मंसिर ७ मा पनि निर्वाचन गराउने उद्देश्य थिएन । अहिले पनि वैशाखमा निर्वाचन होला भनेर नजिकै पुगेको सहमतिलाई सामान्य विषय निकालेर अ््काइएको छ,' रिजालले भने, 'वैशाखमा निर्वाचन टार्ने प्रयास भयो भने आन्दोलनमा जान्छांै ।'

कांग्रेसका एक अर्का नेताको भनाइमा पुस मसान्तभित्र सहमति नजुटे मात्रै विपक्षी गठबन्धन आन्दोलनको दिशामा जानेछ । तर पुनःस्थापना या निष्पक्ष सरकार बनाउने दिशामा सहमति गर्न नसक्ने अडान राख्दै आएको छ । बाहिरी व्यक्तिको नेतृत्वमा सरकार बनाउँदा राजनीतिक दलहरू असफल भएको सन्देश बाहिर जाने र निर्वाचन गराउन झनै गाह्रो हुने बुझाइ कांग्रेसको छ ।

'अहिलेको संक्रमणकालीन अवस्था बाहिरी व्यक्तिको नेतृत्वले सम्हाल्न सक्दैन । त्यसले निर्वाचन गराउन झनै सक्दैन,' ती नेताले भने, 'बरु आन्दोलनमा गइन्छ । अरू विकल्प कांग्रेसका लागि स्वीकार हुँदैन ।' रिजालले पाँच वर्षमा पनि निर्वाचन नगराउँदा लोकतान्त्रिक मूल्यमान्यता नै समाप्त हुने खतरा बढेको बताउँदै कुनै हालतमा निर्वाचनमा जाने गरी सहमति खोज्नुपर्ने बताए । 

'निर्वाचन भएको पाँच वर्षभन्दा बढी भयो । अब पनि निर्वाचन हुन सकेन भने कसरी लोकतान्त्रिक भन्ने ? चुनाव हुन रोक्नु भनेको लोकतन्त्रलाई कमजोर बनाउने षड्यन्त्र हो,' उनले भने, 'संविधानसभाको पुनःस्थापना अबको समाधान हुन सक्दैन । पुनःस्थापना हिजोको पनि समाधान थिएन । अहिले पनि यसले कुनै समाधान दिँदैन

No comments:

Post a Comment