मन्थली, पुस १८ -
रामेछापको दिमीपोखरीमा पर्ने मैरेमा बुधबार बिहान भएको सवारी दुर्घटनामा एकजनाले ज्यान गुमाएका छन् । रोकिराखेको जिपको ओट झिक्ने क्रममा जिपचालक मीनबहादुर ग्यापकको जिपले किचेर ज्यान गएको हो । ओट झिकेपछि जिप पछिल्तिर सर्दै ग्यापकलाई किचेको स्थानीय धावा लामाले बताएका छन् । उनको घटनास्थलमै मृत्यु भएको लामाले बताए ।
No comments:
Post a Comment